MENU

Nepal Earthquake 2072

  • हाकुका गुठी पीडितले लालपुर्जा पाउने

    रसुवा, मंसिर २ – रसुवाको हाकुका ४ सय ४१ भूकम्प प्रभावितले लालपुर्जा पाउने भएका छन् । मंगलबार र बुधबार गुठी संस्थानको केन्द्रिय कार्यालयमा भएको छलफलपछि गुठी संस्थान जग्गाधनी पुर्जा दिन सहमत भएको हो ।

  • ​देवलका काठ हराए

    काठमाडौं, मंसिर २ – काठमाडौंको जोशीदेवलको भग्नावशेषबाट धेरै काठ हराएका छन् । पुनर्निर्माणका लागि पुगेका पुरातत्व विभागका पदाधिकारीले देवलका काठ हराएको पाएका हुन् ।

  • पहिलो किस्ता पाएका प्रभावितले पनि घर बनाउने सुरसार गरेनन्

    हिमनाथ देवकोटा/उज्यालो । रसुवा, कात्तिक २८ – रसुवाको स्याफ्रु–६ ठूलोभार्खुका ठोवाङ घलेले भूकम्पका कारण भताभूङ्ग भएको घर बनाउन अनुदानको पहिलो किस्ता ५० हजार रुपैयाँ बुझेको झण्डै डेढ महिना भयो ।

  • किन सुरु हुन सकेन धरहरा पुनर्निर्माणको काम ? किन सुरु हुन सकेन धरहरा पुनर्निर्माणको काम ?

    पोहोरसालको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणको लागि धेरैपटक धेरै सम्झौता र तयारी भए पनि अहिलेसम्म पुनर्निर्माणको काम सुरु हुन सकेको छैन् ।

  • पहिलो किस्ताको अनुदान नपाँउदै घडेरी सम्याउन थाले भूकम्प प्रभावितले

    रसुवा, कात्तिक २३ – रसुवाको धैबुङका भूकम्प प्रभावितले पहिलो किस्ताको अनुदान नपाए पनि घर निर्माणका लागि घडेरी सम्याउन थालेका छन् ।

  • धरहरा पुनर्निर्माणका लागि सेनाले दियो ६ करोड १७ लाख धरहरा पुनर्निर्माणका लागि सेनाले दियो ६ करोड १७ लाख

    काठमाडौं, कात्तिक २२ – भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणका लागि नेपाली सेनाले आफ्नो तर्फबाट सरकारलाई रकम दिएको छ । नेपाली सेनाले सोमबार विशेष कार्यक्रम गरेर प्रधानमन्त्री पुष्पकमल दाहालमार्फत धरहरा पुनर्निर्माण कोषमा ६ करोड १७ लाख १३ हजार सात ८३ रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।

  • विस्थापित गाउँ फर्कन थाले

    रसुवा, कात्तिक २१ – भूकम्पको कारण विस्थापित भएर जिल्लाको विभिन्न ठाउँमा बसेका हाकुका विस्थापितहरू गाउँ फर्कन सुरू गरेका छन् ।

  • भूकम्प प्रभावितको गुनासो ‘हामी कुन जग्गाको प्रमाण राखेर राहत लिने ?’

    भक्तपुर सूर्यविनायक नगरपालिका–१३ चित्तपोलका रामकुमार नगरकोटीको घर भूकम्पले भत्काएपछि रातो कार्ड पाएर अहिले अनुदान सम्झौताको विवरणमा समेत उहाँको नाम समावेश छ ।

  • दुर्गममा स्वास्थ्य चौकी र विद्यालय भवन बने

    गोरखा, कात्तिक १७ – चीनको तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको छेकम्पार गाविसमा स्वास्थ्य चौकी भवन र विद्यालय भवनको पुनर्निर्माण गरिएको छ । छेकम्पार बर्थिङ सेन्टर र बुद्ध प्राथमिक विद्यालयको भवन भूकम्प प्रतिरोधी निर्माण गरिएको हो ।

  • अमेरिकामा कागजपत्र बिना बस्दै आएका नेपालीलाई फेरि अवसर

    अमेरिका, कात्तिक ११ – अमेरिकामा कागजपत्र बिनै बस्दै आएका नेपालीका लागि यहाँको सरकारले टेम्पोररी प्रोटेक्टेड स्टाटस (टिपिएस) म्याद डेढ वर्ष थप गरेको छ । २०७२ साल वैशाख १२ गतेको भूकम्पले नेपाललाई परेको असरलाई मध्यनजर गर्दै सन् २०१५ को जुन २४ तारिखभन्दा अघि अमेरिका छिरेर काजगपत्र बिनै बस्दै आएका नेपालीका लागि अमेरिकाले डेढ वर्षका लागि टिपिएस सुविधा दिएको थियो । यो म्याद आगामी डिसेम्बर २१ तारिखसम्मका लागि थियो । टिपिएसको म्याद थपिएसँगै अब कागज पत्र नभएका नेपालीले सन् २०१८ को जुन २४ सम्म अमेर...

  • धुर्मुस–सुन्तलीले गिरानचौर नमूना बस्ती शुक्रबार भूकम्प प्रभावितलाई हस्तान्तरण गर्ने

    काठमाडौं, कात्तिक १० – कलाकार धुर्मुस–सुन्तलीले सिन्धुपाल्चोकको गिरानचौरमा बनाएको नमूना बस्ती शुक्रबार भूकम्प प्रभावितलाई हस्तान्तरण गर्ने भएका छन् ।

  • काठमाडौं उपत्यकामा अनुदान सम्झौता आजदेखि

    काठमाडौं, कात्तिक ८ – काठमाडौं उपत्यकाका भूकम्प प्रभावितलाई पुनर्निर्माणका लागि अनुदान वितरण गर्न सोमबारदेखि अनुदान सम्झौता सुरु हुने भएको छ ।

  • वर्षदिनमा तीनवटा कक्षाको पाठ, रनभुल्ल विद्यार्थी वर्षदिनमा तीनवटा कक्षाको पाठ, रनभुल्ल विद्यार्थी

    भूकम्पले विद्यालय भत्कियो । एक महिनासम्म विद्यालय नै खुलेन । त्यसपछि पनि सबै कक्षाका विद्यार्थी एकै ठाउँमा भए । विद्यालय आएपनि पढ्ने ठाउँ थिएन । शिक्षकले खुला चौरमा राखेर विद्यार्थीलाई भूकम्पबारे जानकारी दिने र सान्त्वना दिने गर्न थाले ।

  • भूकम्प प्रभावितका नाममा गैरसरकारी संस्थाले गरे एक वर्षमा चार अर्ब खर्च

    किरण लोहनी/उज्यालो । गोरखा, कात्तिक ३ – गोरखामा भूकम्प प्रभावितको नाममा गैरसरकारी क्षेत्रबाट एक वर्षमा ४ अर्ब भन्दा बढी रकम खर्च भएको देखिएको छ । गएको आर्थिक वर्ष २०७२/०७३ को एक वर्षको अवधीमा ४ अर्ब ७ करोड ५४ लाख २३ हजार एक सय ५२ रुपैयाँ खर्च भएको देखिएको हो ।

  • भूकम्प प्रभावितलाई घर बनाउने काठ दिन सरकारले काम थाल्यो

    काठमाडौं, कात्तिक २ – सरकारले भूकम्प प्रभावितलाई घर बनाउन काठ उपलब्ध गराउनका लागि काम सुरु गरेको छ ।

  • सुदूरपश्चिममा भूकम्पको धक्का

    काठमाडौं, कात्तिक १ – सुदूरपश्चिममा भूकम्पको धक्का महशुस गरिएको छ । सीमा पारी भारतमा सोमबार बिहान सवा ६ बजे ४ रेक्टर स्केलको भूकम्प गएको र त्यसकै धक्का सुदूरपश्चिममा महशुस भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • दसैँको दिन दोलखमा ४.६ रेक्टरको परकम्प

    काठमाडौं, असोज २५ – दोलखा केन्द्रविन्दु भएर मंगलबार दिउँसो परकम्प गएको छ । दिउँसो १२ बजेर ५३ मिनेट जाँदा दोलखा केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • धुर्मुसले माफी माग्दै भने–लक्ष्य अनुसार काम पूरा गर्न सकेनौँ (भिडियोसहित) धुर्मुसले माफी माग्दै भने–लक्ष्य अनुसार काम पूरा गर्न सकेनौँ (भिडियोसहित)

    काठमाडौं, असोज १५ – कलाकार सीताराम कट्टेल धुर्मुसले सिन्धुपाल्चोकमा निर्माण भइरहेको गिरान्चौर एकीकृत बस्ती पूर्व निर्धारीत समयमा सम्पन्न गर्न नसकेको भन्दै माफी मागेका छन् ।

  • गोरखाको उत्तरी क्षेत्रमा खाद्यन्न संकट

    किरण लोहनी/उज्यालो । गोरखा, असोज १० – मनासलु पदमार्ग अवरुद्ध भएपछि गोरखाको उत्तरी क्षेत्रका गाविसमा खाद्यान्नको अभाव भएको छ । गएको वर्षको भूकम्पका कारण अवरुद्ध पैदलमार्ग मर्मत हुन नसक्दा त्यस क्षेत्रमा खाद्यान्न ढुवानी हुन नसकेको हो ।

  • विपद व्यवस्थापनका लागि राष्ट्रिय क्षमता बढाउन आवश्यक

    काठमाडौं, असोज ८ – भूकम्प लगायत प्राकृतिक प्रकोपका घटनापछिको व्यवस्थापनका लागि बनाइएको विधि र प्रक्रियालाई सही रुपले कार्यान्वयन गर्न राष्ट्रिय क्षमता बढाउनुपर्ने निष्कर्ष निकालिएको छ ।

  • भूकम्प प्रभावितसँग सम्झौता गर्न केही ठाउँमा प्राविधिक समस्या

    काठमाडौं, असोज ६ – कागजपत्र तथा प्राविधिक कारणले भूकम्प प्रभावित केही ठाउँमा तोकिएको समयमा अनुदान सम्झौता हुन नसेकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

  • भूकम्पको अनुदान रक्सीमै स्वाहा

    शिव ढुंगाना/उज्यालो । ओखलढुंगा, असोज ३ – ओखलढुंगामा १५ दिन यता सदरमुकाम ओखलढुंगाका होटल र पसल खचाखच भरिएका छन् । धेरैजसो लाभग्राही साथी वा परिवारका सदस्यसहित अनुदान लिन एक हप्तादेखि सदरमुकाममै बसेका छन् । बजारमै अहिले सबैभन्दा धेरै जाँडरक्सीको कारोबार भएको होटल व्यवसायीले बताएका छन् ।

  • सिन्धुपाल्चोकमा राति ४.६ रेक्टरको परकम्प

    काठमाडौं, असोज ३ – सिन्धुपाल्चोक केन्द्रविन्दु भएर आइतबार राति ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको छ ।

  • रसुवाका ८१९ घरधनीसँग तत्काल सम्झौता नहुने

    रसुवा, भदौ २८ – रसुवाका ८ सय १९ भूकम्प प्रभावितसँग तत्काल अनुदान सम्झौता नहुने भएको छ । जोखिममा परेका गाउँमा तत्काल अनुदान सम्झौता नगर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पत्र पठाएपछि अनुदान सम्झौता रोकिएको हो ।

  • अनुदान सम्झौताको काम नै सुरु भएन

    धादिङ, भदौ २८ – सरकारले ४५ दिनभित्र पहिलो किस्ताको रकम भूकम्प प्रभावितलाई दिने घोषणा गरे पनि धादिङको एक गाविसमा अनुदान सम्झौताको काम पनि भएको छैन ।

  • लाभग्राहीलाई अनुदान पाउन सास्ती, गुनासो व्यवस्थापनको काम आजदेखि सुरू

    भूकम्पले घर क्षति भएर अनुदान पाउन छानिएका रसुवाका लाभग्राहीका लागि पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ निकासा हुन थालेको छ । रसुवाका अनुदान पाउन योग्य घरधनीमध्ये ७५ प्रतिशत घरधनीसँग अनुदान सम्झौता भइसकेको छ ।

  • अनुदानमा पाएको पैसा सकिन लाग्यो, कसरी बनाउने घर ? अनुदानमा पाएको पैसा सकिन लाग्यो, कसरी बनाउने घर ?

    धादिङको दार्खा गाविसका चन्द्रमान तामाङ अनुदानको रकम लिन सदरमुकाम आउनुभयो । तर सदरमुकाम धादिङ बजराबाट घर फर्किने बेला उहाँले अनुदान स्वरुप लिएको पहिलो किस्तानको ५० हजारमा १५ हजार खर्च भइसक्यो ।

  • गोरखामा प्रक्रिया पूरा गरेका सबै प्रभावितको खातामा राहत रकम

    किरण लोहनी/उज्यालो । गोरखा, भदौ २१ – गोरखाका सबै भूकम्प प्रभावितको खातामा पहिलो किस्ताको अनुदान रकम पुगेको छ । लाभग्राहीको सूचीमा परेका मध्ये प्रक्रिया पूरा भएका सबै प्रभावितको खातामा पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ जम्मा गरिएको जिल्ला विकास समितिले जनाएको छ ।

  • बिहानै दुई पटक हल्लियो दोलखा

    काठमाडौं, भदौ २० – दोलखा केन्द्रविन्दु भएर दुई वटा परकम्प गएको छ । सोमबार बिहान ६ बजेर २२ मिनेटमा ४ दशमलव १ तथा ७ बजेर ४९ मिनेटमा ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • भूकम्प प्रभावितलाई अनुदान : कुन जिल्लामा कति सम्झौता ?

    काठमाडौं, भदौ २० – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चार लाख ११ हजार दुई सय एक भूकम्प पीडितसँग पहिलो किस्ताको अनुदान दिने सम्झौता भएको जनाएको छ ।

  • गाविस सचिव नहुँदा पनि भूकम्प पीडितले अनुदान पाउने

    काठमाडौं, भदौ १५ – पुनर्निर्माणको कामलाई छिटो छरितो गर्न सरकारले गाविस सचिवको अनुपस्थितिमा पनि अनुदान सम्झौता गर्ने भएको छ ।

  • दसैँका लागि खाद्यान्न वितरण गर्न जलविद्युत आयोजनासँग गाउँलेको आग्रह

    रसुवा, भदौ १५ – रसुवाको हाकुमा निर्माणाधिन माथिल्लो त्रिसुली ए जलविद्युत आयोजनासँग हाकुमा क्रियाशिल विभिन्न राजनीतिक दलले दसैँका लागि खाद्यान्न वितरण गर्न आग्रह गरेका छन् ।

  • धुर्मुस सुन्तलीको आग्रह–एकघण्टा भएपनि श्रमदान गर्न आउनुहोस् धुर्मुस सुन्तलीको आग्रह–एकघण्टा भएपनि श्रमदान गर्न आउनुहोस्

    काठमाडौं, भदौ १३ – धुर्मुस सुन्तली फाउण्डेशनले नमूना वस्ती निर्माणमा सहयोग गर्न इच्छुकलाई श्रमदान गर्न आग्रह गरेको छ । पूर्व निर्धारित समयमा बस्ती निर्माण गरी भूकम्प पीडितलाई हस्तान्तरण गर्न फाउण्डेशनले श्रमदानको लागि सहयोग गर्न आग्रह गरेको हो ।

  • रसुवामा ६० प्रतिशत लाभग्राहीसँग अनुदान सम्झौता

    रसुवा, भदौ ११ – भूकम्पले क्षति भएका घर पुनर्निर्माणका लागि रसुवामा ६० प्रतिशत भूकम्प प्रभावितसँग अनुदान सम्झौता भएको छ । जिल्ला विकास समिति रसुवाका अनुसार जिल्लामा अनुदान पाउन छानिएका ११ हजार २ सय २९ घरधनीमध्ये ६ हजार ६ सय ७६ घरधनीसँग अनुदान सम्झौता भएको हो ।

  • ट्याक्सी दर्ताको गोलाप्रथा दुई महिनापछि

    काठमाडौं, भदौ ९ – भूकम्प अतिप्रभावित १४ जिल्लाका पीडितलाई ट्याक्सी दर्ता नम्बर उपलब्ध गराउन दुई महिनापछि गोलाप्रथा हुने भएको छ ।

  • देवीदेवताकै बास मिलाउन गाह्रो (अडियो रिपोर्टसहित) देवीदेवताकै बास मिलाउन गाह्रो (अडियो रिपोर्टसहित)

    पोहोर वैशाखमा गएको भूकम्पले मानिसका मात्रै हैन देवी देवताकै बास पनि ढलेको छ । त्यतिबेला नढलेका तर धराप बनेका मन्दिर तथा सम्पदालाई अहिले पनि टेको लगाएर राखिएको छ । टेकोको भरमा अडिएका सम्पदा पनि कतिबेला ढल्ने हुन् भन्ने त्रास छ । तर पनि ती सम्पदा बनाउने सुरसार अझै सुरु भएको छैन ।

  • प्रधानमन्त्री प्रचण्डले पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने प्रधानमन्त्री प्रचण्डले पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई दिने

    काठमाडौं, भदौ १ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पहिलो महिनाको तलब धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

  • भूकम्पबाट भत्किएका विद्यालय पुनर्निर्माणमा अलमल

    काठमाडौं, साउन २९ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रकम दिन ढिलाई गर्दा विद्यालय पुनर्निर्माणको काम समयमा सुरु हुन नसकेको शिक्षा मन्त्रालयले जनाएको छ । भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणको लागि दिनुपर्ने बजेट निकासा नहुँदा काममा ढिलाई भएको मन्त्रालयका एक कर्मचारीले बताए ।

  • भूकम्पले भत्काएका विद्यालय पुनर्निमार्ण नहुँदा पठनपाठनमा समस्या

    ओखलढुंगा, साउन २७ – भूकम्पले भत्काएका ओखलढुंगाका विद्यालय भवन पुनर्निर्माण नहुँदा पठन पाठनमा समस्या भएको छ । भूकम्पले क्षति पुगेको एक वर्ष नाघे पनि विद्यालय मर्मत तथा पुनर्निर्माण नहुँदा अहिले पनि त्रिपाल र जस्ताका अस्थायी शिक्षण केन्द्रमा संचालन भइरहेका छन् ।

  • भत्केको स्कुल बनाउन अहिलेसम्म आश्वासन मात्र, सहयोग कहिले ? भत्केको स्कुल बनाउन अहिलेसम्म आश्वासन मात्र, सहयोग कहिले ?

    कुमार रञ्जित/उज्यालो । काठमाडौं, साउन २४ – गएको वर्ष वैशाखमा गएको भूकम्पका कारण गोरखाको एउटा राम्रो मानिएको श्री जनकल्याण उच्च मावि पूर्ण रुपमा ध्वस्त भयो । त्यसको पुनर्निर्माणका लागि विद्यालयका पूर्व प्रधानाध्यापक कृष्णप्रसाद ढकाल अहिले विद्यालय पुनर्निर्माणका लागि सहयोग जुटाउन अहिले काठमाडौंमा हुनुहुन्छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सामुदायिक विद्यालय अगतिलो त होइन तर त्यहाँको प्रशासन, व्यवस्थापन र शिक्षण शैली सुधार हुन नसकेको चाँही हो ।

    ​विकल्प
  • अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण थ्री स्टार क्लबले एएफसी प्ले अफ खेल्न नपाएपछि एन्फाले डेढ करोड रुपैयाँ क्षतिपूर्ति त दियाे तर ‍एन्फाको कमजोरीले नेपाली फुटबललाई पारेको असर पैसामा नाप्न सकिँदैन ।

    मित्रबन्धु ढकाल
  • देशको ४० औं प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना । पालैपालो कुर्सी साट्ने हैन अब देशलाई उज्वल भविष्यतर्फ लैजाने सोच र प्रेरणा मिलोस् ।

    ​विक्रम अर्पण मगर
सबै हेर्नुहोस

सोसल मिडिया