घनश्यम खड्का र निर हसन खान

प्रश्नः मलेसिया कहिलेदेखि जान पाइन्छ होला ?


 

उत्तरः घनश्यम जि र निर हसन जी, कामदार ठगीमा परे भनेर गएको जेठ २ गतेदेखि बन्द भएको मलेसियाको रोजगारीका विषयमा सकारात्मक नतिजा आएको छ। त्यो भनेको नेपाल र मलेसियाबिच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। श्रम समझदारी भएपछि पनि रोजगारी खुल्न भने अझै केही समय लाग्ने भएको छ। कामदार कसरी पठाउने भन्ने विषयमा प्रविधिक टोलीले अध्ययन गरिरहेका छन्। टोलीको सुझाव अनुसार नै सक्दो छिटो मलेसियाको रोजगारीको बाटो खुल्ने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ।