MENU

Nepal Earthquake 2072

  • सिन्धुपाल्चोकमा सयौं नागरिक अलपत्र

    सिन्धुपाल्चोक, वैशाख १९ – भूकम्पले सिन्धुपाल्चोकको बाह्रविसे र कोदारीको विचमा सयौं नागरिक अहिले पनि अलपत्र रहेको खुलेको छ । भूकम्पपछिको अवस्था बुझ्न सिन्धुपाल्चोक पुगेको उज्यालोको मोवाइल टोलीसँग चीनको तिब्बतबाट आएका पैदल यात्रीले आफूहरु ५ सय जना हिँडेकोमा २ सय जना बाटैमा अलपत्र परेको बताएका हुन् ।

  • भूकम्प पीडितलाई महतोको १५ करोड भूकम्प पीडितलाई महतोको १५ करोड

    काठमाडौं, वैशाख १९ – गैरआवासीय नेपाली संघ एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले भूकम्प पीडितलाई १५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । फूलकुमारी महतो मेमोरियल ट्रष्टमार्फत राहत र विद्यालय पुननिर्माणमा सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

  • भूकम्प प्रभावितलाई राहत जुटाउन युवाहरु सक्रिय

    ललितपुर, वैशाख १९ – भूकम्प प्रभावितलाई राहत वितरणका लागि युवाहरु सक्रिय भएका छन् । ललिपुरको झमसिखेलमा युवाहरु जुटेर भूकम्प प्रभावितहरुलाई आश्यक परेका सामाग्रीको संकलन तथा वितरण गर्ने काम गरिरहेका छन् ।

  • भूकम्पले न मन्दिर बाँकी राख्यो न पूजारी

    काठमाडौं, वैशाख १९ – एक हप्ताअघि गएको भुकम्पले धेरैको ज्यान लियो । ज्यान गुउमानेमा भक्तपुरको चाँगुनारायण मन्दिरकी पूजारी लक्ष्मीदेवी कर्माचार्य पनि पर्नुभयो । पूजारीको नै निधन भएपछि मन्दिर बाँकी रहने कुरै भएन ।

  • ‘नौं जनाको उद्धार गरें तर दुई वर्षे भतिजोलाई बचाउन सकिन’ ‘नौं जनाको उद्धार गरें तर दुई वर्षे भतिजोलाई बचाउन सकिन’

    कृष्ण गुरागाईं/उज्यालो । सिन्धुपाल्चोक (फटकशिला), वैशाख १९ – सिन्धुपाल्चोक फटकशिलाको दनुवार बस्तीका सचिनसिं दनुवार आफ्नै घरमा सेफ्टी ट्यांकीको माथिल्लो भागको ढलानका लागि फलामको डण्डी बाँध्दै थिए । बिनासकारी भूकम्प गएको क्षण सम्झदै निक्कै अतालिएर बोलिरहेका सचिन केही गम्भीर बने ।

  • सामान झिक्न घर भित्र जाँदा पुरिएकी महिलाको जीवितै उद्धार सामान झिक्न घर भित्र जाँदा पुरिएकी महिलाको जीवितै उद्धार

    काठमाडौं, वैशाख १९ – भूकम्पले चर्किएको घरमा सामान झिक्नका लागि जाँदा घर भत्किएर पुरिएकी एक महिलाको शनिबार जिवितै उद्धार गरिएको छ ।

  • गोरखा केन्द्र बनाएर अर्को भूकम्प

    काठमाडौं, वैशाख १९ – शनिबार बिहान ११ बजेर २० मिनेट जाँखा पाँच दशमलव एक रेक्टर स्केलको भूकम्प गएको छ । काठमाडौंबाट ९६ किलोमिटर उत्तर–पश्चिम तथा भरतपुरबाट ८४ किलोमिटर उत्तर गोरखालाई केन्द्र बनाएर पाँच दशमलव एक रेक्टरस्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रका प्रमुख सोमनाथ सापकोटाले जानकारी दिनुभयो ।

  • भूकम्प पीडित नेपालीलाई फेसबुकमार्फत सहयोगको ओइरो भूकम्प पीडित नेपालीलाई फेसबुकमार्फत सहयोगको ओइरो

