-
दलहरुको कामप्रति सरकारको असन्तुष्टी
दलहरुकै कारण चुनावको मिति घोषणा गर्न नसकेको गुनासो
लुम्बिनी, जेठ ११ – राजनीतिक दलहरुको कामप्रति सरकारले असन्तुष्टी जनाएको छ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले दलहरुका कारण चुनावको मिति घोषणा गर्न नसकेको बताउनुभएको छ ।
-
पैसा नतिरेपछि दुई पूर्व सभासद्को घरमा विजुलीको लाइन काटियो
रौतहट, जेठ ११ - बिजुलीको बिल नतिर्ने रौतहटका दुई पूर्व सभासद्को घरको लाइन काटिएको छ । संविधानसभामा समानुपातिकबाट प्रतिनिधित्व गर्ने पूर्वसभासद्द्वय रम्भा देवी र नीलम वर्माको घरको लाइन काटिएको हो ।
-
ट्याङकर पल्टँदा १ को मृत्यु
हेटौंडा, जेठ ११ - मकवानपुरको टिष्टुङ गाबिस वडा नम्बर ४ मा शनिवार खाली ट्याङकर पल्टँदा एक जनाको ज्यान गएको छ भने अरु दुईजना गम्भीर घाईते भएका छन् ।
-
सी डिभिजन छनौटमा दक्षिणकाली, जल्पादेवी, राष्ट्रिय मैत्री र योङ स्टार विजयी
काठमाडौं, जेठ ११ - सहिद स्मारक सी डिभिजन लिग छनौट फुटबल प्रतियोगिता अन्तर्गत शनिवार भएका खेलमा दक्षिणकाली खेलकुद विकास समिति, जल्पादेवी युवा क्लब ए, राष्ट्रिय मैत्री युवा क्लब र योङ स्टार फुटबल क्लव विजयी भएका छन् ।
-
पेस्तोल र गोलीसहित दुई जना पक्राउ
भक्तपुर, जेठ ११ भक्तपुरबाट प्रहरीले चाइनिज पेस्तोल र गोलीसहित दुई जनालाई पक्राउ गरेको छ । रामेछाप बिनीपोखरी–५ का २३ वर्षका राजकुमार लामालाई पेस्तोल र त्यसमा लाग्ने ४ राउण्ड गोलीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
-
राजनीतिक सहमति भाँडिने अवस्थामाः एमाओवादी
काठमाडौं, जेठ ११ – एकीकृत नेकपा माओवादीले काँग्रेस र एमालेका कारण राजनीतिक सहमति भाँडिने अवस्थामा पुगेको आरोप लगाएको छ । एकीकृत माओवादीका प्रवक्ता अग्नि सापकोटाले उच्चस्तरीय राजनीतिक सहमतिमा छलफल गर्नुको सट्टा काँग्रेस एमाले दुई दल मात्रै बसेर अडान राख्दा सहमति भाँडिने अवस्था आएको बताउनुभयो ।
-
‘दलहरु कमजोर हुँदा लोकतन्त्र खतरामा’
भवानी भट्ट/ उज्यालो । महेन्द्रनगर, जेठ ११ – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले राजनीतिक दलहरु कमजोर भएका कारण लोकतन्त्र खतरामा परेको बताउनुभएको छ ।
-
मोहन वैद्य फेरि एमाओवादीमा फर्कने प्रचण्डको दावी
काठमाडौं, जेठ ११ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा माओवादीका अध्यक्ष मोहन वैद्य किरण मूल पार्टीमै फर्किने दावी गर्नुभएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको कार्यक्रममा प्रचण्डले वैद्य लगायतका नेताहरु क्रान्तिको सपनाबाट ब्यूँझिएपछि मूलपार्टीमै फर्किने दावी गर्नुभयो ।
-
गोर्खा कप : आरसिटीद्वारा एपिएफ २–१ ले पराजित
काठमाडौं, जेठ ११ - गोर्खा कप फुटबल अन्तर्गत शनिवार भएको दोश्रो खेलमा रानी पोखरी कर्नर टिम विजयी भएको छ । दशरथ रंगशालामा भएको खेलमा आरसिटीले सशस्त्र प्रहरीको एपिएफ क्लवलाई २–१ ले पराजित गरेको हो ।
-
दुर्घटनामा एक बालकसहित दुईको ज्यान गयो
आशिष विश्वकर्मा/उज्यालो - सिरहा, जेठ ११ – सिरहा–चोहर्वा सडक खण्डमा शनिबार भएको छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित दुई जनाको ज्यान गएको छ ।
-
सडक अवरुद्ध गर्ने ८१ जना पक्राउ
पोखरा, जेठ ११ – दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्तलाई उचित क्षतिपूर्तिको मागसहित सडक अवरुद्ध गर्ने ८१ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । सवारी दुर्घटनामा ज्यान गुमाएमा अनङ्गमराज तिमिल्सिनाका आफन्तले उचित क्षतिपूर्ति नपाएको भन्दै सडक अवरुद्ध गर्ने क्रममा प्रहरीले पक्राउ गरेको हो ।
-
किन दिए किरण केसीले चम्सुरीलाई लौका उपहार ?
