MENU

Nepal Earthquake 2072

  • रसुवामा ५१६ भूकम्प प्रभावितमध्ये २१३ ले मात्र मापदण्ड पूरा गरे

    रसुवा, चैत ५ – रसुवामा अनुदान पाउन छानिएर पहिलो किस्ता पाएका भूकम्पप्रभावित मध्ये दोस्रो किस्ताका लागि २ सय १३ घरधनीको नाम सिफारिस गरिएको छ ।

  • जिविसको खातामा थन्कियो दुई अर्ब तर भूकम्पपीडितले दोस्रो किस्ता पाएनन्

    गएको वर्ष वैैशाख १२ गतेको भूकम्पका कारण ब्यक्तिगत आवास भत्किएकाहरुले सरकारले दिने दोस्रो किस्ता पाउन सकेका छैनन् । भूकम्प गएको २२ महिना बित्न लाग्दा समेत भूकम्पपीडितहरुले राहतको दोस्रो किस्ताको अनुदान रकम पाउन नसकेका हुन् ।

  • गोरखामा यसरी आयो नक्कली भूकम्प गोरखामा यसरी आयो नक्कली भूकम्प

    मंगलबार मध्यदिनमा गोरखा सदरमुकामको हरमटारी रंगशालामा एक्कासी मान्छेहरु गुहार माग्दै चिच्याएको आवाज सुनियो । मान्छेहरु रोएको, चिच्याएको, गुहार मागेको र भूकम्प आयो भनेर कराएको सुनेपछि वरपरका बासिन्दा साँच्चैको भूकम्प आएको हो कि भनेर अलमलमा परे ।

  • ४५ मिनेट भित्र रामेछापमा दुई पटक भूकम्प, काठमाडौंमा पनि धक्का

    काठमाडौं फागुन १६ – रामेछापमा सोमबार बिहान ४५ मिनेट भित्र दुई पटक भूकम्प गएको छ ।

  • रामेछापमा ४.६ रेक्टरको परकम्प, काठमाडौंमा पनि धक्का

    काठमाडौं, फागुन १६ – रामेछाप केन्द्रविन्दु भएर ४.६ रेक्टर स्केलको परकम्प गएको छ । परकम्पको धक्का काठमाडौं उपत्यकासहित रामेछाप, सोलुखुम्बु, ओखलढुंगा, सिन्धुली, दोलखा, काभ्रे, सिन्धुपाल्चोक लगायतको क्षेत्रमा महसुस गरिएको थियो ।

  • अलपत्र रानीपोखरी पुनर्निर्माण चाँडै सुरुहुन्छ : पुरातत्व विभाग अलपत्र रानीपोखरी पुनर्निर्माण चाँडै सुरुहुन्छ : पुरातत्व विभाग

    २०७२ साल वैशाख १२ गते आएको महाभुकम्पले क्षति पु¥याएको रानीपोखरी भित्रको बालगोपालेश्वर मन्दिर निर्माणका लागि राष्ट्रिय भूकम्प सुरक्ष दिवसको अवसर २०७२ साल माघ दुई गते राष्ट्रपति विद्या भण्डारीले उद्घाटन गर्नुभएको थियो ।

  • भूकम्पपीडित रामप्यारीको प्रश्न, टहराको बास कहिलेसम्म ? भूकम्पपीडित रामप्यारीको प्रश्न, टहराको बास कहिलेसम्म ?

    काभ्रे, फागुन ११ – महादेवस्थान नगरपालिका-७ कुन्ताका रामप्यारी राई दनुवारले भूकम्पपछि ऋण गरेर श्रीमानको मुटुको शल्यक्रिया गराउनुभयो । भूकम्पबाट घाइते सासूको उपचार जारी छ ।

  • घर बनाइसकेका भूकम्पपीडितलाई तीन लाख एकैपटक दिइने

    काठमाडौं, फागुन ६ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले पुनर्निर्माण गरिसकेका घरधनीलाई आयोजना कार्यान्वयन एकाई वा प्राधिकरणबाट खटिएका प्राविधिकको सुपरिवेक्षणमा अनुदान वापतको तीन लाख रुपैयाँ एकैपटक भुक्तानी गर्न निर्देशन दिएको छ ।

  • भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनर्निर्माण

    सरकारले भूकम्पबाट क्षति भएका एक हजार ४९ विद्यालयको पुनर्निर्माण गरेको छ । १४ जिल्लामा भूकम्पबाट भत्किएका सात हजार ९ सय २३ विद्यालयमध्ये एक हजार ४९ विद्यालयमा पुनर्निर्माण गरिएको शिक्षा मन्त्रालयका सहसचिव एमनारायण श्रेष्ठले जानकारी गराउनुभयो ।

  • ​रसुवामा ४५८ जनालाई सीपमुलक तालिम

    रसुवा, फागुन ५ – घरेलु तथा साना उद्योग विकास समिति रसुवाले रसुवाका ४ सय भन्दा बढीलाई सीपमुलक तालिम दिएको छ ।

  • रसुवामा ६ वटा भूकम्प प्रतिरोधी पानीघट्ट निर्माण

    रसुवा, फागुन २ – रसुवाका गाविसमा ६ वटा भूकम्प प्रतिरोधी पानीघट्ट निर्माण गरिएको छ । स्याफ्रु गाविसको ठूलोस्याफ्रु, ब्राबल र सानोभाखु तथा धुन्चे गाविसको घट्टखोला, सोले र नागुङ क्षेत्रमा झण्डै २१ लाखको लागतमा ६ वटा भूकम्प प्रतिरोधी पानीघट्ट बनाइएको हो ।

  • भत्किएको भवन निर्माण नहुँदा चउरमा पढाई

    खोटाङ, फागुन १ – खोटाङमा दलीय भागवण्डामा भवन निर्माणका लागि रकम वितरण गर्ने परिपाटीका कारण भूकम्पले क्षतिग्रस्त विद्यालय भवन बनाउनका लागि रकम पाउनबाट वञ्चित भएका छन् ।

  • बस्न योग्य घर भएकाले अनुदान रकम लिए कारबाही हुने

    काठमाडौं, माघ २७ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले घर बस्न योग्य नै भएका र अन्यत्र पनि घर भएकाले अनुदान रकम लिएको भए तत्काल फिर्ता गर्न आग्रह गरेको छ ।

  • दोलखामा बिहानै परकम्प

    काठमाडौं, माघ २६ – दोलखामा ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको छ । बुधबार बिहान ५ बजेर २३ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • सुदूरपश्चिममा भूकम्पको धक्का महशुस

    बैतडी, माघ २५ – बैतडीसहित सुदूरपश्चिमका जिल्लामा भूकम्पको धक्का महशुस भएको छ । भारतको उत्तराखण्डमा गएको भूकम्पको धक्का नेपालमा पनि महशुस भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्रमुख रत्नमणि गुप्ताले बताउनुभयो ।

  • ‘त्रासै त्रासमा कसरी बस्ने ?’ ‘त्रासै त्रासमा कसरी बस्ने ?’

    भूकम्पले चिरा चिरा पारेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको भवन र अधिकृत आवाश पुनर्निर्माण हुन सकेको छैन । कार्यालय तथा आबाश भवन पुनर्निर्माण नहुँदा जीर्ण भवनमा कार्यालय संचालन गरिएको छ । यस्तै आधा भत्किएका भवनमा प्रहरी अधिकृत आवाश छ ।

  • विपद पनि अवसर र विकास बन्न सक्छ विपद पनि अवसर र विकास बन्न सक्छ

    भनिन्छ खुशीको महत्व दुःख भोगेकाले बुझ्छन्, पानीको महत्व खडेरीमा खड्किन्छ र केही बन्नु पहिले बिग्रन जरुरी हुन्छ । झट्ट सुन्दा फगत सिद्धान्त लाग्ने यी कुराको तात्पर्य माघ २ गतेदेखि ११ गतेसम्म राजधानी टोक्यो लगाएत जापानका केही ठाउँको भ्रमणपछि मलाई अझै बढी महत्वपूर्ण लाग्यो ।

  • घर बनाउने समय सीमा तोकिँदै, अनुदान लिने तर घर नबनाउनेलाई कारवाही घर बनाउने समय सीमा तोकिँदै, अनुदान लिने तर घर नबनाउनेलाई कारवाही

    भूकम्पले भत्केका घर बनाउने काम धमाधम हुनुपर्ने बेला पनि अपेक्षा अनुसार घर बन्न सकेका छैनन् । पुनर्निर्माणका लागि सरकारले वितरण गरेको अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ बुझेर पनि धेरै प्रभावितले घर बनाएका छैनन् ।

  • दोस्रो किस्ता अनुदानका लागि १२ अर्ब निकासा

    काठमाडौं, माघ १३ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प अति प्रभावित १४ जिल्लामा आवास अनुदानको दोस्रो किस्ताका लागि ११ अर्ब ७५ करोड ५० लाख रुपैयाँ वितरण गर्न अख्तियारी दिएको छ ।

  • एकीकृत बस्ती निर्माणको शुभारम्भ

    काठमाडौं, माघ ८ – गोरखाको बगुवा–४ लामाचौरमा एकीकृत बस्ती निर्माणको शुभारम्भ गरिएको छ । ‘मिलन बस्ती, एकीकृत बस्ती’को शुक्रबार एक कार्यक्रमका बीच सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले शिलान्यास गर्नुभयो । यो एकीकृत बस्तीमा बगुवा गाविसका चार गाउँलाई स्थानान्तरण गरिने छ ।

  • भूकम्प प्रभावितले आजदेखि दोस्रो किस्ताको अनुदान पाउने

    काठमाडौं, माघ ५ – भूकम्प प्रभावितले बुधबारदेखि दोस्रो किस्ताको अनुदान रकम पाउने भएका छन् । पहिलो किस्तामा ५० हजार अनुदान लिएर घरको जग निर्माण सकेर प्राविधिक जाँच पास गराएकाहरुले दोस्रो किस्ताको रकम डेढ लाख रुपैयाँ पाउनेछन् । प्रक्रिया  पूरा गरेका सिन्धुली, मकवानपुर र गोरखाका भूकम्प प्रभावितलाई दोस्रो किस्ता वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको स्थानीय विकास मन्त्रालय अन्तरगतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइका उपनिर्देशक नारायण श्रेष्ठले बताउनुयो । प्रक्रिया पूरा गरेका भू...

  • विभागले बालगोपालेश्वर मन्दिर पुनर्निर्माण गर्ने

    काठमाडौं, माघ ४ – पुरातत्व विभागले रानीपोखरी बिचको बालगोपालेश्वर (जमलेश्वर) मन्दिर पुनर्निर्माण गर्ने भएको छ । प्राचीन महत्व बोकेको सम्पदालाई पुरानो स्वरुप कायम हुने गरी भूकम्प प्रतिरोधी बनाइनेछ ।

  • शंखरापुरका बासिन्दाले कार्यवाहक प्रधानमन्त्री निधिलाई भने : हाम्रो इतिहास नमेटाइयोस् शंखरापुरका बासिन्दाले कार्यवाहक प्रधानमन्त्री निधिलाई भने : हाम्रो इतिहास नमेटाइयोस्

    साँखु, माघ ३ – काठमाडौंको शंखरापुर नगरपालिकाका बासिन्दाले स्थानीय तहको पुनर्संरचनाको कार्यान्वयन गर्दा आफ्नो पहिचान नमेटाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।

  • भूकम्प सुरक्षा दिवस मनाईंदै तर, पुनर्निर्माणको काम सुस्त भूकम्प सुरक्षा दिवस मनाईंदै तर, पुनर्निर्माणको काम सुस्त

    आइतबार माघ २ गते । ‘भूकम्पीय सुरक्षाको बलियो आधार, भुइँचालो थेग्ने घर र भौतिक पूर्वाधार’ भन्ने नाराका साथ १९ औँ भूकम्प सुरक्षा दिवस मनाईंदैछ ।

  • हेलिकोप्टर विवादले रोकिएको अनुदान वितरण हुने, चर्चामा फेरि हेलिकोप्टर

    ओखलढुंगा, पुस २९ – हेलिकोप्टर विवादले स्थगित भूकम्पप्रभावितलाई अनुदान वितरण गर्न सुरु गरिएको शिविर पुनः संचालन हुने भएको छ । भूकम्पप्रभावितसँगै रकम असुलेर हेलिकोप्टर चार्टर गरेको विषयको समाचार आएपछि चर्को विवाद भएर शिविर स्थगित भएको थियो ।

  • भूकम्पप्रभावितका गुनासा तत्काल समाधान गर्न निर्देशन

    काठमाडौं, पुस २८ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पप्रभावितका गुनासा तत्कालै समाधान गर्न संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तरगतको केन्द्रिय आयोजना कार्यान्वयन इकाईलाई निर्देशन दिएको छ ।

  • प्राधिकरण प्रमुख ज्ञवालीलाई हटाउने/नहटाउने निर्णय आज प्राधिकरण प्रमुख ज्ञवालीलाई हटाउने/नहटाउने निर्णय आज

    काठमाडौं, पुस २७ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको बारेमा सरकारले बुधबार निर्णय गर्दैछ । बुधबार बस्ने मन्त्रिपरिषद बैठकले उहाँलाई हटाउने, नहटाउनेबारे निर्णय गर्नेछ ।

  • सिइओ ज्ञवालीको दोस्रो स्पष्टीकरण – ‘मलाइ हटाउन सरकारसँग आधार छैन’ सिइओ ज्ञवालीको दोस्रो स्पष्टीकरण – ‘मलाइ हटाउन सरकारसँग आधार छैन’

    काठमाडौं, पुस २४– ​ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओे) सुशील ज्ञवालीले सरकारको मागबमोजिम दोस्रोपटक स्पष्टीकरण बुझाउनुभएको छ ।

  • पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई सरकारले हटायो पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतलाई सरकारले हटायो

    काठमाडौं, पुस २१ – सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बिहान बसेको मन्त्रीपरिषद बैठकले ज्ञवालीलाई बर्खास्त गर्ने निर्णय हो ।

  • बाजुरामा भूकम्प

    काठमाडौं, पुस २० – बाजुरामा मध्य रातमा भूकम्प गएको छ । राति १२ बजेर २६ मिनेटमा बाजुरा केन्द्रविन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • २०७७ को असारभित्र धरहराको पुनर्निर्माण सक्ने सरकारी योजना

    काठमाडौं, पुस १२ – सरकारले धरहरा पुनर्निर्माण २०७७ असारभित्र सक्ने गरी काम थालेको जनाएको छ । पुसभित्रमा धरहरा पुनर्निर्माणको डिजाइन र पुनर्निर्माणका लागि नेपाल टेलिकमसँग सम्झौता गर्ने काम सकिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

  • रसुवाको १३ गाविसमा भौगर्भिक अध्ययन सुरु

    रसुवा, पुस ११ – रसुवामा सोमबारदेखि भौगर्भिक अध्ययन सुरु भएको छ । भूकम्प गएको २० महिनापछि जिल्लाको १३ वटा गाविसमा अध्ययन सुरु गरिएको हो ।

  • रातैभरि हल्ली र खल्ली, भूकम्पले पार्दियो बिचल्ली रातैभरि हल्ली र खल्ली, भूकम्पले पार्दियो बिचल्ली

    सारङ्गीले सामान्यतया विरहका धुन निकाल्छ । अनि त्यही धुनमा गाइने दाइहरु आफ्नो श्वर भर्छन् । जसभित्र सुख, ख्यालठट्टा र हासिमजाकका कम तर दुःख बेदना र सन्देशका भाव धेरै हुन्छन् ।

  • पुनर्निर्माणमा खटिएका प्राविधिक र इन्जिनियरको सामूहिक राजीनामा दिने तयारी

    काठमाडौं, पुस ५ – पुनर्निर्माणमा खटिएका धेरैजसो प्राविधिक र इन्जिनियरले सामूहिक राजीनामा दिने तयारी गरेका छन् । यसअघि नै काम रोकेका उनीहरुले मंगलबार शहरी विकास मन्त्रालयमा राजीनामा बुझाउने तयारी गरेका हुन् । पुनर्निर्माणमा सरकारले खटाएका २५ सय ७१ जना इन्जिनियर र प्राविधिकमध्ये झण्डै ७० प्रतिशतले हस्ताक्षर गरेर शहरी विकास मन्त्रालय अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाइमा बुझाउन लागेको गोर्खामा खटिएका इन्जिनियर संजीव अमगाईले जानकारी दिनुभयो । भत्ता र बीमासहित सेवा सुविधा बढाउनपर्ने,...

  • भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षण सुरु

    काठमाडौं, पुस २ – भूकम्प प्रभावित १७ जिल्लामा सर्वेक्षणको प्रक्रिया सुरु भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

  • भूकम्प अतिप्रभावित १४ जिल्लामा खटिएका प्राविधिकले काम रोके, प्रभावित मर्कामा

    काठमाडौं, मंसिर २८ – सम्झौता भए अनुसार सेवासुविधा नपाएको भन्दै भूकम्प अतिप्रभावित १४ जिल्लाका प्राविधिकले काम रोकेका छन् ।

  • ओखलढुंगामा अनुदान वितरण अन्यौलमा

    शिव ढुंगाना/उज्यालो । ओखलढुंगा, मंसिर २७ – भूकम्प प्रभावितसँग रकम असुलेर ओखलढुंगामा अनुदान वितरण शिविर सञ्चालन गर्न हेलिकप्टर प्रयोग गरेको विषयमा तीव्र विवाद भएपछि स्थागित शिविर सञ्चालन हुने नहुनेमा अन्यौल बढेको छ ।

  • प्राविधिक आन्दोलनमा, पुनर्निर्माणको काम ठप्प

    रामेछाप, मंसिर २२ – आफ्ना माग पूरा नभएको भन्दै रामेछापमा पुनर्निर्माणमा खटिएका प्राविधिक बुभबारदेखि कामकाज ठप्प पारेर आन्दोलनमा उत्रिएका छन् ।

  • २० महिनापछि झण्डै १६ हजार घर बन्दै

    काठमाडौं, मंसिर १६ – भूकम्प गएको २० महिनापछि बल्ल १६ हजार घर बन्ने चरणमा छन् । अनुदान रकम नकुरेर बनेका घर बाहेक पहिलो किस्ताको अनुदान लिएका झण्डै १६ हजार प्रभावितले घर बनाउन सुरु गरेका हुन् ।

  • आफूखुसी टहरा नबनाउन विस्थापितलाई प्रशासनको आग्रह आफूखुसी टहरा नबनाउन विस्थापितलाई प्रशासनको आग्रह

    रसुवा मंसिर १५ – रसुवाको हाकुबाट विस्थापित भएर नौविसेस्थित व्यक्तिगत जग्गामा बसिरहेकालाई आफूखुसी अस्थायी टहरा नबनाउन जिल्ला प्रशासन कार्यालय रसुवाले आग्रह गरेको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • मलेसियाका ५२ सहित ६२ वटा कम्पनीमा नेपाली कामदार नपठाउने निर्णय धेरै राम्रो लागेको छ । मलेसियाका कम्पनीले कामदारमाथि गर्ने दुव्र्यवहार र हेलचेक्र्याईले धेरै नेपालीको ज्यान गएको छ । उनीहरुको यस्तो मनोमानीका बारेमा सरकारले बेलैमा ध्यान दिन जरुरी छ ।

    ​बालाराम बि.क.
  • उम्मेदवार छान्ने विषयमा विवाद हुँदा सिरहा कांग्रेस कार्यकर्ताबिच कुटाकुट हुँदा १० जना घाइते भएको खबरले कांग्रेस गुटैगुट भएको पार्टी हो भन्ने पुष्टि गर्छ । पार्टी सभापति शेरबहादुर देउवाको गुट, रामचन्द्र पौडेल पक्षको गुट, भ्रष्टाचार गरेर जेल बसिसकेका खुमबहादुर खड्काको गुट । हिजो अस्ति गुट मात्रै भन्थे आज त गुटको झगडा नै भएछ ।

    सौहार्द
  • निर्वाचनमा सत्ता दुरुपयोग कसरी हुन्छ भन्ने कुरा पछिल्लो पटक भरतपुर १९ को सन्दर्भमा विकसित घटनाक्रमले प्रष्ट पारेको छ ।

    ​जयकृष्ण दुलाल
सबै हेर्नुहोस

सोसल मिडिया