MENU

Nepal Earthquake 2072

  • भूकम्पले भत्केका स्वास्थ्य संस्थाको पुनर्निर्माण कहिले हुन्छ ? भूकम्पले भत्केका स्वास्थ्य संस्थाको पुनर्निर्माण कहिले हुन्छ ?

    ललितपुरको बुङमति स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी पद्मा दाहालको दिन अहिले पनि भूकम्पले चर्केको भवनमा काम गर्दा त्रासमै बित्ने गरको छ । दुई वर्षअघिको भूकम्पले चर्केको भवन अहिलेसम्म पनि पुनर्निर्माण हुन नसकेपछि दिनभर उहाँको दिन त्रासमै वित्ने गरेको हो ।

  • रसुवाका तीन सय ६३ लाभग्राहीलाई दोस्रो किस्ता वितरण

    रसुवा, वैशाख १३ – रसुवाका तीन सय भन्दा बढी भूकम्प प्रभावितलाई दोस्रो किस्ता वितरण गरिएको छ । जिल्ला समन्वय समिति रसुवाबाट एक सय ७६ र विभिन्न गैरसरकारी संस्थाबाट एक सय ८७ गरी तीन सय ६३ लाभग्राहीको खातामा रकम निकासा गरिएको हो ।

  • विस्थापितको पुनर्स्थापना कहिले र कसरी ? प्रश्नै प्रश्न, तर उत्तर छैन विस्थापितको पुनर्स्थापना कहिले र कसरी ? प्रश्नै प्रश्न, तर उत्तर छैन

    बाँच्ने आशै थिएन, तर बाँचियो । भूकम्पको दिन सम्झिँदा गोरखा केरौजाका छ्यामबहादुर ओलीलाई अहिले पनि कहाली लाग्छ । भएको घर आँखै अगाडि ढल्यो, जमिन चिरा परेको छ । गाउँमै बस्न सक्ने अवस्था रहेन ।

  • ८७ वर्षका लोकबहादुर भन्छन्–बुढी आमाका कारण ९० सालको भूकम्पमा बाँचें ८७ वर्षका लोकबहादुर भन्छन्–बुढी आमाका कारण ९० सालको भूकम्पमा बाँचें

    ललितपुर पाटनका ८७ वर्षका लोकबहादुर शाक्य ९० सालको भूकम्प जाँदा तीन वर्षको हुनुहुन्थ्यो । शाक्य भूकम्प जाँदा पटानमै रहेको मामा घरमा हुनुहुन्थ्यो । सानै भएकोले धेरै कुरा उहाँलाई याद छैन तर एक जना बुढी आमाको कारण आफ्नो ज्यान जोगिएको भने उहाँले बिर्सनु भएको छैन ।

  • गोरखा भूकम्पको दुई वर्ष : पुनर्निर्माण सुस्त गोरखा भूकम्पको दुई वर्ष : पुनर्निर्माण सुस्त

    काठमाडौं, वैशाख १२ – गोरखा भूकम्प गएको मंगलबार दुई वर्ष पूरा भएको छ । दुई वर्षअघि आजकै दिन गोरखाको बारपाक केन्द्रविन्दु भएर ७.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यो भूकम्पले झण्डै ९ हजार जनाको ज्यान गयो ।

  • पानी र काठको अभावले रामेछापका भूकम्प प्रभावितले घर बनाउन पाएनन् पानी र काठको अभावले रामेछापका भूकम्प प्रभावितले घर बनाउन पाएनन्

    भूकम्प गएको दुई वर्ष पुग्नलाग्दा पनि रामेछापका भूकम्प प्रभावितले पानी र काठको अभावका कारण घर बनाउन पाएका छैनन् । खानेपानीकै लागि निकै सास्ती खेप्न बाध्य भएका रामेछापका प्रभावितलाई घर बनाउन थप समस्या भएको हो ।

  • रसुवाको ११ वटा वस्तीका एक सय ८७ घर उच्च जोखिममा

    रसुवामा भूकम्पको कारण ११ वटा वस्ती उच्च जोखिममा परेको भौगर्भिक अध्ययनबाट देखिएको छ। खानी विभागबाट साविकको ७ वटा गाविसको १८ वटा वस्तीमा गरिएको अध्ययनबाट ११ वटा वस्ती जोखिममा परेको पाइएको हो ।

  • यस्तो बन्दैछ बारपाकमा भूकम्प स्मृति पार्क यस्तो बन्दैछ बारपाकमा भूकम्प स्मृति पार्क

    गएको वर्ष वैशाखमा गएको भूकम्पको केन्द्रविन्दु बारपाकमा बनाउन लागिएको भूकम्प स्मृति पार्कको डिजाइन तयार भएको छ । शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईले पार्कको डिजाइन तयार पारेको हो ।

