• दुर्घटनामा एकको ज्यान गयो

    भक्तपुर, जेठ १२ – भक्तपुरको सल्लाघारीमा आइतबार भएको मोटरसाईकल दुर्घटनामा एकजनाको ज्यान गएको छ । बा ५४ प २८४२ नम्बरको मोटरसाईकल पल्टिएर भएको दुर्घटनामा ललितपुर सुन्धाराकी ३५ वर्षीया शशिकला महर्जनको ज्यान गएको प्रहरीले जनाएको छ ।

  • लोकाहा खोलामा नयाँ डाइभर्सन

    नवलपरासी, जेठ १२ – नवलपरासीको लोकाहा खोलाको डाइभर्सन शनिबार रातिको पानीले भत्काएपछि पाँच सय मिटर तल अर्को डाइभर्सन खोलिएको छ । वैकल्पिक मार्गको व्यवस्थासँगै अस्थायी रुपमा एकतर्फि यातायात सञ्चालनमा आएको छ ।

  • सुनचाँदीको भाउ घट्यो

    काठमाडौं, जेठ १२ – साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउ घटेको छ । आइतबार सुन तोलाको ५० हजार ६ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । गएको हप्ता सुनको भाउ तोलामा २३ सय ३ रुपैंयाले बढेको थियो ।

  • हत्यामा संलग्नलाई पक्रन माग गर्दै आन्दोलन

    सुनसरी, जेठ १२ – एक महिना अघि हत्या गरिएकी दुहवीकी राधा मण्डालको हत्यामा संलग्नलाई कारवाहीको माग राख्दै आन्दोलनमा उत्रिएका स्थानीय बासिन्दा र प्रहरीबिच झडप भएको छ । झडपका क्रममा प्रहरीले तीन सेल अश्रुग्याँस प्राहार गरेको छ ।

  • विराटनगर महिला क्रिकेटको फाइनलमा

    काठमाडौं, जेठ १२ - क्षेत्र नम्बर १ विराटनगर १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेटको फाईनल प्रवेश गरेको छ । किर्तिपुर मैदानमा भएको सेमिफाईनलमा क्षेत्र नम्बर ७ जनकपुरधामलाई ५३ रनले हराउँदै विराटनगर फाईनलमा पुगेको हो ।

  • धादिङका तीन साहित्यकारलाई अलि मिया सम्मान धादिङका तीन साहित्यकारलाई अलि मिया सम्मान

    धादिङ, १२ जेठ – नेपाली भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएको भन्दै धादिङका तीन जना साहित्यकारलाई अलि मिया सम्मानद्वारा सम्माति गरिएको छ ।

  • दाइजो नल्याएको भन्दै महिलाको हत्या

    वीरगंज, जेठ १२ – पर्साको बैरियाविर्ता गाविसमा शनिबार राती एक महिलाको हत्या भएको । दाइजो नल्याएको निहुँमा बैरिविर्ता गाविस ६ कि रबिता देवीको हत्या भएको हो । स्थानीय जयराम मुखिया बिनकी श्रीमती रबिता देवीको शव घरमै भेटिएको प्रहरीले जनाएको छ ।

  • मंसिर पहिलो हप्ता निर्वाचन हुन्छ : सिंह मंसिर पहिलो हप्ता निर्वाचन हुन्छ : सिंह

    महेन्द्रनगर, जेठ १२ – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले मंसिर पहिलो हप्ताभित्र संविधान सभाको दोस्रो निर्वाचन हुने दावी गर्नुभएको छ । उहाँले सरकारले निर्वाचनका लागि आवश्यक कानुनी तथा प्रविधिक तयारी पुरा गरेर तत्काल मिति तोक्नुपर्ने बताउनुभयो ।

  • बन्दले तराइको जनजीवन प्रभावित

    काठमाडौं, जेठ १२ – सदभावना पार्टीले आह्वान गरेको बन्दका कारण तराइका जिल्लाको जनजीवन प्रभावित भएको छ । बन्दकर्ताले सर्लाहीमा एउटा ट्रकमा आगजनी गरेका छन् । आगजनीबाट ट्रक पूर्ण रुपले जलेको प्रहरीले जनाएको छ ।

  • सानोठिमी क्याम्पसमा स्वबियू चुनाव अनिश्चित सानोठिमी क्याम्पसमा स्वबियू चुनाव अनिश्चित

