• नाडाको साधारण सभा फेरी सर्‍यो

    काठमाडौं, जेठ ८ – नेपाल अटोमोवाइ डिलर्स एसोसिएसन (नाडाको) साधारण सभा पुनः स्थगित भएको छ । विहिबारलाई तोकिएको साधारण सभाको विरुद्धमा विराटनगरका व्यापारी टंकराज प्याकुरेलले पुनरावेदन अदालत पाटनमा मुद्दा दायर गरेपछि साधारण सभा रोकिएको हो ।

  • सप्तरीमा किशोरीको जलेको शब भेटियो बलात्कारपछि हत्या गरेको आशंका

    वैद्यनाथ यादव/उज्यालो । राजविराज, जेठ ८ - सप्तरीको कोईलाडी बर्साइन ५ मा अन्दाजी १२–१४ वर्षकी एक किशोरीको शब जलेको अवस्थामा भेटिएको छ ।

  • हत्याको विरोधमा दिनभर प्रदर्शन हत्याको विरोधमा दिनभर प्रदर्शन

    वैद्यनाथ यादव/उज्यालो - राजविराज, जेठ ८ - पूर्व सभासद सदरुल मियाँ हकको हत्याको विरोधमा सप्तरीमा बुधवार दिनभर प्रदर्शन भएको छ । प्रदर्शनकारीले गृहमन्त्री घटनास्थल आउनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिरहेका छन् ।

  • अमेरिकी सेनाद्वारा ग्वान्तानामो क्षेत्रमा इन्टरनेट सेवा बन्द अमेरिकी सेनाद्वारा ग्वान्तानामो क्षेत्रमा इन्टरनेट सेवा बन्द

    जेठ ८ – अमेरिकी सेनाले ग्वान्तानामो क्षेत्रका अमेरिकी जेलमा इन्टरनेट सेवा बन्द गराएको छ । एक बेनामे ह्याकर समुहको चेतावनीपछि अमेरिकी सैनिकले उक्त क्षेत्रको इन्टरनेट सेवा बन्द गराएको हो ।

  • युएईका राजकुमारद्वारा सगरमाथाको सफल आरोहण युएईका राजकुमारद्वारा सगरमाथाको सफल आरोहण

    पिटी लोप्चन/उज्यालो । सोलुखुम्बु, जेठ ८ - संयुक्त अरब इमिरेट्स्का राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदल थानीले सगरमाथाको सफल आरोहण गर्नुभएको छ ।

  • प्रेस काउन्सिल विरुद्ध कारण देखाउ आदेश प्रेस काउन्सिल विरुद्ध कारण देखाउ आदेश

    काठमाडौं, जेठ ८ – सर्वोच्च अदालतले प्रेस काउन्सिल विरुद्ध परेको मानहानी सम्वन्धी रिटमा काउन्सिल र सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश ज्ञानेन्द्रवहादुर कार्कीको एकल इजलासले काउन्सिलको प्रकाशन संहितामा प्रकाशित सामाग्रीले मानहानी गरेको दाबीसहित परेको रिटमा त्यस्तो सामाग्री प्रकाशन गर्नुको कारण पेश गर्न सरकार र प्रेस काउन्सिललाई आदेश दिएको हो । संहितामा प्रकाशित सामाग्रीले आफुहरुको मानहानी भएको भन्दै पत्रकार रोशन पुरी, गोविन्द देवकोटा र अधिवक्ता श्रीकृष्ण सुवेदीले काउन्स...

  • नेपाली सामुदायिक पुस्ताकालय संचालन पद्धति विश्वकै नमुना नेपाली सामुदायिक पुस्ताकालय संचालन पद्धति विश्वकै नमुना

    चितवन, जेष्ठ ८ – नेपालको सामुदायिक पुस्तकालय सञ्चालन पद्धती विश्वकै नमुना भएको भन्दै रिड ग्लोबललाई एक लाख अमेरिकी डलर बराबरको लिपम्यान फेमिली पुरस्कार प्रदान गरिएको छ ।

  • चुनावमा सहकार्य गर्न तेश्रोलिंगीलाई केसीको आग्रह

    काठमाडौं, जेठ ८ - नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुननरसिंह केसीले आगामी संविधानसभाको निर्वाचनमा आफ्नो पार्टीले समाजका सबै पक्षलाई समेटेर लैजाने बताउनु भएको छ । सबैका अधिकार सुनिश्चित गर्न कांगे्रस सबैसंग सहकार्य गरेर निर्वाचनमा जाने केसीको भनाई छ ।

  • अवैध हतियार संकलन गम्भीर षड्यन्त्रः माओवादी नेता अवैध हतियार संकलन गम्भीर षड्यन्त्रः माओवादी नेता

    रोल्पा, जेठ ८ – नेकपा माओवादीका केन्द्रीय सदस्य सन्तोष बुढा मगरले सरकारको अवैध हतियार संकलन अभियानभित्र गम्भीर षडयन्त्र रहेको बताउनुभएको छ ।

  • धनकुटा बहुमुखी क्याम्पसमा तालाबन्दी

    धनकुटा, जेठ ८ – मञ्च सम्बन्ध संघिय विद्यार्थी युनियनले धनकुटा बहुमुखी क्याम्पसमा तालाबन्दी गरेको छ । स्ववियु निर्वाचन पूर्ण समानुपातिक प्रणालीमा गर्न माग गर्दै तालाबन्दी गरेको विद्यार्थी युनियन धनकुटाका सचिव भविन्द्रकुमार शेर्माले बताउनुभयो ।

  • अष्ट्रेलियासँगको व्यापार घाटा कम गर्न अर्थमन्त्रीको जोड अष्ट्रेलियासँगको व्यापार घाटा कम गर्न अर्थमन्त्रीको जोड

    काठमाडौं, जेठ ८ – अर्थमन्त्री शंकरप्रसाद कोइरालाले अष्ट्रेलियासँगको बढ्दो व्यापार घाटा कम गर्नका लागि नेपाली वस्तुको बजार फराकिलो बनाइदिन आग्रह गर्नुभएको छ ।

  • छात्राहरु बेहोस हुन थालेपछि विद्यालयमै स्वास्थ्य शिबिर छात्राहरु बेहोस हुन थालेपछि विद्यालयमै स्वास्थ्य शिबिर

    जनार्दन पोखरेल/उज्यालो । महोत्तरी, जेठ ८ - छात्राहरु अनौठो रोगले बेहोस हुन थालेपछि महोत्तरीको गौरीवास ७ कालापानीमा रहेको राष्ट्रिय सरस्वती माविमा मानसिक रोग विशेषज्ञ डाक्टरसहितको स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

  • गण्डक पीडितहरुको आन्दोलन स्थगित

    नवलपरासी, जेठ ८ – गण्डक नदी नियन्त्रण संघर्ष समितिले नवलपरासीमा जेठ ६ गतेदेखि थालेको पानी रोकौं आन्दोलनस्थगित गरेको छ ।

  • तेस्रोलिंगीको पक्षमा लड्ने भन्दै नयाँ संस्था तेस्रोलिंगीको पक्षमा लड्ने भन्दै नयाँ संस्था

    काठमाडौं, जेठ ८ – यौनिक अल्पसंख्यक समुदायको हक हितका लागि लड्ने भन्दै नयाँ संस्थाको स्थापना भएको छ । यसै क्षेत्रमा सक्रिय रहेकाहरु मिलेर समावेशी मञ्च नेपाल स्थापना गरेका हुन् । यस अघि निलहिरा समाजले यौनिक तथा अल्पसंख्यकहरुको हक हितका लागि काम गर्दै आएको थियो ।

  • मोहन माध्यमिक विद्यालयलाई २० लाख सहयोग

    चितवन, जेठ ८ - चितवनको भरतपुर–१२ मा रहेको मोहन माध्यमिक विद्यालयलाई संस्थापक अध्यक्ष एवं प्रमुख संरक्षक मोहनबहादुर थापाले २० लाख रुपैयाँ सहयोग गर्नुभएको छ । विहान विद्यालयमा आयोजित रकम हस्तान्तरण कार्यक्रममा थापाले २० लाखको चेक विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष गोमा श्रेष्ठलाई हस्तान्तरण गर्नुभयो । विद्यालयको शैक्षिक, भौतिक र प्रशासनिक सुधारको लागि थापाले यो रकम विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । रकम हस्तान्तरण कार्यक्रममा बोल्दै थापाले विद्यालयको जन्मदाता र संरक्षक भएकाल आफ्नो जिम्...

  • सुनको भाउ थोरै घट्यो

    काठमाडौ, जेठ ८ – सुनको भाउ बुधबार तोलामा १ सय ४५ रुपैयाँले घटेको छ । मंगलबार ५० हजार ३ सय रुपैँया रहेकोमा बुधबार भाउ घटेर ५० हजार १ सय ५५ रुपैयाँ तोलामा झरेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

  • चीनमा डेढलाख अनलाइन सामाग्री जफत

    जेठ ८ – चीनले अश्लिलता फैलाएको भन्दै डेढ लाख भन्दा बढी अनलाइन प्रकाशन जफत गरेको छ । अश्लिल र अवैध प्रकाशन विरुद्धको राष्ट्रिय कार्यालयका अनुसार १० हजार भन्दा बढी वेबसाइटलाई कानुन र नियम उल्लंघन गरेको आरोपमा कारवाही गरिएको छ ।

  • ‘यार्सा टिप्न गएकाहरु सकुशल छन्’

    बझाङ, जेठ ८ – बझाङको काँडा गाविसको राइढुङ्गीमा यार्सागुम्बा संकलनका लागि गएकाहरु सबै सकुशल रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हिम पहिरोमा पुरिएर सात जना बेपत्ता भएको हल्लापछि प्रहरीको टोली तीन दिन हिंडेर राइढुङ्गी पुगेको थियो ।

  • ‘सहमति अनुसार काम नभए चुनाब हुन्न’ ‘सहमति अनुसार काम नभए चुनाब हुन्न’ कांग्रेस–एमाले बैठक

    बोमलाल गिरी/उज्यालो, काठमाडौ, जेठ ८ – नेपाली कांग्रेस र नेकपा एमालेले मुख्य दलहरुबीच भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश अनुसार काम भएमात्रै मंसिरमा चुनाब हुनसक्ने निष्कर्ष निकालेका छन् ।

  • काखको छोरा वसबाट खसेको थाहा नपाउँदा...

    धादिङ, जेठ ७ – रात्री बसमा बाबुआमाको काखबाट सडकमा खसेको सात महिने वालकलाई प्रहरीले ६ घण्टापछि फेरि बाबुआमाकै जिम्मा लगाएको छ । वुटवल नगरपालिका ११ मिलनटोलका विकास र ममता मित्तलले आफ्नो बच्चा खसेको समेत पत्तो पाएनन् ।

  • घरमा पैसा पठाउन जाँदा आक्रमणमा परेँ घरमा पैसा पठाउन जाँदा आक्रमणमा परेँ

    मलेशिया – मलेशियाको केलाङ अस्पतालको पाँचौ तलाको ए ब्लकमा रामेछापका केशब गौतम तीन महिनादेखि दाहिने खुट्टाको उपचार गराइरहनुभएको छ । घाउ भएको खुट्टा पनि गन्हाइहन्छ । एक दिन गौतमले उज्यालो अनलाइनका भूमिराज पराजुलीलाई घटनाको वेलिविस्तार यसरी सुनाउनुभयो ।

  • ब्यवसायिक पशु फार्मलाई सरकारले लगानी गर्ने ब्यवसायिक पशु फार्मलाई सरकारले लगानी गर्ने

    काठमाडौ, जेठ ८ – सरकारले आउँदो आर्थिक वर्ष २०७०/७१ देखि व्यवसायिक पशु फार्महरुको विकासमा लगानी गर्ने भएको छ । देशैभर बढ्दै गइरहेको गाई, भैंसी, बंगुर र बाख्रापालन व्यवसायलाई बढवा दिन व्यवसायिक केन्द्रित कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।

