-
सुनको भाउ एकै दिन १६ सय बढ्यो
काठमाडौ, जेठ ७ – एकहप्तादेखि लगातार ओरालो लागेको सुनको भाउ मंगलबार भने बढेको छ । मंगलबार एकै दिन १६ सय ३ रुपैयाँ बढेर सुनको भाउ ५० हजार ३ सय रुपैयाँ कायम भएको छ । सुन सोमबार तोलामा ४८ हजार ६ सय ९७ रुपैयाँमा झरेको थियो ।
-
सर्पले टोक्दा महिलाको ज्यान गयो
सिरहा, जेठ ७ – सिरहा लालपुरमा विषालु सर्पको टोकेर एक महिलाको ज्यान गएको छ । गाई गोरुलाई खुवाउने भुसा निकाल्ने क्रममा विषालु सर्पको टोकाइबाट लालपुर ५ की ४२ बर्षीया अमिरिका यादबको ज्यान गएको हो । गर्मी बढेसंगै तराईमा सर्पको विगविगी हुन थालेको छ ।
-
नायिका निशा अधिकारीले सगरमाथा चढिन्
काठमाडौं, जेठ ७ –निशा अधिकारीले सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो नायिका भएकी छन् । ११ जना विदेशी र २७ जना नेपालीको टोलीले विहान सफल आरोहण गरेको संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय अन्तर्गतको पर्यटन उद्योग विभागले जनाएको छ ।
-
समाज समृद्ध बनाउने दलहरुले नै हो: नेपाल
जेष्ठ ७ – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले राजनीतिक दलहरु सामाजिक न्याय सहितको शान्त र समृद्ध समाज निर्माणमा क्रियाशील हुनुपर्ने बताउनुभएको छ । उहाँले लोकतान्त्रिक सरकार निर्माण गरी स्थिरता कायम गर्न दलहरुकै भूमिका मुख्य हुने धारणा राख्नुभयो ।
-
प्रधानमन्त्री हुँदा पनि बेपत्ताको खोजी गर्न सकिन: प्रचण्ड
काठमाडौ, जेठ ७ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बेपत्ता नागरिकको अवस्था सार्वजनिक नहुँदासम्म पार्टीले आन्दोलन नछोड्ने बताउनुभएको छ । प्रधानमन्त्री हुँदा बेपत्ताको खोजीलाई प्राथमिकता दिएपनि अवरोध आएकाले काम गर्न नसकेको उहाँले बताउनुभयो ।
-
मलको थुप्रोमा लुकाएको गोली बरामद
काठमाडौ, जेठ ७ – काठमाडौको मनमैजु गाविस लामाबगरबाट प्रहरीले बन्दुकको गोली बरामद गरेको छ । एसएलआरमा प्रयोग हुने एउटा, थ्री नट थ्री राइफलको १८ वटा, म्यागनमको ४९ वटा, चाइनिज पेस्तोलको १ सय २८ वटा गोली वरामद गरेको प्रहरीले जनाएको छ ।
-
सगरमाथाबाट फर्कंदा दुई विदेशी ज्यान गयो
काठमाडौं, जेठ ७ – सगरमाथा आरोहण गरेर फर्कने क्रममा दुई जना विदेशी आरोहीको ज्यान गएको छ । मंगलबार विहान करिब ५ बजे चुचुरोबाट फर्कने क्रममा बंगलादेशी नागरिक महोम्मद खालिद हुसेन र कोरियाली नागरिक सुङ हो सिउको ज्यान गएको हो ।
-
अपराधीलाई चुनाब लड्न दिन्नौं: थापा
रुकुम, जेठ ७ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले अदालतले दोषी ठहर्याएका ब्यक्तिलाई संबिधान सभाको निर्वाचनमा भाग लिन नदिने बताउनुभएको छ । ‘अदालतले दोषी ठहर गरेका ब्यक्तिलाई कसरी जनताको प्रतिनिधिको रुपमा स्वीकार्ने ?’ थापाले भन्नुभयो ।
-
सप्तरीमा पूर्व सभासद्को हत्या
बैद्यनाथ यादव/उज्यालो, सप्तरी, जेठ ७ – सप्तरीमा पूर्व सभासद सुदरुल मियाँको हत्या भएको छ । कल्याणपुर गाविस २ विशनपुर चोकमा रहेको आफ्नै पेट्रोलपम्पमा सुतेको अवस्थामा उहाँको घाँटी रेटी हत्या भएको प्रहरीले जनाएको छ । हत्या गर्ने समूहको पहिचान भएको छैन ।
-
आँधीका कारण अमेरिकामा ५१ को ज्यान गयो
जेठ ७ – अमेरिकाको ओक्लाहोमा शहरमा आँधीका कारण ज्यान गुमाउनेको संख्या झण्डै १ सय पुगेको छ । स्थानीय प्रहरीले अहिलेसम्म २० बालबालिका सहित ९१ जनाको ज्यान गएको पुष्टि गरेको छ ।
-
लमजुङमा एग्रिकल्चर टेलिसेन्टरको स्थापना
लमजुङ, जेठ ७ – उपभोक्तालाई तरकारीको भाउबारे जानकारी दिन लमजुङमा पहिलोपटक एग्रिकल्चर टेलिसेन्टर स्थापना गरिएको छ । उपभोक्ताले टोल फ्रि नम्बर १६१८०६१५३३२२५ मा फोन गरेर निशुल्क रुपमा तरकारीको भाउ थाहा पाउन सक्नेछन् ।
-
डाइभर्सन बगाएपछि नवलपरासीमा राजमार्ग अवरुद्ध
विद्रोही गिरी/उज्यालो, नवलपरासी, जेठ ७ – दुई दिनदेखि लगातार परेको पानीले पूर्वपश्चिम राजमार्गको लोकाहा खोलामा बनाएको डाइभर्सन बगाएको छ । खोलामा आएको बाढीले डाइभर्सन बगाएपछि नवलपरासीबाट वुटवलतर्फ जाने सडक अवरुद्ध भएको छ ।
-
राप्रपामा मतगणना हुँदै
काठमाडौ, जेठ ७ – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय सदस्य चयनका लागि भएको चुनावमा मतगणना शुरु हुँदैछ । मतगगणना मंगलबार विाहन हुने नेता किरण गिरीले जानकारी दिनुभयो । ४ जना निर्विरोध चयन भएपछि ७३ जना केन्द्रीय सदस्यका लागि सोमबार मतदान भएको थियो ।
-
आजदेखि बाल नाटक महोत्सव
काठमाडौ, जेठ ७ – काठमाडौमा मंगलबार बाल नाटक महोत्सव शुरु हुँदैछ । अनामनगरमा रहेको मण्डला थिएटरमा हुने महोत्सवको बिहान साढे १० बजे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रामकुमार श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ ।
-
झिटिगुन्टाबाट धेरै सुन ल्याउन देउः ब्यापारी
काठमाडौ, जेठ ७ – सुनको अभाव चर्किंदा सुन व्यवसायीहरुले झिटीगुण्टाबाट ल्याउने सुनको परिमाण बढाउन सरकारसंग आग्रह गरेका छन् । वैदेशिक रोजगारीमा गएकालाई सुन ल्याउन दिए राष्ट्रबैङ्कले सुनमा थप लगानी गर्न नपर्ने र नेपाली नागरिकलाई नै फाईदा हुने सुन व्यवसायीको तर्क छ ।
-
‘शिक्षकको परीक्षाका बेला विद्यालय बन्द स्वभाविक’
काठमाडौ, जेठ ७ – स्थायी शिक्षक परीक्षाको बेला सरकारी विद्यालय बन्द गर्नुलार्ई अन्यथा नलिन सरकार र शिक्षक संघ संगठनले आग्रह गरेका छन् । अस्थायी, करार र निजी स्रोतका शिक्षकले समेत परीक्षा दिने भएकाले अहिले छुट्टी दिनु स्वभाविक भएको उनीहरुको भनाई छ ।
-
कसैसँग वार्ता नगर्ने अडान राख्ने नेकपा माओवादीद्वारा गोप्य वार्ता
काठमाडौं, जेठ ६ - चार दल र सरकारसँग वार्ता नगर्ने अडान लिईरहेको नेकपा माओवादीले उच्चस्तरीय राजनीतिक समितिसँग छलफल शुरु गरेको छ ।
-
उर्जाद्वारा एउटालाई जेनेरेसन र दुई वटालाई सर्भे लाइसेन्स
काठमाडौं, जेठ ६ - उर्जा मन्त्रालयले माथिल्लो दरम ए जलविद्युत् आयोजनालाई उत्पादन अनुमतिपत्र अर्थात जेनेरेसन लाईसेन्स दिएको छ । मन्त्रालयले २ दशमलव ५ मेगावाटको माथिल्लो दरम ए जलविद्युत् आयोजना निर्माणका लागि जेनेरेसन लाइसेन्स दिएको हो ।
-
१५ दिनभित्र उपस्थित हुन डनहरुलाई विशेष अदालतको आदेश
काठमाडौं, जेठ ६ - विशेष अदालतले अवैध रुपमा करोडौ रुपैयाँको सम्पत्ति जम्मा गर्ने पाँच जना डनलाई १५ दिन भित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।
-
नहरको पानी रोक्न भारतीय पक्षलाई २४ घण्टे अल्टिमेटम
नवलपरासी, जेठ ६ - नवलपरासीको गण्डक नहर पीडित किसानले नहरको पानी रोक्न भारतीय पक्षलाई २४ घण्टे अल्टिमेटम दिएका छन् । भारतीय पक्षले नहरको पानी नरोके बाँध तोडफोड गर्ने गण्डक पीडित किसानले चेतावनी दिएका छन् ।
-
न्यायालयमा पहुँच खुम्च्याउन खोजेको भन्दै पत्रकार महासंघको आपत्ति
काठमाडौं, जेठ ६ - सर्वोच्च अदालतले सर्वोच्च अदालतले मुल प्रवेशद्वारमा सुरक्षा युनिटले उपलब्ध गराउने प्रेसपासका आधारमा मात्रै पत्रकारले प्रवेश गर्न पाउने ब्यवस्था गरेको भन्दै नेपाल पत्रकार महासंघले त्यसले न्यायालयमा सञ्चारमाध्यमको पहुँच खुम्च्याउन खोजेको भन्दै आपत्ति जनाएको छ ।
-
नेपाल स्वास्थ्यकर्मी संघमा रामजी घिमिरे
पोखरा, जेठ ६ - नेपाल स्वास्थ्यकर्मी संघको पोखरामा भएको छैटौं राष्ट्रिय महाधिवेशनले आगामी ४ वर्षका लागी रामजी घिमिरेको अध्यक्षतामा ८९ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।
-
नायक अर्जुन कार्की सगरमाथा शिखरमा
काठमाडौं, जेठ ६ – नायक अर्जुन कार्कीले बिश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । टिमका सर्म्पक अधिकृत ओङछु शेर्पाका अनुसार उनले सोमवार बिहान ७:३० बजे शिखरमा पाइला टेकेका हुन् ।
-
गाविस सचिवहरु काम ठप्प गरी आन्दोलनमा
कपिलवस्तु, ६ जेठ – गाविस अध्यक्षको जिम्मेवारी आफूहरुले नसम्हाल्ने भन्दै विभिन्न ४ बुँदे माग राख्दै कपिलवस्तु जिल्लाका गाविस सचिवहरु आन्दोलित बनेका छन् ।
-
'गाउँलेले बुझाएको हरिण बन कर्मचारीले मारेर खाए'
रौतहट, जेठ ६ - स्थानीयबासिन्दाले गत शनिवार समातेर जिल्ला बन कार्यालयलाई बुझाएको हरिण बनकै कर्मचारीले मारेर खाएका छन् ।
-
हड्ताल गर्नेमा बहुमत
बारा, जेठ ६ - बाराको लिपनीमालमा रहेको लुना ट्रेडिङ्ग प्रालिका श्रमिकबीच भएको मतदानमा हडताल गर्ने पक्षले बहुमत प्राप्त गरेको छ । हडताल गर्ने कि नगर्ने भन्ने विषयमा भएको मतदानमा कूल २१ जना श्रमिक मध्ये हडताल गर्ने पक्षमा १८ मत र हडतालको विपक्षमा तीन मत मात्र परेको छ ।
-
अकुत सम्पत्ति कमाएका थप २ सय ५० छानविनको दायरामा
कमल पराजुली/उज्यालो । काठमाडौं, जेठ ६ - सम्पत्ति शुद्धीकरण तथा अनुसन्धान विभागले अवैध रुपमा अकुत सम्पत्ति कमाएका थप २ सय ५० जनालाई छानविनको दायरामा ल्याएको छ ।
-
बन्दीसहित हाजिर हुन सिडिओलाई अदालतको आदेश
भरत खड्का/उज्यालो । उदयपुर, जेठ ६ – अदालतको आदेशलाई अपहेलना गरेको भन्दै पुनरावेदन अदालत राजविराजलले बन्दीलाई रिहा नगर्नुको कारण पेश गर्न र बन्दीसहित हाजिर हुन कारागार र जिल्ला प्रशासन कार्यालय उदयपुरलाई सोमबार आदेश पठाएको छ ।
-
१ लाख रुपैयाँ पुरस्कार राशीको फोटो प्रतिस्पर्धा हुने
काठमाडौं, जेठ ६ - फोटो पत्रकार (पिजे) क्लबले आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजनमा यस बर्षपनि विभिन्न सात विधामा फोटो प्रतिस्पर्धा गर्ने भएको छ ।
-
अनुमति बिना सञ्चालित निजी विद्यालय बन्द हुने
विद्रोही गिरी/उज्यालो : नवलपरासी, जेठ ६ – जिल्ला शिक्षा कार्यालय नवलपरासीले अनुमति नलिई सञ्चालन भएका निजी विद्यालय बन्द गर्ने भएको छ । तल्लो कक्षा सञ्चालनको अनुमति लिएर माथिल्लो कक्षा सञ्चालन गर्ने विद्यालयका पनि त्यस्ता कक्षा खारेज गरिने कार्यालयले जनाएको छ ।
-
बाहरुलाई गाउँ नै रमाइलो
बोमलाल गिरी । गोरखा – गरिखाने उमेर विदेशकै सेवामा बित्यो । अहिले उमेरले ८० नाघिसकेको छ । अनुहार चाउरी परिसक्यो, जिउ पुरै कुप्रिएको छ । पाखुरीमा बल पनि आउँदैन तर जोस र जाँगर हराएको छैन । भारत र पाकिस्तानबीच जम्मुकाश्मिरमा जसरी युद्ध लडेका थिए त्यसरी नै हतियारको लडाई नलडे पनि माटोसँग लडिरहेका छन् अहिले उनीहरु ।
-
काँग्रेस, एमाले र राष्ट्रपतिले चुनाव चाहेनन् : पोखरेल
काठमाडौ, जेठ ६– एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य लिलामणी पोख्रेलले नेपाली काग्रेस, एमाले, निर्वाचन आयोग, सरकार र राष्ट्रपतिले निर्वाचन नचाहेको आरोप लगाउनु भएको छ । उहाँले अब एमाले सकिने चेतावनी दिनुभयो ।
-
प्रेस काउन्सिलविरुद्ध सर्वोच्चमा मुद्दा
काठमाडौं, जेठ ६ - प्रेस काउन्सिल विरुद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । काउन्सिलको प्रकाशन संहितामा प्रकाशित सामाग्रीले मानहानी गरेको भन्दै पत्रकार रोशन पुरी, गोविन्द देवकोटा र अधिवक्ता श्रीकृष्ण सुवेदीले काउन्सिलविरुद्ध मुदा दायर गर्नुभएको हो ।
-
रसुवाका कृषक चिराईंतो खेतितर्फ आकर्षित
रसुवा, जेठ ६ – रसुवा उत्तरी भेगका क्षेत्रका कृषकहरु व्यवसायिक चिरार्इंतो खेतितर्फ आर्कषित हुन थालेका छन् । राम्रो आम्दानी हुने भएपछि जिल्लाको स्याफ्रु, राम्चे, भोर्ले, सरमथलि, धुन्चे, टिमुरे, बृद्धिम र चिलिमे गाविसका कृषकहरु चिराईंतो खेतितर्फ आर्कषित भएका हुन् ।
-
दाङका सवै सुनचाँदी पसल बन्द
दाङ, जेठ ६ - सुनको सुलभ आपूर्तिको माग गदै दाङका १ सय बढि सुनचाँदी व्यवसायीहरु अनिश्चितकालसम्म व्यवसाय बन्द गर्ने घोषण गदै आन्दोलनमा उत्रिएका संघका जिल्ला अध्यक्ष दीलबहादुर बराईलीले जानकारी दिनुभयो ।
-
छात्राहरु बेहोस हुन थालेपछि विद्यालय बन्द
महोत्तरी, जेठ ६ – महोत्तरीको गौरीवास ७ रातु कालापानीमा रहेको राष्ट्रिय सरस्वती माविमा अनौठो रोगले छात्राहरु बेहोस हुन थालेपछि विद्यलय बन्द गरिएको छ । किशोरीहरु टाउको दुख्ने, पेट दुख्ने, मुठ्ठी बाँध्ने, बर्बराउने, चिच्याउने र बेहोस हुने जस्ता लक्षण देखिएपछि विद्यालय एक हप्ताका लागि विद्यालय गरिएको हो ।
-
एएफसीद्वारा एन्फालाई ५ लाख २५ हजार जरिवाना
काठमाडौं, जेठ ६ - एशियाली फुटबल महासंघ एएफसीले अखिल नेपाल फुटबल संघ एन्फालाई ६ हजार अमेरिकी डलर अर्थात ५ लाख २५ हजार रुपैयाँ जरिवाना गरेको छ ।
-
बाख्रा स्याहार्दै पूर्व मन्त्री
दुर्गाप्रसाद शर्मा/उज्यालो, पर्वत– सबिधानसभाको निर्बाचनको चर्चा जताततै छ । कोही चुनाब प्रचारमा जुटिसके, कोही उमेदवार बन्न नेताको पछि लाग्दैछन् । तर एकजना पूर्व सहायक मन्त्रीलाई भने यस्ता कुराले छोएकै छैन । बरु पूर्व स्थानीय विकास सहायक मन्त्री देबबहादुर पौडेल क्षेत्री त गाउँमा बाख्रा स्याहार्दै हुनुहुन्छ ।
-
भाउ घट्दा बजारमा सुन पाइदैन
काठमाडौ, जेठ ६ - जेठ १ गते तोलामा ५ सय घटेर ५१ हजार २ सय रुपैयाँमा झरेको सुनको भाउ त्यसयता पनि लगातार ओरालो लागेको छ । सोमबार सुन तोलामा ४८ हजार ६ सय ९७ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो भाउ २ वर्ष अगाडिको जत्ति नै हो ।
-
सरकारले गरेको नियुक्ति खारेज गर्नुपर्छ: कमल थापा
वुटवल, जेठ ६ – राप्रपा नेपालका अध्यक्ष कमल थापाले विभिन्न संबैधानिक नियायमा भएको नियुक्ति खारेज हुनुपर्ने बताउनुभएको छ । उहाँले धमिलिएको राजनीति संबैधानिक अंगमा भएको नियुक्तिले अझ फोहोर भएको दावी पनि गर्नुभयो ।
ब्लग उज्यालोअँध्यारोMore
-
लाप्राकमा एक रात (फोटो फिचर)
बोमलाल गिरी - लाप्राक भन्ने बित्तिकै झट्ट दिमागमा आउँछन्ः लहरै घर, गुरुङ जातिको मात्र बस्ती र मिलेको समाज । लागिगुराँसले बन ढकमक्क छ । माथि सुन्दर बौद्ध हिमाल हाँसेको छ । त्यही हिमालबाट तल बग्ने जेर्बो खोलाले पिरती गाँसेको छ । तर प्राकृतिक रुपमा यति सुन्दर देखिने लाप्राक गाउँ त्यसैको जोखिमबाट पीडित छ ।
थप सामाग्रि
अन्तर्वार्ता More
-
मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य
कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
-
Case filed against 5 ‘Dons’
KATHMANDU, MAY 9 - Department of Money Laundering Investigation (DoMLI) has filed a case against four famous ‘Dons’ at the Special Court. The DoMLI filed the case against Dons Parshuram Basnet, Chakre Milan, Deepak Manange, Abhisesh Gir...
-
UML leader Aryal and actress Rekha Thapa join UCPN (Maoist)
KATHMANDU, MAY 18 - Politburo member of CPN-UML Urmila Aryal and actress Rekha Thapa have formally joined the UCPN (Maoist) party. During a program organized at party headquarters, Paris Danda, on Saturday, Chairman Pushpa Kamal Dahal induced the du...
-
Schools in Rukum make students pay money for course books
KATHMANDU, MAY 15 - Some schools in Rukum district are found of taking money from the students for the course books that are distributed by the government for free. Parents have informed that Rapti Gyanodaya Higher Secondary School in Simli and Bal...
Download Programs More
Opinion Poll
Loading...


