दिनेश

प्रश्नः मैले युएईमा सेक्युरिटी गार्डको अन्तरवार्ता पास गरेर मेडिकल, डकुमेन्ट, फोटो सबै म्यानपावरलाई बुझाए । अहिले म्यानपावरले एम ओ एल सर्टिफिकेट निकाल्नलाई एक लाख रूपैँया जम्मा गर्न भनेको छ । त्यो पैसा नदिईकन भिसा नआउने कुरा गर्छ । के त्यसको लागि पैसा डिपोजिट गर्नुपर्छ ?


 

उत्तरः दिनेश जी, नेपाल र यूएईबीच भएको श्रम समझदारी अनुसार कुनै पनि काममा शून्य लागतमा यूएई जान पाइन्छ । म्यानपावरलाई पैसा तिर्न पर्दैन । यदी तपाईँसँग पैसा मागिरहेको छ भने यो ठगी हो । त्यसैले तपाईँले काठमाण्डैको बुद्धनगरमा रहेको वैदेशिक रोजगार विभागमा सूचना दिनुहोस् । विभागले यस्ता म्यानपावर कम्पनीलाई कारबाही गर्छ ।