    भक्तपुर, जेठ १२ - तीन सुत्रिय माग रोखर क्याम्पसमा अनिश्चतकालिन तालाबन्दी गरेको अनेरास्वबियूले आफ्नो माग पुरा भए सानोठिमी क्याम्पसमा स्वबियू निर्वाचन हुन नदिने चेतावनी दिएको छ ।

  • सञ्चारिका समानता पुरस्कार सापकोटा र बस्नेतलाई सञ्चारिका समानता पुरस्कार सापकोटा र बस्नेतलाई

    काठमाडौं, जेठ १२ – सञ्चारिका समूहले यो वर्षको सञ्चारिका समानता पुरस्कार पत्रकार जनकराज सापकोटा र मनबहादुर बस्नेतलाई प्रदान गरेको छ । चित्कार शीर्षकको समाचारका लागि सापकोटा र बस्नेतलाई संयुक्त रुपमा पुरस्कार प्रदान गरिएको हो ।

  • पार्टीमा गुटबन्दी सकियो : ओली पार्टीमा गुटबन्दी सकियो : ओली

    नेपालगन्ज, जेठ १२ – नेकपा एमालेका स्थायी समिति सदस्य केपी शर्मा ओलीले आफ्नो पार्टीमा कुनैपनि गुटबन्दी नरहेको दावी गर्नुभएको छ । केन्द्रमा कुनैपनि गुटबन्दी नभएको दावी गर्दै ओलीले पार्टीलाई एक ढिक्का बनाएर लैजान कार्यकर्तालाई निर्देशन दिनुभयो ।

  • वर्षाले लाखौंको तरकारी नष्ट

    भक्तपुर, जेठ १२ – तीनदिन अघि परेको वर्षाका कारण भक्तपुर र ठिमीमा लगाइएको लाखौंको तरकारी खेती नष्ट भएको छ । धेरै ठाँउमा पानीको भेलले बगाएर ल्याएको बालुवा तथा माटोले तरकारी खेती पुरिएपछि लाखौं मुल्य पर्ने तरकारी खेती नष्ट भएको छ ।

  • हलेसीमा किरात संग्रहालय स्थापना

    दमन राई/उज्यालो । खोटाङ, जेठ -१२, खोटाङको हलेसी महादेबस्थानमा किरात ऐतिहासिक संग्रहालय स्थापना गरिएको छ । लोपोन्मुख बन्दै गएको किरात समुदायको ऐतिहासिक तथा पुरातात्विक सम्पदाको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हलेसीमा पहिलोपल्ट संग्रहालय स्थापना गरिएको हो ।

  • लगानी भित्र्याउन बन्ने भो ऐन लगानी भित्र्याउन बन्ने भो ऐन

    सविन मिश्र/उज्यालो । काठमाडौं – विदेशी लगानीको सुरक्षणको प्रश्न बाराबर उठ्ने गरिरहेको बेला सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐनको मस्यौदा तयार गरेको छ । प्रस्तावित ऐनको मस्यौदामा उत्पादनशील क्षेत्रमा लगानीको सुरक्षाका साथै त्यस्तो लगानी आकर्षित गर्न कर छुटसम्मको व्यवस्था गरिएको छ ।

  • तीन दिनभित्र कानुनी विषय टुंगो लगाउने सहमति तीन दिनभित्र कानुनी विषय टुंगो लगाउने सहमति

    काठमाडौं, जेठ १२ – सरकार र मुख्यदलका शीर्षनेताबीच तीन दिनभित्र संविधानसभा चुनावका लागि आवश्यक ऐनकानुन टुंगो लगाउने सहमति भएको छ । सरकारी वार्ताटोली र राजनीतिक दलका शीर्षनेताहरुबीच भएको छलफलमा तीन दिनभित्र आवश्यक ऐनकानुन टुंगो लगाउने सहमति भएको हो ।

  • अझै पनि दैनिक ५० जना मापसे कारवाहीमा अझै पनि दैनिक ५० जना मापसे कारवाहीमा

    काठमाडौं, जेठ १२ - दैनिकजसो कारवाही हुने भएपनि काठमाडौंमा मादक पदार्थ सेवन गरी गाडी चलाउनेको संख्यामा कमी आउन सकेको छैन । ट्राफिक प्रहरीको तथ्यांक अनुसार दैनिक कम्तीमा पनि ५० जना मादक पदार्थ सेवन गर्ने चालक कारवाहीमा पर्ने गरेका छन् ।