  • अमेरिकामा आप्रवासन विधेयकलाई संसदको समर्थन अमेरिकामा आप्रवासन विधेयकलाई संसदको समर्थन

    जेठ ८ – अमेरिकामा अवैध बसोबास गरिरहेकालाई नागरिकता दिन तयार पारिएको आप्रवासन विधेयकले संसदको समर्थन पाएको छ । सिनेटको न्यायीक समितिमा भएको मतदानमा विधेयकको पक्षमा १३ मत आएको छ ।

  • झुटो खबर दिने पक्राउ परे

    खोटाङ, जेठ ८ – ओखलढुंगामा हेलिकोप्टर दुर्घटना भएको झुटो हल्ला फैलाउन खोज्ने एक जनालाई प्रहरीले पक्रेको छ । ओखलढुंगाको रानीबनमा हेलिकप्टर दुर्घटना भएको झुटो खबर दिने रानीबन–५ का राजकुमार श्रेष्ठलाई प्रहरीले पक्रेको हो ।

  • हत्याको विरोधमा सप्तरीमा आज पनि राजमार्ग बन्द हत्याको विरोधमा सप्तरीमा आज पनि राजमार्ग बन्द

    सप्तरी, जेठ ८ – पूर्व सभाषद् सद्रुल मिया हकको हत्या बिरोधमा बुधबार पनि सप्तरीमा प्रदर्शन भएको छ । हत्यारालाई कारबाहीको माग गर्दै पीडित आफन्त, स्थानीयबासिन्दा र विभिन्न मुस्लिम संघ संस्थाले प्रदर्शन गरेका छन् । पूर्व पश्चिम राजमार्गमा गाडी चलेका छैनन् ।

  • भक्तपुरको सिरुटारमा चितुवा आतंक भक्तपुरको सिरुटारमा चितुवा आतंक

    भक्तपुर, जेठ ८ – गाउँमा पसेको एक जोडी चितुवाका कारण भक्तपुरको सिरुटारका बासिन्दा त्रसित बनेका छन् । स्थानीयबासिन्दाले बिहान बेलुकी हिँडडुल गर्न र दिउँसो खेतबारीमा काम गर्न जान समेत समस्या परेको गुनासो गरेका छन् ।

  • पानी परेकाले तरकारी उत्पादन बढ्यो

    काठमाडौ, जेठ ८ – बेला बेलामा पानी परिरहेकाले यसवर्ष हरियो तरकारीको उत्पादन राम्रो भएको छ । उत्पादन धेरै भएका कारण काठमाडौमा तरकारीको भाउ नबढेको बिक्रेताहरुले बताएका छन् । पानी परिरहेकाले तरकारीको उत्पादन राम्रो भएको र धेरै तरकारी बजारमा आउँदा भाउ नबढेको हो ।

  • आगलागीपछि ठमेलमा सचेतता आगलागीपछि ठमेलमा सचेतता

    काठमाडौ, जेठ ८ – काठमाडौको पर्यटकीय क्षेत्र ठमेललाई व्यवस्थित बनाउन ठमेल पर्यटन विकास परिषद्ले पहल थालेको छ । गएको बिहीबार राती भीषण आगलागी भएपछि आउने दिनमा यस्ता घटना नदोरियोस भन्नका लागि पहल थालिएको समितिले जनाएको छ ।

  • शिक्षकको परीक्षाको तयारी पूरा शिक्षकको परीक्षाको तयारी पूरा

    काठमाडौ, जेठ ८ – बिहीबारदेखि शुरु हुने स्थायी शिक्षकको लिखित परीक्षाको सबै तयारी पूरा भएको शिक्षक सेवा आयोगले जनाएको छ । परीक्षाको लागि आवश्यक पर्ने उत्तरपुस्तिका, प्रश्नपत्र, निर्देशिका लगायतकासामग्री जिल्लाजिल्लामा पुगिसकेको आयोगका प्रशासकीय प्रमुख खगेन्द्रप्रसाद नेपालले जानकारी दिनुभयो ।

  • उपचारले बनायो घनिष्ठ उपचारले बनायो घनिष्ठ

    नवराज ढुङ्गाना/उज्यालो, पोखरा, जेठ ६ – पोखराको पृथ्वीचोक र सभागृहचोकको बिचमा लस्करै २० भन्दा बढी पसल छन् । यिनै पसलसंगै तिब्बती शरणार्थीको पार्जोर्लिङ्ग शिविर छ । आसपासका तिब्बती शरणार्थीको उपचार गर्न यो शिविरमा आयुर्वेदिक स्वास्थ्य केन्द्र खोलिएको छ ।

  • आइपिएल: मुम्बईलाई हराउदै चेन्नई फाइनलमा आइपिएल: मुम्बईलाई हराउदै चेन्नई फाइनलमा

    जेठ ८ – आइपिएल क्रिकेटको पहिलो प्लेअफमा मुम्बई इन्डियन्सलाई ४८ रनले पराजित गर्दै चेन्नई सुपर किंग्स फाइनल प्रवेश गरेको छ । जितसंगै चेन्नई पाँचौ पटक आइपिएलको फाइनलमा पुग्ने टोली बनेको छ ।

  • अमर लामालाई माओवादीले मारेको प्रमाणित गरः प्रचण्ड अमर लामालाई माओवादीले मारेको प्रमाणित गरः प्रचण्ड

    चितवन, जेठ ७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन एमाले महासचिव मदन भण्डारीका चालक अमर लामालाई माओवादीले मारेको भन्ने आरोपको खण्डन गर्नुभएको छ ।

  • जँड्याहा कर्मचारी बोक्न स्ट्रेचर !

    बसन्तप्रताप सिह/उज्यालो । बझाङ, जेठ ७ - नेपालकै कतिपय ग्रामिण क्षेत्रमा बिरामी पर्दा बोक्ने गतिलो सामान नहुँदा डोकोमै बोक्नुपर्ने अवस्था छ । तर जाँड खाएर लट्ठ परेका बझाङमा कार्यरत एक सरकारी कर्मचारीलाई नियन्त्रणमा लिन प्रहरीलाई स्ट्रेचरकै सहायता लिनु परेको छ ।

  • पूर्व कर्मचारीलाई स्थानीयबासिन्दाको सम्मान पूर्व कर्मचारीलाई स्थानीयबासिन्दाको सम्मान

    पिटी लोप्चन/उज्यालो । सोलुखुम्बु, जेठ ७ - विगतमा विभिन्न सेवामा रहँदा सोलुखुम्बुको उत्तरी हिमाली क्षेत्रको विकासमा योगदान गरेको भन्दै पूर्व चार कर्मचारीलाई खुम्बुका बासिन्दाले सम्मान गरेका छन् ।

  • कर्मचारी संगठनहरुको निर्लज्ज माग भारतीयलाई नागरिकता दिन खोज्ने गाविस सचिव छोड्न दबाब

    सप्तरी, जेठ ७ – सप्तरीका विभिन्न कर्मचारी संगठनले भारतीयलाई नेपाली नागरिकताका लागि सिफारीस गर्ने कर्मचारीलाई २४ भण्टाभित्र रिहा गर्न माग गरेका छन् । उनीहरुले मंगलबारदेखि जिविस, राजविराज नगरपालिका र १ सय १४ वटै गाविस कार्यालयको कामकाज ठप्प पारेका छन् ।

  • नचिनेका मान्छेले विद्यालयमा आगो लगाए

    तेह्रथुम, जेठ ७ - परिचय नखुलेका व्यक्तिहरुले तेह्रथुम फाक्चामारा गाउँ विकास समितिको नविन शिक्षा सदन उच्च माविको भवनमा आगो लगाएका छन् ।

  • महिला क्रिकेटः जनकपुर र नेपालगञ्ज सेमिफाइनलमा महिला क्रिकेटः जनकपुर र नेपालगञ्ज सेमिफाइनलमा

    काठमाडौं, जेठ ७ - क्षेत्र नम्बर ७ जनकपुरधाम र क्षेत्र नम्बर ५ नेपालगञ्ज १९ वर्षमुनिको महिला राष्ट्रिय क्रिकेटको सेमिफाइनल प्रवेश गरेका छन् । मंगलवार भएको पहिलो खेलमा क्षेत्र नम्बर २ विरगन्जलाई ८ विकेटले हराउँदै जनकपुरले सेमिफाइनलमा स्थान पक्का गरेको हो ।

  • लागूऔषध ओसारपसारमा वालवालिकाको प्रयोग

    मकवानपुर, जेठ ७ – मकवानपुरमा लागूऔषध ओसारपसारमा बालबालिकाको प्रयोग हुन थालेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बैशाख महिनामा मात्रै लागु औषध ओसार पसारमा संलग्न ९ जना बालबालिकालाई पक्रेको छ ।

  • गाईले नब्याउँदै दुध दिएपछि... गाईले नब्याउँदै दुध दिएपछि...

    पर्वत, जेठ ७ – पशुहरुले ब्याएपछि दुध दिन्छन् । तर पवर्तका एक किसानले पालेको गाईले ब्याउने समयसीमा भन्दा चार महिना अघिदेखि नै दुध दिन थालेको छ । किसान टिकाराम उपाध्यायले पालेको जर्सी गाईले नब्याउँदै दुध दिन थालेपछि गाउँलेहरु दंग परेका छन् ।

  • महिलाको नागरिकतामा पुरुष उल्लेख महिलाको नागरिकतामा पुरुष उल्लेख

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत जेठ ७ - जिल्ला प्रशासन कार्यालय पर्वतले जारी गरेको एक नागरिकतामा गम्भिर त्रुटी पाईएको छ । दुर्लुङ्ग गाविस–६ की माया गुरुङलाई दिइएको नागरिकता प्रमाण पत्रमा लिंग परिवर्तन गरी महिलालाई पुरुष बनाएको पाईएको छ ।

City Education Foundation Reliable Finance Reliable Remit

Ujyaalo TV more

Nepali Cricket Team arrived Kathmandu after wining Division Three Play

Nepali Cricket Team arrived Kathmandu after wining Division Three

ब्लग उज्यालोअँध्यारोMore

  • लाप्राकमा एक रात (फोटो फिचर) लाप्राकमा एक रात (फोटो फिचर)

    बोमलाल गिरी - लाप्राक भन्ने बित्तिकै झट्ट दिमागमा आउँछन्ः लहरै घर, गुरुङ जातिको मात्र बस्ती र मिलेको समाज । लागिगुराँसले बन ढकमक्क छ । माथि सुन्दर बौद्ध हिमाल हाँसेको छ । त्यही हिमालबाट तल बग्ने जेर्बो खोलाले पिरती गाँसेको छ । तर प्राकृतिक रुपमा यति सुन्दर देखिने लाप्राक गाउँ त्यसैको जोखिमबाट पीडित छ ।

थप सामाग्रि

Week in Pictures More

बैशाख अन्तिम हप्ता

बैशाख अन्तिम हप्ता

अन्तर्वार्ता More

  • मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य

    कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’

थप अन्तर्वार्ता

News in English More

  • NC and UML to stick to poll ordinance

    KATHMANDU, MAY 22 - Nepali Congress and CPN-UML have concluded that the upcoming Constituent Assembly (CA) election is possible only if necessary tasks will be carried out as per the 11-point agreement and the 25-point ordinance to remove constitutio...

  • Actress Nisha Adhikari summits Mt. Everest

    KATHMANDU, MAY 21 - Actress Nisha Adhikai has stepped on the highest peak of the world Mount Everest. Adhikari conquered the Everest at 8 am on Tuesday morning. She has become the first Nepali actress to actress to summit the world’s highest ...

  • Case filed against 5 ‘Dons’

    KATHMANDU, MAY 9 - Department of Money Laundering Investigation (DoMLI) has filed a case against four famous ‘Dons’ at the Special Court. The DoMLI filed the case against Dons Parshuram Basnet, Chakre Milan, Deepak Manange, Abhisesh Gir...

Download Programs More

Opinion Poll

Loading...

Join us on Facebook