विदेशबाट ल्याएको लाश बोकेर मध्यरातमा काठमाडौंदेखि खोटाङसम्म (भिडियो)

 असार १२, २०७५ मंगलबार | रीतु थेबे
unn.prixa.net

खाेटाङकाे खाेटेहाङ गाउँपालिका ९ मा रहेकाे घरबाट शव सतगत गर्न लगिँदै

काठमाडौं – घरमा बुढीआमा र सानो भाइ । बुबा सानैमा बितेकाले रदेश राईको थाप्लोमा आमा र भाइका लागि आफैंले कमाउनुपर्ने बाध्यता आयो । गाउँमा मोटरबाटो पुगेको थिएन । दालचामल र नुनतेलको भारी मान्छे र खच्चडले बोक्नुपर्थ्यो । 

घरखर्च चलाउन रदेशले भारी बोक्ने काम गरे । तर भरिया बनेर घरखर्च थेग्न गाह्रो भयो । रदेशले देशमा गरिखाने अरु उपाय देखेनन् । घरको दुःखले धेरै लेखपढ गर्ने मौका पाएका थिएनन् । भारी बोक्ने बाहेक हातमा अरु सीप पनि थिएन । भारी बोकेर जीवन नचल्ने देखेपछि उनी भारत पसे । 

तर त्यहाँ पनि भनेजस्तो काम र कमाई भएन । आमा र भाइले फकाएर उनलाई भारतबाट घर फर्काए । तर उनको मन गाउँमा अडिएन ।  

मलेसिया पुगेको पाँच महिनामै रदेशको जिन्दगीमै बज्रपात आइलाग्यो । सुतेको ठाउँबाट रदेश ब्युँझिएनन् । घोप्टो सुतिरहेको अवस्थामा साथीहरुले उनलाई भेटे । पोष्टमार्टम रिपोर्टमा ‘एक्युट कोरोनरी सिन्ड्रोम’ अथवा मुटुमा रगतको बहाव कम भएर रदेशको ज्यान गएको उल्लेख छ ।

त्यसपछि पासपोर्ट बनाएर उनी २०७१ वैशाखमा रोजगारीका लागि मलेसिया पुगे । त्यतिबेला उनी जम्मा २० वर्षका मात्र थिए । मलेसियाको पेनाङमा रहेको मेनरा केरजया फास्टेनर्समा काम गर्न पुगेका रदेशको कमाईले घर राम्रैसित चलिरहेको थियो । रदेशले घरखर्चसँगै भाइ र बुहारीको पढाइ खर्च पनि पठाइदिन्थे । आफूले पढ्न नपाएपनि भाइ र बुहारीलाई पढाउने धोको थियो उनको । 

गएको फागुन २० गते रदेशको परिवारमा कसैले कल्पना नगरेको घटना भयोे । आमा रामकुमारी राईले झुण्डिएर आत्महत्या गरिन् । आमाको किरिया गर्न रदेश मलेसियाबाट छुट्टिमा गाउँ आएका थिए । किरिया सकेर गएको चैत २० गते पुनःश्रमस्वीकृति गरेर उनी मलेसिया फर्किए । 

मलेसिया पुगेको पाँच महिनामै रदेशको जिन्दगीमै बज्रपात आइलाग्यो । गएको भदौ २१ गते राती सुतेको ठाउँबाट रदेश ब्युँझिएनन् । घोप्टो सुतिरहेको अवस्थामा साथीहरुले उनलाई भेटे । पोष्टमार्टम रिपोर्टमा ‘एक्युट कोरोनरी सिन्ड्रोम’ अथवा मुटुमा रगतको बहाव कम भएर रदेशको ज्यान गएको उल्लेख छ ।

उनका नजिकका नातेदार हुन खोटाङको खोटेहाङ गाउँपालिका ९ का २२ वर्षे दिवस राई । दिवस मृतक रदेशका एक मात्र भाइ हुन् । उनै दिवस गएको भदौ २८ गते काठमाडौंको नयाँबानेश्वरमा रहेको वैदेशिक रोजगार प्रर्वद्धन बोर्डको कार्यालयमा भेटिए । मलेसियामा ज्यान गुमाएका दाइको शव लिन एकजना आफन्तको साथ लागेर उनी खोटाङबाट काठमाडौं आइपुगेका थिए । 

मध्यरात भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसको चहलपहल बाक्लो थियो । विदेशबाट आउने आफन्तलाई पर्खेर बसेकाहरुको आँखा आगमन कक्षमा थियो । त्यै भिडमा थिए दिवस । उनका आँखा लोलाएका थिए । आमा बितेको ६ महिना मात्रै भएको थियो । आमापछिको एक मात्रै अभिभावक गुमाउँदाको पिडा कस्तो होला भन्ने अनुमान पनि गर्न सकिन्नथ्यो । 

रदेशले काम गर्ने मलेसियाको कम्पनीले शव भदौ ३० गते काठमाडौं आइपुग्ने दिवसलाई जानकारी गराएको थियो । त्यही शव घरगाउँसम्म पुर्‍याइदिनका लागि सहयोगको निवेदन बोकेर दिवस बोर्डको कार्यालयमा तोक लगाउन हाकिमहरुका कोठा कोठा घुम्दै थिए । 

वैदेशिक रोजगारीका क्रममा मृत्यु भएकाको शव बोर्डले निःशुल्क गाउँसम्म पुर्‍याइदिन्छ । शव पुर्‍याउन चार वटा नीजि कम्पनीले जिम्मा लिएका छन् । चाहिएका बेला ती कम्पनीले गाडी उपलब्ध गराउँछन् । 

रदेशको शव लिएर दिवससँगै म पनि खोटाङ जाने भएँ । 

मध्यरात भएपनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मानिसको चहलपहल बाक्लो थियो । दसैँतिहार मनाउन विदेशबाट आउने आफन्तलाई पर्खेर बसेकाहरुको आँखा आगमन कक्षमा थियो । त्यै भिडमा थिए दिवस । उनका आँखा लोलाएका थिए । आमा बितेको ६ महिना मात्रै भएको थियो । आमापछिको एक मात्रै अभिभावक गुमाउँदाको पिडा कस्तो होला भन्ने अनुमान पनि गर्न सकिन्नथ्यो । 

दिवसलाई विमानस्थलको भिडको वास्ता थिएन । विदेशबाट फर्केका आफन्त देखेपछि चिच्याउनेहरुको आवाजले उनी बेलाबेला झस्कन्थे । शव कुरेर बसेका दिवसलाई फोन उठाउँदै त्यहाँ के भइरहेको छ भन्ने जानकारी दिन भ्याइनभ्याई थियो । फुर्सदमा टोलाउँथे । घरीघरी यताउता हिँडिरहन्थे । 

आफन्त कुर्ने ठाउँमा राखिएको विद्युतीय बोर्डमा रातीको साढे १० बजे मलेसियन एयरलाइन्सको विमान ल्याण्ड गरेको जानकारी राखियो । त्यो थाहा पाएपछि दिवस जुरुक्क उठे । 

मृत्यु भएको ९ दिन पछि रदेशले काम गर्ने मलेसियाको कम्पनीले शव नेपाल पठाइदिएको थियो ।  त्यसअनुसार भदौ ३० गते राती ११ बजे शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुग्नु पर्ने हो । त्यसै अनुसार तयारी पनि गरिएको थियो । बोर्डले शव लैजाने गाडी पनि तोकिसकेको थियो । तर विमानले शव मलेसियामा नै छुटाएपछि भोलीपल्ट मात्रै शव नेपाल आइपुग्ने भयो ।  

आफ्नो नाम ठेगानामा दाइको मृत शरीर लाहाछाप गरेर बाकसमा आएको देखेपछि उनी न बोल्न सके न रुन । निधारबाट चिटचिट पसिना आए । दिवससँग बोल्ने शब्द पनि थिएन । मलेसियामा दाइ सुतेको सुत्यै भएको खबर सुनेदेखि नै उनको आँखाबाट धेरै आँसु बगिसकेको थियो । ६ महिनाको अन्तरमा भएका दुवै जना अभिभावक गुमाएका थिए उनले । 

