आसन लामा

प्रश्न : म वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएको छु । श्रम स्वीकृती सकिन अझै दुई महिना बाँकी छ । के अब फर्किदा मैले पुनः श्रम स्वीकृति लिनु पर्छ ? कि नगराई जान सकिन्छ ?


 

उत्तर : आसन जी, तपाईंको श्रम स्वीकृति अझै दुई महिना बाँकी भएकाले फर्केर जान त अप्ठेरो  हुँदैन । तर दुई महिनापछि तपाईंको श्रम स्वीकृति स्वतः सकिन्छ । विदेशबाटै श्रम स्वीकृति लिन झञ्झटिलो प्रक्रिया गर्नुपर्ने हुन्छ । त्यसैले विदेश फर्कनअघि श्रमस्वीकृति लिएरै जानु बुद्धिमानी हुन्छ । श्रमस्वीकृति नभएको खण्डमा विदेशमा दुर्घटनामा पर्दा वा अरु सारोगारो पर्दा सरकार र नेपाली दूतावासले सहयोग गर्ने आधार पनि हुँदैन ।