राहुल कुमार राउत

प्रश्नः फ्रि भिसा, फ्रि टिकटको नियम छ तर पनि एजेण्टले धेरै पैसा खान्छन् । यसबाट बच्न के गर्ने र कहाँ सम्पर्क राख्ने ? कसरी प्रक्रिया अघि बढाउदा ठगीमा परिदैन ?


 

उत्तरः राहुल जी, खाडीका देश र मलेसिया जानेका लागि सरकारले फ्री भिसा फ्री टिकटको नियम लागू गरेको छ । तर यसको कार्यान्वयन फितलो छ । एजेण्ट र म्यानपावरले मनलाग्दी पैसा लिइरहेका हुन्छन् । तर एजेण्ट र म्यानपावरलाई पैसा बुझाउने पनि हामी नै त हौं । त्यसैले म्यानपावरले माग्यो भन्दैमा जति माग्छ त्यती पैसा दिन हुँदैन । अझ मलेसियाको हकमा त शुन्य लागतमा जान पाइने भएको छ । स्वास्थ्य परीक्षण लगायतको खर्च पनि रोजगारदाता कम्पनीले नै दिने सहमती भएको छ । त्यसैले, तपाईँ विदेश जाने हो भने वैदेशिक रोजगार विभागबाट इजाजत प्राप्त म्यानपावर छान्ने, एजेण्टको कुरामा भर नपर्ने र बढी पैसा मागेमा वैदेशिक रोजगार विभागमा गएर म्यानपावर विरुद्ध उजुरी दिन सक्नुहुन्छ ।