उसै त शोकले गलेका दिवस एक दिन ढिला शव आउने भएपछि छटपटी अरु बढेको थियो । उनलाई अझै पनि शव आउने कुरामा शंका थियो । कतै शव नल्याइदिने पो हुन कि भनेर चिन्ता गरिरहन्थे । 

शव ल्याउने हवाइजहाज ‘ट्रयाक’ गर्दा पेनाङबाट क्वालालाम्पुरमा भने तोकिएकै समयमा पुर्‍याइएको थियो । क्वालालाम्पुरबाट काठमाडौंमा भने त्यसैदिन शव पठाइएन । भदौ ३१ गते राती साढे १० बजे मात्रै रदेशको शव मलेसिया एयरलाइन्सको फ्लाइट नम्बर एमएच ११४ मार्फत नेपाल आइपुग्यो । 

विमानस्थलमा कागजपत्र तयार भइसकेपछि आगमन कक्षको बाटो हुँदै एकजना प्रहरीले यात्रुको लगेज आउने ठाउँ भन्दा भित्र पट्टि लगे । जहाँ जहाजबाट यात्रुका लगेज ओसारिँदै थियो । अलि पर कुनामा सेतो बाकस देखियो । सेतो बाकस बाहिर टाँसिएको मृतकको नाम पढेपछि दिवस मुढो झैं भए । 

आफ्नो नाम ठेगानामा दाइको मृत शरीर लाहाछाप गरेर बाकसमा आएको देखेपछि उनी न बोल्न सके न रुन । निधारबाट चिटचिट पसिना आए । दिवससँग बोल्ने शब्द पनि थिएन । मलेसियामा दाइ सुतेको सुत्यै भएको खबर सुनेदेखि नै उनको आँखाबाट धेरै आँसु बगिसकेको थियो । ६ महिनाको अन्तरमा भएका दुवै जना अभिभावक गुमाएका थिए उनले । 

प्रक्रिया पूरा गरेर अध्यागमनबाट शव बाहिर निकाल्दा मध्यरात भइसकेको थियो । बा १७ च ७८६४ नम्बरको बोलेरो पिकअप रदेशको शव बोकेर मध्यरातमा विपि राजमार्गको बाटो हुँदै काठमाडौंबाट खोटाङका लागि हुँइकियो । दाइको शवसँगै बसेका दिवसले गाउँमा बडीआमालाई ‘दाइलाई अगाडि लाएर ल्याउँदैछु, भोली आइपुग्छु । बाकस सहित लाश ११४ किलोको छ, बोक्ने मान्छे अलि धेरै पठाउनु,’ फोन गरेर खबर गरे । फोन राखिसकेपछि भक्कानिए । धेरैबेर सुँक्कसुक्क गरिरहे ।  

आमाको मृत्युको शोकले दिवसको ज्यानमा हाडछाला मात्र बाँकी छ । अनुहारमा हाँसो हराएको छ । सानैमा आमाको साथमा छाडेर बुवा स्वर्गे भएपछि आमा मात्र सहारा थिइन् । साँझ सँगै खाना खाएर सुतेकी आमालाई दिवसले बिहान ओछयानबाटै घर छेउको चुवाको बोटमा झुण्डिएको देखे । 

एकातिर आमा गुमाउनुको पिडा, अर्कातिर पोष्टमार्टमका लागि शव गाईघाट पुर्‍याउन दिवसले अनेक झन्झट बेहोर्नुपर्‍यो । खर्चबर्चको समस्या त थियो नै । बोकेर उदयपुरको बस्तीपुरसम्म लगेपनि त्यहाँबाट शव लैजानका लागि गाडी पाउन समेत मुश्किल परेको थियो । 

भएछ के भने, एकपटक विदेशबाट आएको शव लिन काठमाडौंमा मृतकका आफन्त नआएपछि उनी एक्लैले रातसाँझ गरेर पुर्‍याउन लैजाँदै रहेछन् । थानकोट कटेपछि घुम्तीमा शव राखिएको बाकस अर्को पट्टि पल्टियो । ‘लाश झरेको भए मैले त्यो मध्यरातमा के गर्थे हुुँला, अथवा लाश खसेर मैले थाहा नपाएको भए के हुन्थ्यो,’ उनले एकै सासमा सुनाइभ्याए ।

त्यसैले पोष्टमार्टम पछि आमाको शव घर फर्काउन सकेनन उनले । शव पुर्न जमिन पनि सजिलै पाएनन् उनले । भनसुन गरेर एक सामुदायिक वनभित्र आमालाई ‘मट्टि’ ९शव जलाउनेहरुले दागबत्ति दिए जसरी पुर्नेहरुले मट्टि दिने चलन छ० दिएर उनी किरिया बार्न गाउँ आए । त्यसैले दिवसले दाइको शव भने गाउँमै लैजाने निर्णय गरेका थिए । गाउँलेलाई मृतक दाइको अनुहार देखाएर आफनै बारीमा राख्ने उनको योजना थियो । 

विमानस्थलबाट शव खोटाङ पुर्‍याउने जिम्मा पाएका थिए मकवानपुरको हेटौंडा ५ का प्रेमबहादुर कार्कीले । ४३ वर्षे प्रेमबहादुरले गाडी चलाउन थालेको २२ वर्ष भयो । यतिका वर्षमा उनले अनेक खालका यात्रुवाहक र मालवाहक गाडी चलाए ।   

पछिल्ला १५ वर्षदेखि उनले विदेशबाट ल्याइएका शव बोक्ने पिकअप चलाउन थालेका हुन् ।  सुदूरपश्चिमको कञ्चनपुरमा शव पुर्‍याएर अघिल्लो दिन मात्रै काठमाडौं आइपुगेका प्रेमबहादुरको बाटो कटाउने मेलो थियो, लोक दोहोरी गीत । 

गीत सुन्दै गाडी चलाइरहँदा डालीमा बाँधिएको शव ठिकठाक भए नभएको हेर्न उनी बेलाबेला पछाडि फर्कन्थे । अनि एक्सिलेटर अरु दबाउँथे । बाँधिएको शव फर्किएर हेर्नुपर्ने गरीको घटना रहेछ उनीसँग । 

भएछ के भने, एकपटक विदेशबाट आएको शव लिन काठमाडौंमा मृतकका आफन्त नआएपछि उनी एक्लैले रातसाँझ गरेर पुर्‍याउन लैजाँदै रहेछन् । थानकोट कटेपछि घुम्तीमा शव राखिएको बाकस अर्को पट्टि पल्टियो । ‘लाश झरेको भए मैले त्यो मध्यरातमा के गर्थे हुुँला, अथवा लाश खसेर मैले थाहा नपाएको भए के हुन्थ्यो,’ उनले एकै सासमा सुनाइभ्याए । सानैमा घरबाट भागेर हिँडेका प्रेमबहादुरले रहरले यो काम रोजेका होइनन् । अब त उनलाई बानी परिसकेको छ । 

उदयपुर जिल्लाको रसुवाघाट पुग्न ७० किलोमिटर कच्चि सडक समेत गरेर झण्डै ४ सय किलोमिटर यात्रा गर्नुपर्ने थियो । गाडीले शव रसुवाघाटसम्म मात्रै पुर्‍याउन सक्थ्यो । किनभने खोटाङ र उदयपुर जोड्ने फोक्सिङटारमा रहेको अस्थायी बेलिब्रिज बर्खाका कारण निकालिएको थियो । 

भिडियाे 

गीत सुन्दै एकोहोरो गाडी चलाइरहेका प्रेमबहादुरलाई सोधें, दाइ भोली कतिबेला पुगिएला रु प्रेमबहादुरले पनि टुंगोको कुरा गरेनन् । मोटर चल्न सक्ने देशका धेरैजसो कच्चि सडक शव बोकेर छिचोलीसकेका प्रेमबहादुरका लागि उदयपुरको गाईघाटदेखि रसुवाघाटसम्मको यात्रा नयाँ थियो ।

विपि राजमार्ग अन्तर्गत खुर्कोटको घुम्तीमा गाडी हुँइकिदै गर्दा प्रेमबहादुर फुसफुसाए, ‘भाइ, लाश बोकेको गाडी कम दौडिन्छ । दुई टन बोक्ने यो गाडीमा एउटा लाश बोक्दा १० टन बोकेजस्तो भारी हुन्छ । हिँड्दाहिँड्दै बाटो दुई वटा देखिन्छ । खोला तरेपछि पछाडि फर्केर हेर्नुहुँदैन, आँखाले के के भ्रम देख्न सक्छ ।’ 