अर्जुनकुमार संग्रौला/उज्यालो । काठमाडौं - घरभरि पाउना छन् तर घरमुली नै घरमा छैनन् । आफ्नो जन्मदिनको लागि सहकर्मी हास्य कलाकारलाई अघिल्लो दिन नै उनले घरैमा भोज छ भनि निम्ता दिएकी थिईन् । तर जन्मदिनको भोज खान पाहुनाले घर भरिँदा कलाकार पल्पसा डंगोल भने घरमा थिइनन् ।
-
जग्गा दान गर्ने वृद्धा सम्मानित
संखुवासभा, जेठ ११ – आँखा अस्पताल बनाउन जग्गा दिएकी संखुवासभामा खाँदबारी १ की ८९ वर्षीया बृद्धा रत्नकुमारी श्रेष्ठ सम्मानित हुनुभएको छ । खाँदबारी बजारमा आँखा अस्पतालमा निर्माण गर्न जग्गा उपलव्ध गराएकी रत्नकुमारीलाई नेत्रज्योति संघ केन्द्रिय समितिले सम्मान गरेको हो ।
-
जसले दुबै हात नभएपनि सगरमाथा शिखर चुमे (तस्बिरसहित)
काठमाडौं, जेठ ११ – सुदर्शन गौतमले किशोरअवस्थामै दुबै हात गुमाउनुभयो र पनि जीवनमा उहाँ कहिल्यै विचालित हुनुभएन । बरु उहाँले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पाइला टेक्ने सपना देख्नुभयो । र, आफ्नो सपना पुरा गर्नुभयो ।
-
गणेश लामा पक्राउ
काठमाडौं, जेठ ११ - अकुत सम्पत्ति कमाएको अभियोग लागेका डन गणेश लामालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बसन्तपुरबाट प्रहरीले पक्राउ गरेको एभिन्यूज टेलिभिजनले जनाएको छ ।
-
बनेपामा चण्डेश्वरी जात्रा शुरु
काभ्रे, ११ जेठ - बनेपाकै ठूलो र विशेष उत्सवको रुपमा मनाइने चण्डेश्वरीको मुख्य जात्रा शुरु भएको छ । प्रत्येक वर्षको बैशाख शुक्लको चण्डी पुर्णिमाको दिनदेखि दुई दिनसम्म भव्य रुपमा यो जात्रा मनाउने गरिन्छ ।जात्रामा वाजागाजासहित रथलाई चण्डेश्वरी पुर्याइ भोलिपल्ट देवीको मुर्ति रथमा राखेर फर्कने गरिएको छ ।
-
इस्टुको राष्ट्रिय महाधिवेशन जेठ २५ र २६ गते
काठमाडौं, जेठ ११ - नेपाल संस्थागत विद्यालय शिक्षक युनियनको महाधिवेशन आगामी जेठ २५ र २६ गते हुने भएको छ । पूर्व प्राविदेखि उच्च माविसम्म कार्यरत सम्पूर्ण संस्थागत विद्यालयका शिक्षक कर्मचारीहरुको साझा पेशागत संगठन नेपाल इस्टुको तेस्रो महाधिवेशन कीर्तिपुरको स्मृति भवनमा हुन लागेको हो । काठमाडौंमा भएको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार देशै भरीका ६३ हजार सदस्य संख्या रहेको ४२ जिल्लामा जिल्ला समिति रहेको र ३ सय ५० प्रतिनिधि पर्यव्यक्षकले भाग लिने नेपाल इस्टुको महाधिवेशनले ३ वर्षे चौथो क...
