मानबहादुर बलायर / कुवेत

प्रश्नः म कुवेतबाट फर्केर स्वदेशमै आफ्नो गाउँठाउँमा केही उद्यम गर्न चाहन्छु । तर बजार व्यवस्थापनबारे मैले केही सोच्न सकेको छैन । यदि मेरो व्यवसायले उत्पादित सामानको बजार पाएन वा घाटामा गयो भने सरकारले क्षतिपूर्ति दिन्छ कि दिंदैन ? के छ सरकारको नीति ?


 

उत्तरः मानबहादुर जी, सरकारले अहिले तपाईँले गर्ने व्यवसायको बजार व्यवस्थापनको जिम्मेवारी तोकेर लिदैन । तर विदेशबाट फर्केर स्वदेशमै व्यवासाय गर्न चाहने युवाहरुलाई विभिन्न तरिकाले सहयोग गर्दै आएको छ । वैदेशिक रोजागारीबाट फर्केकाहरुलाई आफूले सिकेको सीपको स्वदेशमै सदुपयोग गर्न प्रोत्साहन गर्ने गरेको छ । विदेशमा सिकेको सीपको निःशुल्क प्रमाणिकरण गर्ने र निःशुल्क सीपमुलक तालिम सिकाउने गरेको छ । त्यसमा सहभागी भएर तपाईँले व्यवसायजन्य ज्ञान सिक्न सक्नुहुन्छ ।

तर उत्पादित वस्तुको सुरक्षा र बजारको कुरामा तपाईँ आफैं चनाखो हुनु पर्छ । बजारबारे व्यवसायीक योजना बनाउँदा नै अध्ययन गर्नुपर्छ । जोखिम न्यूनिकरणका लागि बिमा गर्न सकिन्छ । तपाईँले आफ्नो व्यवसायिक योजनाबारे पालिकामा पनि छलफल गरेर थप जानकारी लिन सक्नुहुन्छ ।