समयमै स्वदेश फर्किन अवैधानिक नेपालीलाई दूतावासको आग्रह

 असार १७, २०७५ आइतबार १२:१०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनाखरी मगर 

मलेसिया – अवैधानिक कामदारलाई समयमै नेपाल फर्किन नेपाली दूतावास मलेसियाले आग्रह गरेको छ । अवैधानिक कामदार बैधानिक बन्ने समय सकिएकाले प्रहरीले पक्राउ गरे समस्या हुने भन्दै दूतावासले समयमै फर्किन आग्रह गरेको हो ।

मलेसिया सरकारले अबैधानिक कामदारलाई आइतबारदेखि खोजेर पक्राउ गर्ने बताइसकेको छ । मलेसिया सरकारले अवैधानिक कामदार र रोजगारदातालाई विवरणसहित दर्ता प्रक्रियामा आउन सन् २०१६ देखि भन्दै आएको थियो । 

वैधानिक बन्न दिएको समयमा दर्ता प्रक्रियामा  छुटेका र नआएका अवैधानिक विदेशी कामदारलाई अब स्वदेश फर्किनुको विकल्प नरहेको र दोषी कामदार र रोजगारदातालाई ५० हजार रिंगिट वा ५ बर्ष जेल अथवा दुबै सजाय पनि हुन सक्ने मलेसियाको अध्यागमनका निर्देशक मुस्ताफिर अलिको भनाइ उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । 

२०१६ फेब्रुअरीदेखि सुरु भएको अवैधानिक कामदारलाई वैधानिक बन्ने प्रक्रिया शनिबारदेखि सकिएको छ ।  वैधानिक बन्ने समयसिमा सकिए पनि स्वदेश फर्किनलाई भने २०१८ को अगस्ट ३० सम्मको समय दिइएको छ । 

नेपाली दूतावास मलेसियाले पनि समय अघिनै स्वदेश फर्किन अवैधानिक रुपमा बसिरहेका नेपाली कामदारलाई बारम्बार आग्रह गर्दै आएको छ ।

3 Comments

  • विशाल मगर

    July 8, 2018, 9:16 a.m.

    (नेपाल फर्किनलाई आग्रह) सम्पुर्णलाई हार्दिक नमस्कार !म अहिले मलेशिया जोहोर-बारु(जेलाङ पथ)भन्ने ठाउबाट नेपाल सरकार मर्फत केही कुरा राख्न चाहान्छु, स्वकार्नु होला।। म यहाँ मलेशिया आको लगभग 1बर्ष भए। यो 1 बर्ष मा धेरै दु:ख,कष्ट खपियो।नेपालबाट राम्रो कम्पनी भनेर आएको थिए तर दुर्भाग्य बस सोचेको जस्तो भएन हुनत,आफ्नै देश नेपालमा त सोचेको जस्तो हुदैन यो त बिदेश हो भनेर जसो,तसो गर्छु भन्ने सोच मनमा आयो र पनि गर्दै जाँदा दिन अनि महिना बितेको पत्तो नै भएन तर यत्रो महिना भएर पनि मालिक ले(salary)ko kura भने गरेन।त्यहाँ पहिलादेखी नै बस्दै आउनु हुने दाइहरु लाई सोधपुछ गर्‍यो।उहाँहरुले अरु केही भन्नू भएन,(भाइ) एस्तै हो भन्ने कुरा गर्नु भयो।धेरै रोए,कराए आखिरमा केही उपाइ निक्लेन।त्यस पछि (johor baru(j.b))भन्ने ठाउँमा एकजना चिनेको दाई थियोे उहाँको मा जान्छु भनी उहाँलाई सम्पर्कमा लिए।उहाँले बस्नलाई धेरै आग्रह गर्नु भएको थियो तर त्यहाँको स्थिती उहाँलाई थाहा थिएन।त्यसैले नै होला बस्नलाई आग्रह गनु भएको थियो।र पछि सबै कुरा भनिसके पछि उहाँले पनि आउ, जसो तसो गरौंला भन्न्नु भयो।र म त्यहाँ बात निस्केर बतो लागेंं!दाइ सङ्ग भेत पनि भयो अँखामा खुसिको बर्षा झर्‍यो ।2/4 दिन पछि काम पनि सुरु गरे राम्रै भैराथ्यो तर इल्ल्गल त हो।मर्ने भेला हरियो काक्रो जस्तै भए ।इमृग्रेसन ले छापा हान्दै छ भन्ने कुरा सुनियो।त्यसपछि हो कि होइन भनेर (newspaper) हेरेको 2second भको थिएन अबैधानिक बिदेशी कामदारहरु पग्रेको देखेँ।धेरै दुख लग्यो, तर के गर्न नै सक्थे र म? आखिर म पनि इलिगल नै हु भन्ने कुरा मनमा आयो त्यसपछी लिकेर बस्ने निर्णय लिए र अहिले लुकेर बसिरहेको छु।।।र म चाडो भन्दा चाडो म आफ्नै नेपाल देश फर्कन चाहान्छु agent लाई सम्पर्क गर्दा 22-23 सय को हराहारी मा पर्छ भन्छ,त्यत्रो पैस म काहाँ बात लिउ? त्यसैले कसरी हुन्छ please बतो देखानु होस् (नेपाल सरकार) यहाँ परदेश जस्तो ठाउँमा अबैधानिक कमदारहरु पक्राउ परिरहेको छन,तर हाम्रो नेपाल दूतावासले के हेर्दै बसिरहनु भएको छ? म मात्र नभए कैयौं नेपाली दाजु भाई,दिद भहिनी हरु अलपत्र परेका छन,नेपाल दूतावासले के गर्दै बसिरहेका छ??कृपया,कुर्सी मात्र ठुलो लिएर हुदैन।काम गरेर देखाउनु होस,महोदय !!!

  • Bhairolal mahto Kori

    July 2, 2018, 6:22 a.m.

    Ghar Jane bare

  • Sohan lal gaund

    July 1, 2018, 7:16 p.m.

    Ma pani mayalesiya ma me hi smy dekhi bsda ayirhekoxu tr ma ah ghra frkna chahnxu tra ghr frkina kasri r k k grnu prxa plze jankari gridinu hola r mero nepal srkar bata yhi asa grirheka xu. Ki hami sabi nepai. Subidha graun thanks...jay nepal.

तपाईको प्रतिक्रिया