    काठमाडौं, वैशाख १९ – सामाजिक सञ्जाल फेसबुकले गएको शनिबार गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पबाट प्रभावित नेपालीका लागि अहिलेसम्म १० मिलियन अमेरिकी डलर भन्दा बढी अर्थत झण्डै एक अर्ब रुपैयाँ सहयोग जुटाएको छ । अहिलेसम्म विश्वभर रहेका पाँच लाख भन्दाबढी प्रयोगकर्ताले नेपालका भूकम्प प्रभावितलाई सहयोग गरेको फेसबुकले जनाएको छ ।

  • नेपाल कम्पन २०७२ : सहयोगको ओइरो, समन्वयको कमी

    काठमाडौं, वैशाख १७ – नेपाललाई धेरै मित्र राष्ट्रले सहयोग गरिरहेका छन् । केहीको सहयोग आइसक्यो । केही देशको सहयोग आउने क्रम जारी छ । तर यहाँ राहत नपाएर धेरैको विचल्ली छ । विदेशी सहयोगको व्यावस्थापन गतिलोसित हुनसकेको छैन ।

  • प्रधानमन्त्री घाइतेको अवस्था बुझ्न सैनिक अस्पतालमा प्रधानमन्त्री घाइतेको अवस्था बुझ्न सैनिक अस्पतालमा

    काठमाडौं, वैशाख १६ - प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट घाइते भएकाको अवस्था बुझ्न बुधबार छाउनीस्थित बीरेन्द्र सैनिक अस्पताल पुग्नुभएको छ । शनिबार गएको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लामा नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी ल्याएका र अन्य घाइतेमध्ये ३ सय ६३ जनाको उपचार यो अस्पतालमा भइरहेको छ ।

  • आपत् परेको बेला यात्रु ठग्ने ५० वटा भन्दा धेरै गाडी कारवाहीमा आपत् परेको बेला यात्रु ठग्ने ५० वटा भन्दा धेरै गाडी कारवाहीमा

    मोहन पौडेल/उज्यालो । काठमाडौं, वैशाख १६ – ना ४ ख ६६४६, बा १ ज ५७ ४९, ना ३ ख २८ ९४, ना ३ ख २८९४, ना ५ख १४६८, बा २ ख ६८७ ............ कलंकीबाट बाहिरिने यात्रुसँग तोकिएकोभन्दा बढी भाडा लिने गाडी मध्ये केहीको नम्बर हो यो, जुन ट्राफिक प्रहरीको कारवाहीमा परे । आपत्तको मौका छोपेर बढी फाइदा लिने ५० वटा गाडीलाई प्रहरीले जरिवाना तथा कारवाही गरेको छ ।

  • मलेसियाबाट आमाको किरिया गर्न आएका कृष्णकै काजकिरिया मलेसियाबाट आमाको किरिया गर्न आएका कृष्णकै काजकिरिया

    जनार्दन पोखरेल/उज्यालो । महोत्तरी वैशाख १६ – महोत्तरीको बर्दिबास–४ गौरीडाँडाका कृष्णबहादुर कार्की वैदेशिक रोजगारीका लागि तीन वर्षअघि मलेसिया जाँदा धेरै सपना थिए । रहरहरुको चाङ थियो । धेरै रहर मध्ये एउटा अति नै उत्कट ईच्छा थियो उहाँसँग आमा हितमाया कार्कीको बुढेसकाललाई सजिलो बनाउने !

  • बानेश्वरमा घर फर्कनेको थामिनसक्नुको घुईंचो बानेश्वरमा घर फर्कनेको थामिनसक्नुको घुईंचो

    मदन पौड्याल / उज्यालो । काठमाडौं, वैशाख १६ – बिहान ५ बजेदेखि लाइन बस्नुभएकी सीता पौडेल नवलपरासी जाँदै हुनुहुन्छ । हातमा ठूलो झोला छ, काखमा बच्चा समाउनुभएको छ । उहाँलाई जसरी हुन्छ घर पुग्न हतारो छ । उहाँसँगै आफन्तहरु पनि छन् । ‘खाना खाने समय भैसक्यो, अहिलेसम्म पानी पनि पिउन पाइएको छैन’ लामो लाइनको बिचमा उभिनुभएकी पौडेलले गुनासो पोख्नुभयो ।

