MENU
समाचार
-
सुनसरी : कोशीमा फोरम विजयी भएपछि एमाले कांग्रेसको विरोध, फेरि मत गन्नुपर्ने माग
सुनसरी, असार १७ – सुनसरीको कोशी गाउँपालिकाको मत गणना रोकिएको छ । वडा नम्बर ८ मा संघीय समाजवादी फोरमका वडा अध्यक्षका उम्मेदवारलाई विजय घोषणा गरेको प्रति असन्तुष्टी जनाँउदेै एमाले र कांग्रेसले विरोध गरेपछि मतगणना रोकिएको हो ।
-
तेह्रथुममा के हुँदै छ ? यस्तो छ पछिल्लो परिणाम
तेह्रथुम, असार १७ – तेह्रथुमका ६ स्थानीय तह मध्ये मेन्छ्यायेम गाउँपालिकामा नेकपा एमालेले जितेको छ । अहिले दुई नगरपालिका र तीन वटा गाउँपालिकाको मतगणना भइरहँदा नेकपा एमालेले अग्रता बढाएको छ ।
-
खोटाङ : दिप्रुङ गाउँपालिकामा कांग्रेसको जित
खोटाङको दिप्रुङ गाउँपालिकामा कांग्रेस बिजयी भएको छ । ११ सय मत अन्तरले एमालेलाई पछि पार्दै कांग्रेसका भूपेन्द्र राई गाउँपालिका प्रमुखमा विजयी हुनुभएको हो
-
नेपालगञ्ज : मेयरमा राप्रपा १५७८ मतले अघि, उपमेयरमा कांग्रेसले उछिन्यो
बाँके, असार १७ – बाँकेको नेपालगञ्ज उपमहानगरपालिकामा राप्रपाले १५ सय ७८ मतले अग्रता लिएको छ । राप्रपाका मेयरका उम्मेदवार धवल शमशेर राणाले ३ हजार ७ सय २३ र नेपाली कांग्रेसका मेयर उम्मेदवार डाक्टर सुरेश कुमार कनौडियाले २१ सय ४५ मत ल्याउनुभएको छ ।
-
सोलुखुम्बुको सोताङ गाउँपालिकामा एमाले विजयी
सोलुखुम्बु, असार १७ – सोलुखुम्बुको सोताङ गाउँपालिकामा एमाले विजयी भएको छ । एमालेका वीरबहादुर राई १ हजार ३ मतसहित विजयी हुनु भएको हो ।
-
प्रमुख पदमा अहिलेसम्म कसले कहाँ कहाँ जिते ?
काठमाडौं, असार १७ – दोस्रो चरणको चुनावमा प्रमुख पदमा कसको कति ?
-
प्रमुख पदमा अहिलेसम्मको नतिजा
प्रमुख पदमा अहिलेसम्मको नतिजा
-
५ नम्बर प्रदेशको ४ उपमहानगरमा के भैरहेको छ ? पछिल्लो परिणाम
काठमाडौं, असार १७ – १२ जिल्ला रहेको प्रदेश नम्बर ५ मा १ सय ९ स्थानीय तह छन् । अहिलेसम्म २२ तहको परिणाम आएको छ । एमालेले ८, कांग्रेसले ५, माओवादी केन्द्रले ७ र जनमोर्चा र संघीय समाजवादी फोरमले १/१ तहमा जितेका छन् ।
-
कञ्चनपुर : लालझाडी गाउँपालिकामा १४२ मतले माओवादी केन्द्र विजयी
कञ्चनपुर, असार १७ – ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा लालझाडी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा माओवादी केन्द्र विजयी भएको छ । गाउँपालिका अध्यक्षमा माओवादीका उम्मेदवार मदन सेन बडायर र उपाध्यक्षमा सल्यादेवी महरा विजयी हुनुभएको हो ।
-
सोलुखुम्बु : दुधकोशी गाउँपालिकाको अध्यक्ष उपाध्यक्ष दुवैमा एमाले विजयी
सोलुखुम्बु, असार १७ – सोलुखुम्बुको दुधकोशी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा बुद्धिकिरण राई र उपाध्यक्षमा जुनिता मगर एमालेबाट विजयी हुनुभयो ।
-
संखुवासभा : भोटखोला गाउँपालिकामा कांग्रेस, मादी नगर र सभापोखरी गाउँपालिकामा एमाले
संखुवासभा, असार १७ – संखुवासभाको भोटखोला गाउँपालिकामा कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार टेम्बा भोटेले १ हजार ३ सय ७७ मत ल्याएर विजयी हुनु भएको छ । एमालेका वाङदाबी भोटेले १ हजार २ सय ३७ मत पाउनुभयो ।
-
धनगढी उपमहानगरपालिकामा कांग्रेसको अग्रता
कैलाली, असार १७ – कैलालीको धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नृपबहादुर वडले अग्रता लिनु भएको छ । आज विहानसम्म उहाँले २०८१ मत ल्याएर अग्रता लिनु भएको हो ।
-
डोटीको दिपायल सिलगढीमा कसले जित्ला ?
डोटी, असार १७ – ७ नम्बर प्रदेशको पहाडी जिल्लाको प्रतिष्ठाका रुपमा लिने गरिएको डोटीको दिपायल सिलगढी नगरपालिकामा कसले जित्ला भन्ने जिज्ञासा बढेको छ ।
-
धनकुटाः छथर जोरपाटीमा एमाले विजयी
धनकुटा, असार १७ – धनकुटाको छथर जोरपाटी गाउँपालिकामा एमालेका उम्मेदवार विजयी भएका छन् । यो गाउँपालिका एमालेका शेरबहादुर लिम्बु ३ हजार ३ सय ४९ मतसहित विजयी हुनु भएको हो । उहाँका निकटम प्रतिद्वन्द्वी माओवादी केन्द्रका विष्णु पारघरीले १ हजार ५ सय ३१ मत प्राप्त गर्नुभयो ।
-
६५ वर्षकी कर्णमाया जिल्लाकै पहिलो महिला वडाध्यक्ष
उदयपुर, असार १७– उदयपुरको उदयपुरगढी गाउँपालिकाको वडा नं. ७ मा एमालेको प्यानलै विजयी भएको छ ।
-
प्रमुखमा दलित उम्मेदवारको पहिलो जित : प्यूठानको सरुमारानीमा एमाले
प्यूठान, असार १७– प्यूठानमा नेकपा एमालेले खाता खोलेको छ । जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने प्यूठान प्रवेशको पहिलो गाउँपालिका सरुमारानीमा एमालेका झगबहादुर विश्वकर्मा र मिना सोमै अध्यक्ष र उपाध्यक्षमा विजयी भएका हुन् ।
-
दाङका दुई उपमहानगरपालिकाको ताजा मत परिणाम
दाङ, असार १७ – दाङको घोराही उपमहानगरपालिकामा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीको अग्रता कायमै छ । चौधरीले ७ हजार १ सय ७ र उपमेयरका उम्मेदवार एमालेकै सीता न्यौपानेले ६ हजार ७ सय २२ ल्याउनुभएको छ ।
-
प्रमुख पदमा अहिलेसम्मको कसले कहाँ कहाँ जिते ?
काठमाडौं, असार १७ – दोस्रो चरणको चुनावमा प्रमुख पदमा कसको कति ?
-
प्रमुख पदमा अहिलेसम्मको नतिजा
प्रमुख पदमा अहिलेसम्मको नतिजा
-
धनकुटामा सवै स्थानीय तहमा एमालेको अग्रता कायमै
धनकुटा, असार १७ – धनकुटाको मत गणना भईरहेको ५ वटा स्थानीय तहमै एमालेका उम्मेदवारले अग्रता लिएका छन् । धनकुटा नगरपालिकामा एमालेका उम्मेदवारले मेयरमा ४ हजार ५१, उपमेयरमा ४हजार ५८८ मत प्राप्त गरेका छन् ।
-
नेपालगंज उपमहानगरमा राप्रपाको अग्रता कायमै, बाँकेका अरु स्थानीय तहमा कसको अग्रता ?
बाँके, असार १७ – मतगणना भैरहेका ७ स्थानीय तहमध्ये नेपाली कांग्रेसले ३, एमालेले २ र राप्रपा तथा माओवादीले १-१ तहमा अग्रता लिएका छन् । नेपालगंज उपमहानगरमा मेयर र उपमेयर दुवैमा राप्रपा अगाडि छ ।
-
बाजुरा : त्रिवेणी नगरपालिकामा कांग्रेसको जित
बाजुरा, असार १७ – बाजुराको त्रिवेणी नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका रामसिंह रावल विजयी हुनुभएको छ । उहाँले ३३६५ मत ल्याउनुभयो । मेयरमा एमालेका जंग बुढाले २१९४ मत ल्याउनुभयो ।
-
बझाङः सुर्मा गाउँपालिकामा कांग्रेस विजयी
बझाङ, असार १७ – बझाङको सुर्मा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका नरबहादुर बोहरा १७ सय ४८ मत ल्याएर विजयी हुनुभएको हो । एमालेका शेरबहादुर बोहराले १६४६ मत ल्याउनुभयो ।
-
पाँचथरः कुम्मायक गाउँपालिकामा एमाले विजयी
पाँचथर, असार १७ – पाँचथरको कुम्मायक गाउँपालिकामा एमालेले विजयी भएको छ । गाउँपालिका अध्यक्षमा एमालेका जयबहादुर चेम्जोङले तीन हजार दुई सय २६ मत ल्याएर विजयी हुनुभएको छ ।
-
एमालेको गढमा माओवादीको जित, तीन मतले एमाले हार्यो
ओखलढु्ंगा, असार १७– ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रका निशान्त शर्मा विजयी हुनुभएको छ । नेकपा एमालेको गढका रुपमा परिचित यो गाउँपालिकामा शर्माले तीन मतले एमालेका उम्मेदवारलाई पछि पारेका हुन् ।
-
खोटाङ – साकेलाको अध्यक्षमा माओवादी, उपाध्यक्षमा कांग्रेस विजयी
खोटाङ, असार १७ – खोटाङको साकेला गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अर्जुन खड्का विजयी हुनु भएको छ । उहाँले १ हजार २० मत ल्याउनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका इच्छुराम रानाले ९ सय ८५ मत पाउनुभयो ।
-
अर्घाखाँचीको २९ वडामा कांग्रेस र एमालेको बराबरी
प्रेमनारायण आचार्य / अर्घाखाँची अर्घाखाँची, असार १७ – अर्घाखाँचीका ६ स्थानीय तहको मतगणना चलिरहेको छ । ६ स्थानीय तहमध्ये तीन स्थानमा नेपाली कांग्रेस, दुई स्थानमा एमाले र एक स्थानमा नेकपा माओवादी केन्द्र अघि छ ।
-
धरान र इटहरी उपमहानगरमा कांग्रेसको अग्रता कायमै
सुनसरी, असार १७ – प्रदेश नम्बर १ को सुनसरीको इटहरी र धरान उपमहानगरपालिकामा कांग्रेस अगाडि छ । इनरुवा नगरपालिका, रामधुनी नगरपालिका, बराह नगरपालिका, बर्जु गाँउपालिका र गढी गाउँपालिका, हरिनगरा गाउँपालिकामा पनि कांग्रेसले अग्रता लिएको छ ।
-
दाङको ताजा अपडेट
हेमराज शर्मा / उज्यालो ।
दाङ, असार १७ – दाङमा रहेका दुइ उपमहानगरपालिकामा नेकपा एमालेले अग्रता कायमै राखेको छ । घोराही उपमहानगरपालिकामा एमालेका मेयर उम्मेदवार नरुलाल चौधरीले ७ हजार १ सय ७ मत ल्याइ सुरुदेखि अग्रता कायम राख्नुभएको हो । कांग्रेस उम्मेदवार भूपबहादुर डाँगीले ५ हजार १ सय २ मत ल्याएर चौधरीलाई पच्छ्याइ रहनु भएको छ ।
उपम्मेयरमा पनि एमाले नै अघी छ । एमाले उपमेयरका उम्मेदवार सीता न्यौपानेले ६ हजार ७ सय २२ र कांग्रेस उम्मेदवार पुष्पा श्रेष्ठले ५ हजार २ सय ५२ म...
-
नेकपा एमालेले अहिलेसम्म जितेका स्थानीय तह
काठमाडौं, असार १७ – नेकपा एमालेले अहिलेसम्म ३४ स्थानीय तह जितेको छ ।
-
मोरङको १७ स्थानीय तहमा कहाँ कसको अग्रता ?
मोरङ, असार १७ – मोरङमा १७ स्थानीय तहमध्ये विराटनगर महानगरपालिका १० तहमा कांग्रेसले अग्रता लिएको छ भने ६ तहमा एमाले अघि छ । एक तहमा नेपाल लोकतान्त्रिक फोरम अगाडि छ ।
-
प्रमुख पदमा अहिलेसम्मको कसले कहाँ कहाँ जिते ?
काठमाडौं, असार १७ – दोस्रो चरणको चुनावमा प्रमुख पदमा कसको कति ?
-
प्रमुख पदमा अहिलेसम्मको नतिजा
प्रमुख पदमा अहिलेसम्मको नतिजा
-
डडेलधुरा : नवदुर्गा गाउँपालिकामा अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी
डडेलधुरा, असार १७ – प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुराको नवदुर्गा गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका कविन्द्र विष्ट २ हजार ९ सय ६९ मत ल्याएर विजयी हुनु भएको हो ।
-
पाख्रीबास नगरपालिकामा एमालेको क्लिन स्वीप
धनकुटा, असार १७ – एमालेले पाख्रीबास नगरपालिकामा क्लिन स्वीप गरेको छ । मेयर, उपमेयर, वडाध्यक्षसहित सबै सदस्यमा एमालेका उम्मेदवार विजय भएका हुन् । एमालेका विर्खबहादुर राईले ४ हजार ४३९ मतसहित मेयरमा विजयी हुनु भएको छ ।
-
दार्चुला : शैलेशिखर नगरपालिका र मालिकार्जुन गाउँपालिकामा कांग्रेस, मार्मामा माओवादी विजयी
शंकर धामी / उज्यालो दार्चुला, असार १७ – दार्चुलाको शैलेशिखर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका अमरसिंह धामीले ३ हजार ८२९ मत ल्याएर विजयी हुनु भएको छ । एमालेका गंगादत्त जोशीले ३ हजार ४०२ मत ल्याउनुभयो ।
-
गुल्मीको मालिका गाउँपालिकामा एमाले विजयी
गुल्मी, असार १७ – गुल्मीको मालिका गाउँपालिकामा एमाले विजयी भएको छ । अध्यक्षमा एमालेका रिपबहादुर थापा विजयी हुनुभएको हो । उहाँले ४ हजार ४२ मत प्राप्त गर्नुभयो । कांग्रेसका ज्ञानबहादुर कार्कीले ३४ सय ४७ मत प्राप्त गर्नुभयो ।
-
ताप्लेजुङ : मिक्वाखोलाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस
ताप्लेजुङ, असार १७ – ताप्लेजुङको मिक्वाखोलामा नेकपा एमालेका रामकुमार साँवा अध्यक्षमा विजयी हुनुभएको छ । उहाँले १ हजार ४ सय ८४ मत ल्याउनुभयो ।
-
माओवादी केन्द्रले कहाँ कहाँ जित्यो ?
काठमाडौं, असार १७ – माओवादी केन्द्रले अहिलेसम्म १२ वटा स्थानीय तह जितेको छ ।
-
नेपाली कांग्रेसले अहिलेसम्म जितेका स्थानीय तह :
काठमाडौं, असार १७ – अहिलेसम्म एमालेले कहाँ जिते, हेर्नुहोस् ।
मेरो पनि भन्नु छ
-
केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।
-
नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।
केशव दाहाल
-
खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।
अनन्त भट्टराई
सबै हेर्नुहोस