  • ४८ स्वास्थ्य संस्थाको भवन बनाउने जिम्मा, २ वर्षमा १० वटा मात्रै बन्यो ४८ स्वास्थ्य संस्थाको भवन बनाउने जिम्मा, २ वर्षमा १० वटा मात्रै बन्यो

    गोरखामा भूकम्पका कारण भत्किएका स्वास्थ्य संस्था पुनर्निर्माणको जिम्मा लिएका गैरसरकारी संस्थाले स्वास्थ्य चौकीको भवन निर्माणमा ढिलाई गरेका छन् । उनीहरु आफैले प्रतिवद्धता गरेको समय भित्र स्वास्थ्य चौकीको भवन निर्माण गर्न नसकेका हुन् ।

  • भूकम्पले भत्किएका खानेपानी योजना मर्मतमा बजेट अभाव

    किरण लोहनी/उज्यालो । गोरखा, चैत २३ – सन् २०१७ सम्ममा सबै नागरिकमा खानेपानीको पहुँच पुर्‍याउने सरकारी लक्ष्य गोरखामा पूरा गर्न कठिन हुने देखिएको छ । सन् २००२ मा नेपाल सरकारले बनाएको जल योजना अनुसार १५ वर्षभित्र सबैमा आधारभुत खानेपानीको पहुँच पुर्‍याउने लक्ष्य लिएको थियो ।

  • पूर्जा नभएका भूकम्प प्रभावितका समस्या सम्बोधन गरिने

    काठमाडौं, चैत २३ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा जग्गासम्बन्धी प्रमाणको अभावले अनुदान सम्झौता हुन नसकेका लाभग्राहीका लागि पनि आवश्यक व्यवस्था मिलाउन पहल गर्ने निर्णय गरेको छ ।

  • भूकम्प प्रभावित थप १७ जिल्लामा आजदेखि पहिलो किस्ता

    काठमाडौं, चैत २१ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित थप १७ जिल्लामा निजी आवास पुनर्निर्माणका लागि अनुदान बापतको पहिलो किस्ता वितरण सुरु गर्दैछ ।

  • लाप्राकका भूकम्प प्रभावित भन्छन्–घर बनाउन ढुंगा र काठ चाहियो लाप्राकका भूकम्प प्रभावित भन्छन्–घर बनाउन ढुंगा र काठ चाहियो

    गोरखाको लाप्राकका भूकम्प प्रभावितले घर बनाउन चाहिने काठ र ढुंगा जुटाइदिन सरकारलाई आग्रह गरेका छन् । भौगोलिक बनावटका कारण त्यहाँ ढुंगा र काठपात पाउन समस्या छ ।

  • भूकम्प प्रभावितलाई घरको साँचो हस्तान्तरण भूकम्प प्रभावितलाई घरको साँचो हस्तान्तरण

    काठमाडौं, चैत १७ – थाइल्याण्डको नाइन सस्टेनेबल फाउन्डेशन र एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी एआटीले ललितपुरको महालक्ष्मी नगरपालिकाको लुभुमा भूकम्प प्रभावितलाई बनाइ दिएका घरको साँचो प्रभावितलाई हस्तान्तरण गरिएको छ ।

  • सामाजिक तथा जानसाङ्ख्यिक प्रभावसम्बन्धी अध्ययन सार्वजनिक

    काठमाडौं, चैत १७ – गएको वर्षको वैशाख १२ को भूकम्पले अति प्रभाावित १४ जिल्लामा पारेको सामाजिक तथा जानसाङ्ख्यिक प्रभावसम्बन्धी अध्ययन सार्वजनिक गरिएको छ ।

  • गोरखामा भूकम्पले भत्केका संरचना बनाउन चितवनबाट काठ ल्याइने

    गोरखा, चैत १४ – गोरखामा भूकम्पले भत्केका संरचना बनाउन चितवनबाट काठ ल्याइने भएको छ । भूकम्प प्रभावितको घर बनाउन चितवनबाट १० हजार क्युफिट काठ ल्याइने जिल्ला वन पैदावार आपूर्ति समिति गोरखाले जनाएको छ ।

  • पुनर्निर्माण सम्बन्धी मापदण्डलाई व्यवहारिक बनाइयो

    काठमाडौं, चैत १४ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले निजी आवास पुनर्निर्माण प्राविधिक निरीक्षण कार्यविधिमा रहेका केही अव्यवहारिक प्रावधानलाई परिमार्जन गर्ने निर्णय गरेको छ ।

  • भूकम्पको धक्का महसुस

    बझाङ, चैत १३ – शनिबार बेलुका ७ बजेर २७ मिनेट जाँदा बझाङको लेकगाउँबाट २० किलोमिटर उत्तरमा केन्द्रविन्दु भएको ३ दशमलव ८ रिक्टर स्केलको भूकम्पको धक्का महसुस गरिएको भूकम्प मापन केन्द्र, सुर्खेतका टेक्निकल असिस्टेन्ट तीर्थ दाहालले जानकारी दिनुभएको छ ।