  • लगातारको वर्षाले गहुँखेतीलाई असर लगातारको वर्षाले गहुँखेतीलाई असर

    काठमाडौं, जेठ १२ - लगातारजसो वर्षाले गहुँखेतीलाई असर गरेको छ । गहुँ पाक्ने बेला पानी परेका कारण कतिपय किसानले बाली भित्र्याउन पाएका छैनन् । कतिपयले भने भिजेकै गहुँ काटेर थन्क्याउने गरेका छन् । चिसोमै भण्डारण गर्दा रोग कीराले सताउने भएकाले विशेष ध्यान पुर्याउन कृषि विज्ञले सुझाव दिएका छन् ।

  • डाइभर्सन फेरी बग्यो: नारायणगढ बुटवल सडक खण्ड अवरुद्ध

    नवलपरासी, जेठ १२ – बाढीले डाइभर्सन भत्काएपछि पूर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा पर्ने नवलपरासीको लोकाहामा यातायात फेरी अवरुद्ध भएको छ ।

  • नक्सलवादीको आक्रमणमा कँग्रेस आईका नेतासहित १६ को मृत्यु नक्सलवादीको आक्रमणमा कँग्रेस आईका नेतासहित १६ को मृत्यु

    जेठ १२ - भारतको छत्तिसगढ राज्यमा माओवादी विद्रोहीको आक्रमणमा परि कँग्रेस आइका वरिष्ठ नेतासहित १६ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा राजनीतिक नेतासंगै सुरक्षाकर्मी समेत रहेका छन ।

  • बार्यन म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि बार्यन म्युनिखलाई च्याम्पियन्स लिगको उपाधि

    जेठ १२ - जर्मन क्लब वार्यन म्युनिखले च्यापियन्स लिग फुटबलको उपाधि जितेको छ । शनिवार राती इंग्ल्याण्डको वेम्बलीमा भएको खेलमा आफ्नै देशको बुरोसिया डर्टमुण्डालाई २–१ ले हराउँदै बार्यन म्युनिखले उपाधि जितेको हो ।

  • दलहरुको कामप्रति सरकारको असन्तुष्टी दलहरुको कामप्रति सरकारको असन्तुष्टी दलहरुकै कारण चुनावको मिति घोषणा गर्न नसकेको गुनासो

    लुम्बिनी, जेठ ११ – राजनीतिक दलहरुको कामप्रति सरकारले असन्तुष्टी जनाएको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दलहरुका कारण चुनावको मिति घोषणा गर्न नसकेको बताउनुभएको छ ।

  • पैसा नतिरेपछि दुई पूर्व सभासद्को घरमा विजुलीको लाइन काटियो

    रौतहट, जेठ ११ - बिजुलीको बिल नतिर्ने रौतहटका दुई पूर्व सभासद्को घरको लाइन काटिएको छ । संविधानसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने पूर्वसभासद्द्वय रम्भा देवी र नीलम वर्माको घरको लाइन काटिएको हो ।

  • ट्याङकर पल्टँदा १ को मृत्यु

    हेटौंडा, जेठ ११ - मकवानपुरको टिष्टुङ गाबिस वडा नम्बर ४ मा शनिवार खाली ट्याङकर पल्टँदा एक जनाको ज्यान गएको छ भने अरु दुईजना गम्भीर घाईते भएका छन् ।

  • सी डिभिजन छनौटमा दक्षिणकाली, जल्पादेवी, राष्ट्रिय मैत्री र योङ स्टार विजयी

    काठमाडौं, जेठ ११ - सहिद स्मारक सी डिभिजन लिग छनौट फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएका खेलमा दक्षिणकाली खेलकुद विकास समिति, जल्पादेवी युवा क्लब ए, राष्ट्रिय मैत्री युवा क्लब र योङ स्टार फुटबल क्लव विजयी भएका छन् ।

  • पेस्तोल र गोलीसहित दुई जना पक्राउ

    भक्तपुर, जेठ ११ भक्तपुरबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । रामेछाप बिनीपोखरी–५ का २३ वर्षका राजकुमार लामालाई पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

  • राजनीतिक सहमति भाँडिने अवस्थामाः एमाओवादी राजनीतिक सहमति भाँडिने अवस्थामाः एमाओवादी