  • एमालेले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने एमालेले भूकम्प पीडितलाई ५० लाख रुपैयाँ सहयोग गर्ने

    काठमाडौं, वैशाख १६ – भूकम्प पीडितका लागि नेकपा एमालेले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको छ । एमालेद्वारा गठित उद्धार तथा राहत केन्द्रीय समन्वय समितिले केन्द्रीय नेता, सभासद र कार्यालयका कर्मचारीका तर्फबाट एकमुष्ट ५० लाख रुपैयाँ सहयोग गर्ने निर्णय गरेको हो ।

  • आफ्नो दुःख लुकाएर अरुलाई बचाउने एक प्रहरीको पीडा आफ्नो दुःख लुकाएर अरुलाई बचाउने एक प्रहरीको पीडा

    पी.टी.लोप्चन/उज्यालो । काठमाडौं, वैशाख १६ – भूकम्पले घरको जग नै उखेलेपछि बुबा आमा सानो पालको भरमा रात दिन कटाईरहनु भएको छ । भूकम्पले घरको बास खोसेपछि पाखामा पाल टाँगेर बसिरहेका बुबा फोनमा रुँदै भन्नुहुन्छ ‘बाबु घर आइज, हामीलाई बस्ने बन्दोबस्त मिलाईदे ।’

  • घर जान गाडी नपाएपछि बानेश्वरमा चक्काजाम घर जान गाडी नपाएपछि बानेश्वरमा चक्काजाम

    काठमाण्डाै, वैशाख १६ - सरकारले उपलव्ध गराएको निःशुल्क बस अपुग भएपछि यात्रुले चक्काजाम गरेका छन् । भूकम्पका कारण घर फर्कन चाहने यात्रुका लागि सरकारले प्याब्सन र एनप्याब्सनको सहकार्यमा बस चलाउने व्यवस्था गरेको थियो ।

  • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफैं पैसा जम्मा गर्दैछन् कतारका नेपाली

    महेश्वर नेपाल/कतार, बैशाख १६ - यहाँ कार्यरत नेपाली कामदारले नेपालका भूँइचालोपिडितका लागि स्वतःस्फूर्त रुपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पैसा जम्मा गर्न थालेका छन् ।

  • चार दिनपछि जीवितै उद्धार (फोटो फिचर) चार दिनपछि जीवितै उद्धार (फोटो फिचर)

    काठमाडौं, वैशाख १६ – काठमाडौं गोंगबुको सयपत्री गेष्ट हाउसमा पुरिएका अर्घाखाँचीका ऋषि खनाललाई सशस्त्र प्रहरी र फ्रान्सका उद्धारकर्मीले ८२ घण्टापछि जीवितै उद्धार गरेका छन् । २८ वर्षका खनाललाई मंगलबार राति १० घण्टाको प्रयासपछि जीवितै उद्धार गरिएको हो ।

  • भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ५ हजार नाघ्यो (जिल्लागत विवरणसहित)

    काठमाडौं, वैशाख १६ –भूकम्पका कारण अहिलेसम्म ज्यान गुमाउनेको संख्या ५ हजार २० पुगेको छ । ९ हजार ९ सय ५२ जना घाइते छन् । घाइते र विस्थापितको उद्धारको काम भैरहेको सरकारले जनाएको छ ।

  • छोरालाई भूकम्पले लगेपछि विदेशमा मन थामिएन छोरालाई भूकम्पले लगेपछि विदेशमा मन थामिएन

    उजिर कार्की/उज्यालो । काठमाडौं, वैशाख १६ – दुई महिनाको छोरो गुमेको, श्रीमति घाइते भएको र घरगोठ भूकम्पले ढालेको खबर पुगेपछि विदेशमा महेश्वरको मन थामिएन । कुशादेवी–२ काभ्रेका उमेश सापकोटा पनि ४ महिना अघिमात्रै कतार पुग्नु भएको थियो ।

  • भूकम्प पीडितलाई काठमाडौं–पोखरा निःशुल्क बस सेवा

    कास्की, वैशाख १६ – पृथ्वीराजमार्ग बस सञ्चालक समितिले काठमाडौंदेखि पोखरासम्म निःशुल्क बसको व्यवस्था गरेको छ । काठमाडौंमा अलपत्र परेका कास्की तथा आसपासका भूकम्प पीडितलाई सहयोग गर्ने उद्देश्यले समितिले काठमाडौंदेखि पोखरासम्म निशुल्क बसको व्यवस्था गरेको हो ।

  • काठमाडौं बाहिर जान निशुल्क बस : कहाँ कसरी सम्पर्क गर्ने ?

