विष्णुप्रसाद चौधरी / कैलाली

प्रश्नः म गार्मेन्टको काम सिकेर विदेश जान चाहान्छु । त्यसका लागि कहाँ र कसरी सम्पर्क राख्ने होला ?


 

उत्तरः विष्णु जी, विशेषगरी गार्मेन्टको सीप महिलाका लागि मात्र हो । पुरुषका लागि पनि विभिन्न सीप तालिमहरु सञ्चालन भइरहेका छन् । गार्मेन्ट लगायत विभिन्न तालिम निःशुल्क लिन पाइन्छ । नेपाल सरकार तथा स्विजरल्याण्ड सरकारको सहयोगमा हेल्भेटास नेपालले सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजनाले वैदेशिक रोजगारीमा जाने निर्णय गरिसकेकालाई निःशुल्क तालिम दिन्छ ।तालिममा सहभागी हुन इच्छुकले सोमबार देखि शुक्रबार विहान ९ बजेदेखी बेलुकी ५ बजेसम्म मोवाइल नम्बर ९८४०२४८०३४ वा ९८४०२५५२८० मा फोन गरेर जानकारी लिन सक्नुहुन्छ ।