    काठमाडौं, जेठ ११ – एकीकृत नेकपा माओवादीले काँग्रेस र एमालेका कारण राजनीतिक सहमति भाँडिने अवस्थामा पुगेको आरोप लगाएको छ । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले उच्चस्तरीय राजनीतिक सहमतिमा छलफल गर्नुको सट्टा काँग्रेस एमाले दुई दल मात्रै बसेर अडान राख्दा सहमति भाँडिने अवस्था आएको बताउनुभयो ।

  • ‘दलहरु कमजोर हुँदा लोकतन्त्र खतरामा’ ‘दलहरु कमजोर हुँदा लोकतन्त्र खतरामा’

    भवानी भट्ट/ उज्यालो । महेन्द्रनगर, जेठ ११ – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक दलहरु कमजोर भएका कारण लोकतन्त्र खतरामा परेको बताउनुभएको छ ।

  • मोहन वैद्य फेरि एमाओवादीमा फर्कने प्रचण्डको दावी मोहन वैद्य फेरि एमाओवादीमा फर्कने प्रचण्डको दावी

    काठमाडौं, जेठ ११ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण मूल पार्टीमै फर्किने दावी गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको कार्यक्रममा प्रचण्डले वैद्य लगायतका नेताहरु क्रान्तिको सपनाबाट ब्यूँझिएपछि मूलपार्टीमै फर्किने दावी गर्नुभयो ।

  • गोर्खा कप : आरसिटीद्वारा एपिएफ २–१ ले पराजित

    काठमाडौं, जेठ ११ - गोर्खा कप फुटबल अन्तर्गत शनिवार भएको दोश्रो खेलमा रानी पोखरी कर्नर टिम विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा आरसिटीले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई २–१ ले पराजित गरेको हो ।

  • दुर्घटनामा एक बालकसहित दुईको ज्यान गयो

    आशिष विश्वकर्मा/उज्यालो - सिरहा, जेठ ११ – सिरहा–चोहर्वा सडक खण्डमा शनिबार भएको छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित दुई जनाको ज्यान गएको छ ।

  • सडक अवरुद्ध गर्ने ८१ जना पक्राउ

    पोखरा, जेठ ११ – दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई उचित क्षतिपूर्तिको मागसहित सडक अवरुद्ध गर्ने ८१ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सवारी दुर्घटनामा ज्यान गुमाएमा अनङ्गमराज तिमिल्सिनाका आफन्तले उचित क्षतिपूर्ति नपाएको भन्दै सडक अवरुद्ध गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।

  • किन दिए किरण केसीले चम्सुरीलाई लौका उपहार ? किन दिए किरण केसीले चम्सुरीलाई लौका उपहार ?

    अर्जुनकुमार संग्रौला/उज्यालो । काठमाडौं - घरभरि पाउना छन् तर घरमुली नै घरमा छैनन् । आफ्नो जन्मदिनको लागि सहकर्मी हास्य कलाकारलाई अघिल्लो दिन नै उनले घरैमा भोज छ भनि निम्ता दिएकी थिईन् ।

  • जग्गा दान गर्ने वृद्धा सम्मानित

    संखुवासभा, जेठ ११ – आँखा अस्पताल बनाउन जग्गा दिएकी संखुवासभामा खाँदबारी १ की ८९ वर्षीया बृद्धा रत्नकुमारी श्रेष्ठ सम्मानित हुनुभएको छ । खाँदबारी बजारमा आँखा अस्पतालमा निर्माण गर्न जग्गा उपलव्ध गराएकी रत्नकुमारीलाई नेत्रज्योति संघ केन्द्रिय समितिले सम्मान गरेको हो ।

  • जसले दुबै हात नभएपनि सगरमाथा शिखर चुमे (तस्बिरसहित) जसले दुबै हात नभएपनि सगरमाथा शिखर चुमे (तस्बिरसहित)

    काठमाडौं, जेठ ११ – सुदर्शन गौतमले किशोरअवस्थामै दुबै हात गुमाउनुभयो र पनि जीवनमा उहाँ कहिल्यै विचालित हुनुभएन । बरु उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्ने सपना देख्नुभयो ।

  • गणेश लामा पक्राउ

    काठमाडौं, जेठ ११ - अकुत सम्पत्ति कमाएको अभियोग लागेका डन गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बसन्तपुरबाट प्रहरीले पक्राउ गरेको एभिन्यूज टेलिभिजनले जनाएको छ ।

  • बनेपामा चण्डेश्वरी जात्रा शुरु बनेपामा चण्डेश्वरी जात्रा शुरु

    काभ्रे, ११ जेठ - बनेपाकै ठूलो र विशेष उत्सवको रुपमा मनाइने चण्डेश्वरीको मुख्य जात्रा शुरु भएको छ । प्रत्येक वर्षको बैशाख शुक्लको चण्डी पुर्णिमाको दिनदेखि दुई दिनसम्म भव्य रुपमा यो जात्रा मनाउने गरिन्छ ।जात्रामा वाजागाजासहित रथलाई चण्डेश्वरी पुर्‍याइ भोलिपल्ट देवीको मुर्ति रथमा राखेर फर्कने गरिएको छ ।

  • इस्टुको राष्ट्रिय महाधिवेशन जेठ २५ र २६ गते

    काठमाडौं, जेठ ११ - नेपाल संस्थागत विद्यालय शिक्षक युनियनको महाधिवेशन आगामी जेठ २५ र २६ गते हुने भएको छ । पूर्व प्राविदेखि उच्च माविसम्म कार्यरत सम्पूर्ण संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुको साझा पेशागत संगठन नेपाल इस्टुको तेस्रो महाधिवेशन कीर्तिपुरको स्मृति भवनमा हुन लागेको हो । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशै भरीका ६३ हजार सदस्य संख्या रहेको ४२ जिल्लामा जिल्ला समिति रहेको  र ३ सय ५० प्रतिनिधि पर्यव्यक्षकले भाग लिने नेपाल इस्टुको महाधिवेशनले ३ वर्षे चौथो क...

  • अवरुद्ध यातायात खुल्यो

    नवलपरासी, जेठ ११ – बाढीले डाइभर्सन भत्काएपछि अवरुद्ध भएको पुर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा पर्ने नवलपरासीको लोकाहा यातायात सञ्चालन भएको छ । तीन दिनअघि मात्र बनाइएको डाइभर्सन भत्काएपछि यातायात अवरुद्ध बनेको थियो ।

  • श्रीलङ्कामा सेना र तमिलबीच तनाब

    जेठ ११ – श्रीलंकाको उत्तरी क्षेत्र जाफ्ना प्रायद्वीपमा जग्गा अधिग्रहणको विषयमा सेना र तमिल समुदायबीच तनाव चर्किएको छ । तमिल नागरिकले सिंहाली बहुल सेनालाई आफूहरुको जमिन बलपूर्वक अधिग्रहण गर्न रोक लगाएपछि तनाव चर्किएको हो ।

City Education Foundation Reliable Finance Reliable Remit

Ujyaalo TV more

Nepali Cricket Team arrived Kathmandu after wining Division Three Play

Nepali Cricket Team arrived Kathmandu after wining Division Three

ब्लग उज्यालोअँध्यारोMore

  • लाप्राकमा एक रात (फोटो फिचर) लाप्राकमा एक रात (फोटो फिचर)

    बोमलाल गिरी - लाप्राक भन्ने बित्तिकै झट्ट दिमागमा आउँछन्ः लहरै घर, गुरुङ जातिको मात्र बस्ती र मिलेको समाज । लागिगुराँसले बन ढकमक्क छ । माथि सुन्दर बौद्ध हिमाल हाँसेको छ । त्यही हिमालबाट तल बग्ने जेर्बो खोलाले पिरती गाँसेको छ । तर प्राकृतिक रुपमा यति सुन्दर देखिने लाप्राक गाउँ त्यसैको जोखिमबाट पीडित छ ।

थप सामाग्रि

Week in Pictures More

जेठ पहिलो हप्ता

जेठ पहिलो हप्ता

अन्तर्वार्ता More

  • मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य

    कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’

थप अन्तर्वार्ता

News in English More

  • Govt and parties to finalize legal issues within three days

    KATHMANDU, MAY 26 - The government and the leaders of the major parties have decided to finalize the election acts for the upcoming election within three days. A meeting between the Chairman of the Interim Election government including a team of gov...

  • 11-pt agreement can be amended: Khanal

    KATHMANDU, MAY 25 - Chairman of CPN (UML) Jhala Nath Khanal has reiterated that the 11-point pact and 25-point ordinance to remove hurdles can’t be scrapped at any cost. Khanal, however, said that it is possible to amend the agreement, inked d...

  • Saptari higway opens after negotiation with Home Minister

    SAPTARI, MAY 24 - The East-West highway, which was closed for last three days, has opened from Friday after a negotiation between the government and the protestors. The relatives of former lawmaker of Saptari Sardul Miyan, locals and other Muslim or...

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook