सन्जु कुवँर

प्रश्नः म अहिले रोजगारीको लागि कुवेतमा छु। यहाँ आएको झण्डै दुई वर्ष भयो। म हाल  कुवेतमा रोजगारीको सिलसिलामा आएको करिब दुई वर्ष भो। मेरो समस्या, म  श्रम स्वीकृति नलिई भारतको बाटो हुँदै यहाँ आएको हुँ।  अब म कि पाउदीन होला ?


 

उत्तरः सञ्जु जी, सबैभन्दा पहिला त श्रम स्वीकृति नलिई कुनै पनि देशमा काम गर्न हुँदैन । जोखिम धेरै हुन्छ । यदि तपाईं घरेलु श्रमिकको रुपमा नेपालबाट श्रम स्वीकृति नलिएर कुवेत जानुभएको हो भने, तपाईंले श्रम स्वीकृति पाउनुहुन्न । तर यदि कम्पनीमा काम गर्न जानुभएको हो भने श्रम स्वीकृति पाइन्छ । तर त्यसको लागि तपाईँले त्यहाँको सीभिल आईडी, आफूले काम गरिरहेको कम्पनीसँगको करार सम्झौता र काम गरेका कागजातहरु श्रम कार्यालयमा पेश गर्नुपर्ने हुन्छ । नेपालबाट तपाईँले काम गरिरहेको कम्पनीमा श्रम स्वीकृति लिएर जानका लागि करार सम्झौता र सक्कली भिसा कुवेतमा रहेको नेपाली दूतावासबाट पनि पत्र लिनुहोला । त्यसो हुँदा श्रम स्वीकृति लिन सहज हुन्छ ।