  • पाँच लाखभन्दा बढी भूकम्पप्रभावित घरधुरीले पहिलो किस्ता पाए

    भूकम्पको दुई वर्ष बित्न लाग्दासमेत अतिप्रभावित १४ जिल्लाका केही पीडितले अनुदान सम्झौता गर्न पाएका छैनन् ।

  • रसुवामा ५१६ भूकम्प प्रभावितमध्ये २१३ ले मात्र मापदण्ड पूरा गरे

    रसुवा, चैत ५ – रसुवामा अनुदान पाउन छानिएर पहिलो किस्ता पाएका भूकम्पप्रभावित मध्ये दोस्रो किस्ताका लागि २ सय १३ घरधनीको नाम सिफारिस गरिएको छ ।

  • जिविसको खातामा थन्कियो दुई अर्ब तर भूकम्पपीडितले दोस्रो किस्ता पाएनन्

    गएको वर्ष वैैशाख १२ गतेको भूकम्पका कारण ब्यक्तिगत आवास भत्किएकाहरुले सरकारले दिने दोस्रो किस्ता पाउन सकेका छैनन् । भूकम्प गएको २२ महिना बित्न लाग्दा समेत भूकम्पपीडितहरुले राहतको दोस्रो किस्ताको अनुदान रकम पाउन नसकेका हुन् ।

  • गोरखामा यसरी आयो नक्कली भूकम्प गोरखामा यसरी आयो नक्कली भूकम्प

    मंगलबार मध्यदिनमा गोरखा सदरमुकामको हरमटारी रंगशालामा एक्कासी मान्छेहरु गुहार माग्दै चिच्याएको आवाज सुनियो । मान्छेहरु रोएको, चिच्याएको, गुहार मागेको र भूकम्प आयो भनेर कराएको सुनेपछि वरपरका बासिन्दा साँच्चैको भूकम्प आएको हो कि भनेर अलमलमा परे ।

  • ४५ मिनेट भित्र रामेछापमा दुई पटक भूकम्प, काठमाडौंमा पनि धक्का

    काठमाडौं फागुन १६ – रामेछापमा सोमबार बिहान ४५ मिनेट भित्र दुई पटक भूकम्प गएको छ ।

  • रामेछापमा ४.६ रेक्टरको परकम्प, काठमाडौंमा पनि धक्का

    काठमाडौं, फागुन १६ – रामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गएको छ । परकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको थियो ।

  • अलपत्र रानीपोखरी पुनर्निर्माण चाँडै सुरुहुन्छ : पुरातत्व विभाग अलपत्र रानीपोखरी पुनर्निर्माण चाँडै सुरुहुन्छ : पुरातत्व विभाग

    २०७२ साल वैशाख १२ गते आएको महाभुकम्पले क्षति पु¥याएको रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर निर्माणका लागि राष्ट्रिय भूकम्प सुरक्ष दिवसको अवसर २०७२ साल माघ दुई गते राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

  • भूकम्पपीडित रामप्यारीको प्रश्न, टहराको बास कहिलेसम्म ? भूकम्पपीडित रामप्यारीको प्रश्न, टहराको बास कहिलेसम्म ?

    काभ्रे, फागुन ११ – महादेवस्थान नगरपालिका-७ कुन्ताका रामप्यारी राई दनुवारले भूकम्पपछि ऋण गरेर श्रीमानको मुटुको शल्यक्रिया गराउनुभयो । भूकम्पबाट घाइते सासूको उपचार जारी छ ।

  • घर बनाइसकेका भूकम्पपीडितलाई तीन लाख एकैपटक दिइने

    काठमाडौं, फागुन ६ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्निर्माण गरिसकेका घरधनीलाई आयोजना कार्यान्वयन एकाई वा प्राधिकरणबाट खटिएका प्राविधिकको सुपरिवेक्षणमा अनुदान वापतको तीन लाख रुपैयाँ एकैपटक भुक्तानी गर्न निर्देशन दिएको छ ।

  • भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनर्निर्माण

    सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनर्निर्माण गरेको छ । १४ जिल्लामा भूकम्पबाट भत्किएका सात हजार ९ सय २३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनर्निर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले जानकारी गराउनुभयो ।

  • ​रसुवामा ४५८ जनालाई सीपमुलक तालिम

    रसुवा, फागुन ५ – घरेलु तथा साना उद्योग विकास समिति रसुवाले रसुवाका ४ सय भन्दा बढीलाई सीपमुलक तालिम दिएको छ ।

  • रसुवामा ६ वटा भूकम्प प्रतिरोधी पानीघट्ट निर्माण

    रसुवा, फागुन २ – रसुवाका गाविसमा ६ वटा भूकम्प प्रतिरोधी पानीघट्ट निर्माण गरिएको छ । स्याफ्रु गाविसको ठूलोस्याफ्रु, ब्राबल र सानोभाखु तथा धुन्चे गाविसको घट्टखोला, सोले र नागुङ क्षेत्रमा झण्डै २१ लाखको लागतमा ६ वटा भूकम्प प्रतिरोधी पानीघट्ट बनाइएको हो ।

  • भत्किएको भवन निर्माण नहुँदा चउरमा पढाई

    खोटाङ, फागुन १ – खोटाङमा दलीय भागवण्डामा भवन निर्माणका लागि रकम वितरण गर्ने परिपाटीका कारण भूकम्पले क्षतिग्रस्त विद्यालय भवन बनाउनका लागि रकम पाउनबाट वञ्चित भएका छन् ।

  • बस्न योग्य घर भएकाले अनुदान रकम लिए कारबाही हुने

    काठमाडौं, माघ २७ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर बस्न योग्य नै भएका र अन्यत्र पनि घर भएकाले अनुदान रकम लिएको भए तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

  • दोलखामा बिहानै परकम्प

    काठमाडौं, माघ २६ – दोलखामा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । बुधबार बिहान ५ बजेर २३ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • सुदूरपश्चिममा भूकम्पको धक्का महशुस

    बैतडी, माघ २५ – बैतडीसहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महशुस भएको छ । भारतको उत्तराखण्डमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले बताउनुभयो ।

  • ‘त्रासै त्रासमा कसरी बस्ने ?’ ‘त्रासै त्रासमा कसरी बस्ने ?’

    भूकम्पले चिरा चिरा पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको भवन र अधिकृत आवाश पुनर्निर्माण हुन सकेको छैन । कार्यालय तथा आबाश भवन पुनर्निर्माण नहुँदा जीर्ण भवनमा कार्यालय संचालन गरिएको छ । यस्तै आधा भत्किएका भवनमा प्रहरी अधिकृत आवाश छ ।

  • विपद पनि अवसर र विकास बन्न सक्छ विपद पनि अवसर र विकास बन्न सक्छ

    भनिन्छ खुशीको महत्व दुःख भोगेकाले बुझ्छन्, पानीको महत्व खडेरीमा खड्किन्छ र केही बन्नु पहिले बिग्रन जरुरी हुन्छ । झट्ट सुन्दा फगत सिद्धान्त लाग्ने यी कुराको तात्पर्य माघ २ गतेदेखि ११ गतेसम्म राजधानी टोक्यो लगाएत जापानका केही ठाउँको भ्रमणपछि मलाई अझै बढी महत्वपूर्ण लाग्यो ।

  • घर बनाउने समय सीमा तोकिँदै, अनुदान लिने तर घर नबनाउनेलाई कारवाही घर बनाउने समय सीमा तोकिँदै, अनुदान लिने तर घर नबनाउनेलाई कारवाही

    भूकम्पले भत्केका घर बनाउने काम धमाधम हुनुपर्ने बेला पनि अपेक्षा अनुसार घर बन्न सकेका छैनन् । पुनर्निर्माणका लागि सरकारले वितरण गरेको अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ बुझेर पनि धेरै प्रभावितले घर बनाएका छैनन् ।

  • दोस्रो किस्ता अनुदानका लागि १२ अर्ब निकासा

    काठमाडौं, माघ १३ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ताका लागि ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँ वितरण गर्न अख्तियारी दिएको छ ।

  • एकीकृत बस्ती निर्माणको शुभारम्भ

    काठमाडौं, माघ ८ – गोरखाको बगुवा–४ लामाचौरमा एकीकृत बस्ती निर्माणको शुभारम्भ गरिएको छ । ‘मिलन बस्ती, एकीकृत बस्ती’को शुक्रबार एक कार्यक्रमका बीच सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले शिलान्यास गर्नुभयो । यो एकीकृत बस्तीमा बगुवा गाविसका चार गाउँलाई स्थानान्तरण गरिने छ ।

  • भूकम्प प्रभावितले आजदेखि दोस्रो किस्ताको अनुदान पाउने

    काठमाडौं, माघ ५ – भूकम्प प्रभावितले बुधबारदेखि दोस्रो किस्ताको अनुदान रकम पाउने भएका छन् । पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएकाहरुले दोस्रो किस्ताको रकम डेढ लाख रुपैयाँ पाउनेछन् । प्रक्रिया  पूरा गरेका सिन्धुली, मकवानपुर र गोरखाका भूकम्प प्रभावितलाई दोस्रो किस्ता वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको स्थानीय विकास मन्त्रालय अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका उपनिर्देशक नारायण श्रेष्ठले बताउनुयो । प्रक्रिया पूरा गरेका भू...

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया