राजु / ललितपुर

प्रश्नः म मलेसियामा २९ महिना र यूएईम ४ महिना बसेर फर्किएको हुँ । अब विदेश नगई स्वदेशमै केही गर्ने योजना छ । अहिले सरकारले विदेशबाट फर्किएका युवलाई अनुदान दिनेकुरा सुनेको थिए । यो कसरी पाउन सकिन्छ होला ?


 

उत्तरः राजु जी, सरकारले विदेशबाट फर्किएका युवालाई अनुदान दिने होइन । तपाईँले गलत कुरा सुन्नुभयो । सरकारले बाणिज्य बैंकहरुसँग समन्वय गरेर विदेशबाट फर्किएका र यही केही गर्ने योजना भएका युवालाई १० लाख रुपैयाँसम्म सहुलियतमा ऋण दिने हो । त्यसका लागि तपाईँको व्यवसायिक योजना हुन पर्छ । व्यवसायीक योजना अनुसार नै ऋण पाइने हो । तर ऋण चाहिँ जसरी पनि तिर्नु पर्छ । १० लाख रुपैयाँ सहुलियत ऋणका लागि पनि यो वर्षका लागि समय सकियो । तपाईले अर्को वर्ष सरकारले आवदेन आह्वान गरेको बेला आफूले गर्नचाहेको कामका बारेमा योजना बनाई ऋणका लागि निवेदन दिन सक्नुहुन्छ । थप जानकारीका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको कार्यालयमा सम्पर्क राख्नुहोला ।