-
अवरुद्ध यातायात खुल्यो
नवलपरासी, जेठ ११ – बाढीले डाइभर्सन भत्काएपछि अवरुद्ध भएको पुर्व पश्चिम राजमार्गको नारायणगढ बुटवल सडक खण्डमा पर्ने नवलपरासीको लोकाहा यातायात सुचारु भएको छ । तीन दिनअघि मात्र बनाइएको डाइभर्सन भत्काएपछि यातायात अवरुद्ध बनेको थियो ।
-
श्रीलङ्कामा सेना र तमिलबीच तनाब
जेठ ११ – श्रीलंकाको उत्तरी क्षेत्र जाफ्ना प्रायद्वीपमा जग्गा अधिग्रहणको विषयमा सेना र तमिल समुदायबीच तनाव चर्किएको छ । तमिल नागरिकले सिंहाली बहुल सेनालाई आफूहरुको जमिन बलपूर्वक अधिग्रहण गर्न रोक लगाएपछि तनाव चर्किएको हो ।
-
ट्याङ्कर पल्टिँदा हराएका एकजनाको जिवितै उद्दार
धादिङ, जेठ ११ – चितवनको दारेचोक घोप्टेभीरमा विहीबार राती ट्याङ्कर पल्टिँदा हराएका एक जनाको जिवितै उद्दार गरिएको छ । मकवापुर निबुवाटार ६ का सुरेश लामालाई प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा त्रिशुली किनारमा ट्याङ्कर नजिकैबाट घाइते अवस्थामा उद्दार गरेको हो ।
-
चरेस सहित पाँच जना पक्राउ
चितवन, जेठ ११ –चितवनको नारायणगढमा प्रहरीले २६ किलो लागुपदार्थ चरेस सहित पाँच जनालाई पक्रेको छ । शरीरका विभिन्न भागमा लुकाएर वीरगञ्ज लैजाँदै गरेको चरेससहित उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
-
११ बुँदे सहमति संसोधन गर्न सकिन्छ: खनाल
काठमाडौ, जेठ ११ – नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले सरकार गठनको क्रममा भएको ११ बुँदे सहमति र २५ बुँदे बाधा अड्काउ फुकाउ आदेश कुनै पनि हालतमा खारेज हुन नसक्ने बताउनुभएको छ । संसोधन गर्न भने तयार रहेको उहाँको भनाइ छ ।
-
जंगलमा महिलाको शव भेटियो
बारा , जेठ ११ – बारामा शुक्रबार राती एक महिलाको हत्या भएको छ । हरैया गाविसको नयाँ वस्तीकी ३५ वर्षीया प्रमिला लोहनीको घाँटीमा बन्चरो प्रहार गरी हत्या गरिएको अवस्थामा जंगलमा शव फेला परेको प्रहरीले जनाएको छ । घरबाट पाँच किलोमिटर टाढा जंगलमा शव भेटिएको हो ।
-
जीप दुर्घटना एकको ज्यान गयो
संखुवासभा, जेठ ११ - संखुवासभाको तुम्लिङटारमा शनिबार विहान जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । को १ ज १५९६ नम्बरको जीप अनियन्त्रित भइ पल्टदाँ भोजपुर कुदाकाउले ५ की तीन वर्षीया नम्रता वास्तोलाको ज्यान गएको प्रहरीले जनाएको छ ।
-
अफगानिस्तानमा भएको बम विष्फोटमा तीन नेपाली घाइते
काठमाडौं, जेठ ११ – अफगानिस्तामा भएको कार बम विष्फोटमा परी तीन नेपाली घाईते भएका छन् । मध्य काबुलमा भएको बिस्फोटमा नेपाली सुरक्षा गार्ड गिरिप्रसाद राना, टेकबहादुर गुरुङ र भीमबहादुर थापा घाईते हुनुभएको छ ।
-
देशभक्तमाथि थ्री स्टारको आधा दर्जन गोल
काठमाडौं, जेठ ११ - सहिद स्मारक ए डिभिजन लिग विजेता थ्री स्टार क्लबले सन्तोष साहुखलको ह्याट्रिकसँगै गोर्खा कप फुटवलमा उत्कृष्ट विजयी शुरुवात गरेको छ ।
-
जन्ती बोकेको जीप दुर्घटना, १ को ज्यान गयो
जवलपरासी, जेठ ११ – नवलपरासीबाट जन्ती लिएर गएको जीप भारतमा दुर्घटनामा हुँदा एक नेपालीको ज्यान गएको छ । ८ जना घाइते भएका छन् । जीप ट्याक्टरमा ठोक्किदा गूठी परसौनी गाविस ७ पिपरपातीका ४५ वर्षीय चेतन भनिने रामचन्द्र राजभरको ज्यान गएको हो ।
-
किराँत समुदाय उभौली पर्व मनाउँदै
काठमाडौ, जेठ ११ – किराँत समुदायले शनिबार उभौली पर्व मनाउँदैछन् । बालीनाली लगाउने समयमा मनाइने यो पर्वमा प्रकृति, देवीदेवता र भूमीको पूजा गर्ने चलन छ । अन्नपात सप्रियोस् भन्ने कामना गर्दै किराँत राई, लिम्बू, याक्खा र सुनुवारहरुले उभौली पर्व मनाउने गर्छन् ।
-
मलेशियामा नेपालीले यसरी मनाए बुद्ध जयन्ती
भूमिराज पराजुली/उज्यालो, मलेशिया, जेठ ११ – नेपालमा जस्तै मलेशियामा पनि २५५७ औ बुद्ध जयन्ती भब्यताका साथ मनाइएको छ । कार्यक्रममा नेपालीलगायत हजारौ स्थानीय तथा अन्य देशका नागरिकहरु सहभागी भए ।
-
चाँडै चुनाब गर्न राष्ट्रसंघका महासचिवको आग्रह
काठमाडौ, जेठ ११ – संयुक्त राष्ट्रसंघका महासचिव बान की मूनले तोकिएको समयमा देशको नयाँ चुनाव सम्पन्न गर्नका लागि राजनीतिक अवरोधहरु हटाउन नेपालका सबै राजनीतिक दलसंग आग्रह गर्नुभएको छ ।
-
आज प्राथमिक तहका शिक्षकको परीक्षा
काठमाडौ, जेठ ११ – स्थायी शिक्षकको लागि भैरहेको परीक्षा शनिबार सकिदैछ । अन्तिम दिन शनिवार प्राथमिक तहको शिक्षकको परीक्षा सञ्चालन हुँदैछ । प्राथमिक तहमा दुईलाख ५० हजार ९ सय ५४ जना परीक्षार्थी रहेका आयोगले जनाएको छ ।
-
आज वुद्ध जयन्ती
काठमाडौ, जेठ ११ – आज २५ सय ५७ औ बुद्ध जयन्ती, अहिंसाका प्रतीक गौतम बुद्धको स्मरण गर्दै बिभिन्न कार्यक्रमका साथ मनाईंदैछ । जन्म, ज्ञानप्राप्ति र महापरिनिर्वाण जस्ता तीनवटा महान घटना बैशाख शुक्ल पूर्णिमाको दिन नै भएकाले आजको दिनलाई बुद्धका जीवनको अपूर्व संयोगका रुपमा पनि लिइन्छ ।
-
नवलपरासीमा राजमार्ग बन्द
नवलपरासी, जेठ ११ – बाढीले फेरि पनि डाइभर्सन बगाएपछि पूर्वपश्चिम राजमार्गको नवलपरासी लोकाहामा यातायात बन्द भएको छ । लोकाहा खोलाको डाइभर्सन शुक्रबार राति बगाएपछि पूर्व पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।
-
आइपिएलः राजस्थानलाई हराउँदै मुम्बई फाइनलमा
जेठ ११ – यो बर्षको आइपिएल क्रिकेटको उपाधिका लागि मुम्बई इण्डियन्स र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुने भएको छ । शुक्रबार राति राजस्थान रोयल्सलाई ४ विकेटले हराउदै मुम्बईले फाइनलमा चेन्नईसंगको भेट पक्का गरेको हो ।
-
११ दिनअघि अपहरित नेपालीको भारतबाट सकुशल उद्दार
गोविन्द शर्मा/ उज्यालो । नेपालगञ्ज, जेठ १० – अपरिचित समुहको अपहरणमा परेका नेपालगञ्ज १ धम्बोझीका महेन्द्र शाहीलाई भारतको नानपाराबाट सकुशल उद्दार गरिएको छ ।
-
त्रिविको स्ववियू निर्वाचन समितिका पदाधिकारीद्वारा राजीनामा
काठमाडौं, जेठ १० – स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव नजिकिँदै गर्दा विद्यार्थी संगठनबीच विवाद बढेपछि त्रिभुवन विश्वविद्यालय कीर्तिपुर निर्वाचन समितिका पदाधिकारीले राजीनामा दिएका छन् ।
-
ऐनको अभावले निर्वाचन आयोग अन्यौलमा
काठमाडौं, जेठ १० – निर्वाचन आयोगले संविधानसभा सदस्य ऐनको अभावमा आयोग अन्यौलमा परेको बताएको छ । निक्कै महत्वपूर्ण मानिएको ऐन आउन नसक्दा मतदाता शिक्षा लगायतका चुनावी प्रकृया अघि बढाउन नसकिएको आयोगले जनाएको छ ।
-
जंगलमा फालिएका बच्चाको स्वास्थ्य गम्भीर
पर्वत, जेठ १० – आमाले जंगलमा फालेको ११ महिने बच्चाको स्वास्थ्य अवस्था गम्भीर बनेको छ । नवलपरासी गैडाकोट ३ की मिना पौडेल (परियार) ले जंगलमा छाडेका छोरा भिष्म पौडेललाई निमोनियाको गम्भीर संक्रमण देखिएको चिकित्स्कले बताएका छन् ।
-
वरिष्ठ गीतकार थापालाई एक लाख राशिको प्रतिभा सम्मान
काठमाडौं, जेठ ११ – नेपाल गीतकार संघले वरिष्ठ गीतकार रत्नशम्शेर थापालाई एक लाख राशिको प्रतिभा सम्मान प्रदान गरेको छ । अर्थमन्त्री एवं गीतकार शंकरप्रसाद कोइरालाले सर्जक थापालाई नगदसहिद ताम्रपत्र प्रदान गर्नुभयो ।
-
बुढीगण्डकीमा स्थानीयलाई लगानी प्राथमिकता
भीमलाल श्रेष्ठ/उज्यालो, गोरखा, जेठ ११ – बुढीगण्डकी जलविद्युत आयोजना निर्माणमा स्थानीय लगानीलाई प्राथमिकता दिने प्रस्ताव आयोजना विकास समितिले अघि सारेको छ । देश भित्रैबाट रकम जुटाउने तयारी गर्ने र नपुगेमा मात्रै निशर्त ऋण लिइने समितिले जनाएको छ ।
ब्लग उज्यालोअँध्यारोMore
-
लाप्राकमा एक रात (फोटो फिचर)
बोमलाल गिरी - लाप्राक भन्ने बित्तिकै झट्ट दिमागमा आउँछन्ः लहरै घर, गुरुङ जातिको मात्र बस्ती र मिलेको समाज । लागिगुराँसले बन ढकमक्क छ । माथि सुन्दर बौद्ध हिमाल हाँसेको छ । त्यही हिमालबाट तल बग्ने जेर्बो खोलाले पिरती गाँसेको छ । तर प्राकृतिक रुपमा यति सुन्दर देखिने लाप्राक गाउँ त्यसैको जोखिमबाट पीडित छ ।
थप सामाग्रि
अन्तर्वार्ता More
-
मीराको फोटोसँग कुरा गर्छुः हरिवंश आचार्य
कलाकार हरिवंश आचार्यको आत्मकथा ‘चिना हराएको मान्छे’ यतिबेला पाठकमाझ चर्चित छ । उहाँको कलाकारिता जीवनका आरोह अवरोह, पत्नी वियोग, संघर्ष र सफलताको कथा चिना हराएको मान्छेमा समेटिएका छन् । आचार्य भन्नुहुन्छः ‘ब्यूँझेको १८ घण्टा मध्ये ९ घण्टा म मीरालाई सम्झिन्छु । घरका हरेक भौतिक वस्तुमा मीरालाई नै देख्छु । फोटो हेर्छु, त्यही फोटोसँग कुरा गर्छु ।’
थप अन्तर्वार्ता
सातामा धेरैले पढेको
News in English More
-
11-pt agreement can be amended: Khanal
KATHMANDU, MAY 25 - Chairman of CPN (UML) Jhala Nath Khanal has reiterated that the 11-point pact and 25-point ordinance to remove hurdles can’t be scrapped at any cost. Khanal, however, said that it is possible to amend the agreement, inked d...
-
Saptari higway opens after negotiation with Home Minister
SAPTARI, MAY 24 - The East-West highway, which was closed for last three days, has opened from Friday after a negotiation between the government and the protestors. The relatives of former lawmaker of Saptari Sardul Miyan, locals and other Muslim or...
-
Dahal is delaying the election process: UML leader Pokharel
KATHMANDU, MAY 23 - General Secretary of CPN-UML Ishwor Pokharel has accused UCPN (Maoist) chairman Pushpa Kamal Dahal for derailing the upcoming Constituent Assembly (CA) election process. Speaking at a press conference organized by Press Chautari...
Download Programs More
Opinion Poll
Loading...