महिनामा ५ देखि १० वटासम्म शव गाउँगाउँमा पुर्‍याउने प्रेमबहादुरले १५ वर्षमा विदेशबाट बाकसमा प्याक भएर फर्केका कति युवालाई गाउँसम्म पुर्‍याए त । प्रश्न गरेको धेरैबेरसम्म उनले जवाफ फर्काएनन् । हुन पनि उनले कति शव ओसारे, त्यसको हिसाव राखेका थिएनन् । राख्न जरुरी पनि ठानेनन् उनले । 

बरु उनले मृतकका आफन्तले गर्ने सहयोग र असहयोगका बारेमा चर्चा गरे । कतिले गरेको व्यवहारले अहिले पनि उनको चित्त कुँडिन्छ । कतिले दुःख देखेर दया गरे, उनीहरुको प्रशंसा गरे । यो डेढ दशकमा उनलाई शव पुर्‍याउने सँगै मृतकका आफन्तले गर्ने सहयोग असहयोग सहने बानी परिसकेको छ । रातदिन नभनी भोकभोकै, अनिदोमा गाडी पछाडि शव बोकेर हजारौं किलोमिटर गाडी चलाएर हिँडेको अनुभव छ । 

दाइसित बिताएका सुख भन्दा धेरै दुःखको कथा छ उनीसित । धेरै रात भोकभोकै सुतेको अनुभव छ । आफूजत्रै भारी बोकेर थुप्रै उकाली ओराली नापेको कथा छ । ‘दुःख पनि कति गरियो गरियो । दुई छाक राम्ररी खान पाइएन । राम्रो लाउन पाइएन । बाकसमा सुतिरहेका दाइको पिठ्यँमा अहिले पनि ढाकरले बनाएका खत छन् ।’ छेवैको कफिन देखाउँदै उनले भने । 

झिसमिसे बिहानै धनुषाको ढल्केबरमा चिया खान गाडी रोकियो । प्रेमबहादुरले निन्द्रा भगाउन चापकल पेलेर अनुहारमा पानी छम्किए । चिया पिएर उदयपुरको गाईघाट पुग्दा ७ बजिसकेको थियो । त्यहाँ नास्ता गरेर हिँडेपछि घाम टाउको माथि आइपुग्दा चुरे डाँडाहरु पार गर्दै गाडी साउने पुगेको थियो । 

गाईघाटमा नास्ता गरेपछि दिवस र म शवको छेउमा सँगै बस्यौं । भेट भएको चार दिनसम्म उनी उतिसारो खुलेका थिएनन् । मसित बोल्ने कुरा पनि त थिएनन् होला उनीसित । २२ वर्षकै उमेरमा दिवसका अघिल्तिर दुःखका सगरमाथाहरु उभिएका थिए । अभिभावक बिनाको भविष्य अँध्यारो मात्रै देखिरहेका थिए होलान् । शवको छेउमा उनीसँगै बसेपछि भने अलि खुल्न थाले ।

लेखान्तमा पनि विश्वास गर्ने दिवस अहिले उनको भगवानसित रिसाएका छन् । ‘दाइले ३ वर्षसम्म ब्रत बस्नुभयो । मैले पनि सुख आउला भनेर इश्वर सम्झेर २ वर्षसम्म ब्रत बसें । खै के भयो र । अहिले आएर यस्तो भयो । अब म इश्वर मान्दिन ।’ 

दाइसित बिताएका सुख भन्दा धेरै दुःखको कथा छ उनीसित । धेरै रात भोकभोकै सुतेको अनुभव छ । आफूजत्रै भारी बोकेर थुप्रै उकाली ओराली नापेको कथा छ । ‘दुःख पनि कति गरियो गरियो । दुई छाक राम्ररी खान पाइएन । राम्रो लाउन पाइएन । बाकसमा सुतिरहेका दाइको पिठ्यँमा अहिले पनि ढाकरले बनाएका खत छन् ।’ छेवैको कफिन देखाउँदै उनले भने । 

आमाको किरिया गर्न मलेसियाबाट आएका बेला भेट भएका रदेशले दिवसलाई भनेका थिए, बुहारी र तँ राम्रोसित पढ्नु । खर्चको चिन्ता नलिनु, म पठाइदिउँला । अब दिवसका लागि त्यो बाटो बन्द भएको छ । सम्झेर उनले एकफेर सुस्केरा हाले । रित्तिएजस्तो लाग्ने आँखाको चेपबाट आँसु रसाए । 

त्यतिबेला शव बोकेको गाडी दूधकोशीको मुहान पछ्याउँदै आँपटारको पोखरी बजार पुग्यो । त्यहाँ पुगेपछि केही खानेकुरा खाउँ भन्दै चालक प्रेमबहादुरले घ्याच्च गाडी रोके । काठमाडौंबाट हिँडेको १२ घण्टा भइसकेको थियो । उनले भात खान भने मानेनन्, रोटी तरकारी खाएरै छाक टारे । भने ‘भात खायो भने गाडी चलाउँदा निन्द्रा लाग्छ ।’

पोखरी बजारबाट कच्चिबाटो छिचोल्दै रसुवाघाट पुग्दा दिउँसोको २ बजिसकको थियो । अब गाडीको यात्रा सकियो । चालक प्रेमबहादुरलाई त्यहीबाट फर्काउनु पर्ने थियो । शव पुर्‍याएको भन्ने प्रमाणका लागि वैदेशिक रोजगार प्रर्वद्धन बोर्डबाट पठाइएको कागजमा छाप लगाउँदा दिउँसोको ३ बजिसकेको थियो । 

भोलिपल्ट अर्थात असोज २ गते प्रदेश नम्बर २ को स्थानीय तहको चुनाव थियो । त्यसदिन प्रशासनले अनुमति दिएका बाहेक अरु गाडी चल्न पाउँदैनथे । कच्चिबाटो छिचोल्दै त्यसै रात काठमाडौं नपुग्ने पो हो कि भनेर चालक प्रेमबहादुरलाई संशय मान्दै गाह्रोसाह्रो पर्ने पो हो कि भनेर सोधें । 

‘लाश बोकेर हिँड्ने गाडीलाई फरक पर्दैन । रोकिहाले भने यी यो कागज देखाउँछु,’ छाप हालेको कागज देखाउँदै उनले जवाफ दिए । त्यतिभनेर उनी ‘हाँसी खुसी जिन्दगी चल्छ, मेहनत गरे नेपालमै सुन फल्छ,’ सायरी लेखिएको गाडी चलाएर आएकै बाटो फर्किए । 

रसुवाघाट छेवैमा लिच्किराम्चेबाट शव लिन आएका युवाहरु भेटिए । गाडीमा शव देखिपछि सुरुमा उनीहरु के गर्ने कसो गर्ने भन्नेमा असमञ्जसमा परेका थिए । दूधकोशीको झोलुङ्गे पुल तारेर दुई घण्टाको ठाडो उकालो बाटो हुँदै शव बोकेर घरसम्म लगियो । शव आइपुग्ने थाहा पाएर सबै गाउँले भेला भएका थिए । आफन्त र छिमेकीहरुको रुवाबासी थियो । 

घरमा गर्नुपर्ने संस्कार पूरा गरेपछि बाकस नखोलीकनै तीन डिल माथि खनिएको खाल्डोमा सतगत गर्न खटमा बाँधेर लगियो । घरमा जम्मा भएका आफन्त र गाउँलेहरु भिड हटेको छैन । घाम डुबिसक्दा बाकस खोल्न थालियो । 

बाकस खोल्दाखोल्दै अँध्यारो झर्न थालेपछि शव पालैपालो गरी छिटोछिटो हेरेर खाडलमा हालियो । सुरुमा दिवसले दाइलाई ‘मट्टि’ दिए । त्यसपछि आफन्त र गाउँलेहरुले माटो ढुंगाले छोपछाप पारे ।

मोहनबहादुर एकघण्टाको बाटो छिचोलेर भतिजको आत्मालाई बाटो लगाउन आइपुगे । जोखाना सुनेर रात छर्लङ्गै पारेका उनले बेला बेला नाक्छोङ (राई जातिको पूजारी)लाई भन्थे, ‘बाँच्नेहरुसँग मन नदुखाओस्, मन बुझाएर आफ्नो बाटो लागिदिनु भन्दिनु ।’ 

छिमेकी र आफन्तको चर्को रुवाई कम हुँदै गयो । भतिजको अनुहार अन्तिम पटक हेर्न आएका ७० वर्षे रदेशका बडाबा मोहनबहादुर राईले कपाल खौरिए र बरखी बारे ।

भदौ ३० गते शव आएको भए ३१ गते नै घर पुर्‍याएर सतगतसँगै सबै संस्कार सक्ने दिवस र उनका छिमेकी तथा आफन्तले योजना बनाएका थिए । किनभने दिवसलाई गाउँका बुढापाकाहरुले भनेका थिए, ३१ गते काम सकिएन भने ‘दोमासे’ हुन्छ । अथवा मृत्यु भएकै महिनामा सतगत गरिसक्नु पर्छ ।

तर शव महिनाको अन्तिम दिन मध्यरातमा ल्याइएकाले दोमासेमा नै संस्कार गर्नुपर्‍यो । भदौ २१ गते मलेसियाको पेनाङमा निधन भएका रदेश असोज १ गते आफू जन्मेको गाउँको माटोमा मिले ।

रदेशको शवलाई माटोभित्र लुकाइएको दुई दिन पछि बरखी बारेका मोहनबहादुर एकघण्टाको बाटो छिचोलेर भतिजको आत्मालाई बाटो लगाउन आइपुगे । जोखाना सुनेर रात छर्लङ्गै पारेका उनले बेला बेला नाक्छोङ (राई जातिको पूजारी)लाई भन्थे, ‘बाँच्नेहरुसँग मन नदुखाओस्, मन बुझाएर आफ्नो बाटो लागिदिनु भन्दिनु ।’ 

याे पनि पढ्नुहाेस् 

विदेशमा फाँसी कुरेका सन्तानलाई पर्खने बाआमाका कथा

रीतु थेबे

रीतु थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ। उहाँलाई फेसबुक र ट्विटरमा भेट्न सकिन्छ।

5 Comments

  • skr

    June 28, 2018, 1:11 p.m.

    RIP, VERY VERY SAD NEWS TO ALL OF US. I AM SAD AND DISTURBED TO SEE THIS PATHETIC SCENE. MAY YOUR SOUL REST IN PEACE. BE HAPPY AS YOU HAVE LEFT THIS EARTH FOR HEAVENLY COMFORT.

  • Prayash raj khanal

    June 27, 2018, 7:01 p.m.

    आखिर यहि नियती मात्र जनताले कहिले सम्म भोग्ने।जनताको मरण मा कुकुर जतिको सबभाब छैन नेतृत्व प्रर्ती मात्र छ केवल आफ्नो भबिस्यको बिशिस्ट सुभिदा आरम को जिन्दगीको दैनिक 4 लास आउछ कर्मट नेपाली युबाको बिदेशको मरण आखिर कहिले सम्म

  • Prayash raj khanal

    June 27, 2018, 6:59 p.m.

    आखिर यहि नियती मात्र जनताले कहिले सम्म भोग्ने।जनताको मरण मा कुकुर जतिको सबभाब छैन नेतृत्व प्रर्ती मात्र छ केवल आफ्नो भबिस्यको बिशिस्ट सुभिदा आरम को जिन्दगीको दैनिक 4 लास आउछ कर्मट नेपाली युबाको बिदेशको मरण आखिर कहिले सम्म

  • bhakta khadka

    June 26, 2018, 2:15 p.m.

    मार्मिक घटना , it touch my heart i can feel it but any way we should spend the life. life is nothing but the full of sorrow &the piled of remember.

  • Bhakta khadka

    June 26, 2018, 2:02 p.m.

    अति मार्मिक हृदयस्पर्शी लेख it touch my heart but the life nothing else more than struggle,&pile of remember anyway we should incest the life for our future generation

तपाईको प्रतिक्रिया