    काठमाडौं, वैशाख १६ – भूकम्पको कारण घर फर्किने यात्रुका लागि निःशुल्क बसको व्यवस्था गरिएको छ । सरकारले उच्च माध्यामिक विद्यालय संघ, प्याब्सन र एनप्याब्सनले ५ सयवटा बसको व्यवस्था गरेका हुन् ।

  • धरहराबाट खसेका कृष्ण रम्तेल कसरी बाँचे ? धरहराबाट खसेका कृष्ण रम्तेल कसरी बाँचे ?

    काठमाडौं, वैशाख १६ – बेञ्चमा बस्दा बस्दै आफूलाई चक्कर लागेर ढलौला जस्तो भएको थियो, एक्कासी मेरो आँखा अगाडिको धरहरा ढल्यो । म अर्धपागल जस्तै भएँ । मेरो श्रीमान, आमा र बहिनी धरहरासँगै ढलेका थिए । हेर्दा हेर्दै धरहरा इट्टाको थुप्रोमा परिणत भयो । धुलोले पुरै सुन्धारा ढाक्यो ।

  • नेपाल कम्पन २०७२ : मौसमले पारेको मुस्किलबीच उद्धार र राहत नेपाल कम्पन २०७२ : मौसमले पारेको मुस्किलबीच उद्धार र राहत

    काठमाडौं, वैशाख १६ – शनिबार र आइतबार गएको भूकम्पमा परि भत्किएको घरका भग्नावशेषमा पुरिएकाहरुको उद्धारको काम तीव्र रुपमा भैरहेको छ । तर अघिल्ला दिनमा जस्तै बुधबार पनि उद्धार तथा राहतको काममा कठिनाइ भएको छ ।

  • एक दिनमै एक लाख ३२ हजार मानिस काठमाडौंबाट बाहिरिए

    काठमाडौं, वैशाख १६ – भूकम्पको प्रकोपका कारण राजधानी काठमाडौंबाट विभिन्न जिल्लातर्फ बाहिरिने मानिसको सङ्ख्या बढेको छ ।

  • ध्वस्त संरचना भित्रबाट जिवितै उद्धार गर्ने चिनिया प्रविधि

    काठमाडौं, वैशाख १६ – बिनाशकारी भूकम्पमा परेकाको उद्धार गर्न छिमेकी र अन्य मुलुकबाट आएकामध्ये चीनको ‘सर्च एन्ड रेस्क्यु टिम’ को उपकरण अत्याधुनिक र उद्धार तुलनात्मक रुपमा सावधानीपूर्ण देखिएको छ ।

  • तीन दिने राष्ट्रिय शोकको घोषणा

    काठमाडौं, वैशाख १५ – सरकारले शनिबार र आइतबार गएको भूकम्पका कारण ज्यान गुमाउने तथा घाइते भएका नागरिकको सम्झानामा तीन दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । प्रधानमन्त्री सुशील कोइरालाले मंगलबार बेलुका राष्ट्रको नाममा सम्बोधन गर्दै तीन दिने राष्ट्रिय शोकको घोषणा गर्नु भएको हो ।

  • भूकम्पका कारण ज्यान गुमाउने संख्या ४७ सय नाघ्यो

    काठमाडौं, वैशाख १५ – भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार ७ सय नाघेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार अहिलेसम्म ४ जार ७ सय ५९ जनाको ज्यान गएको पुष्टि भएको छ ।

  • काभ्रेका दुई प्रहरी चौकी सम्पर्क बिहिन

    काभ्रे, वैशाख १५ – काभ्रेको अति विकट क्षेत्र डाँडापारीका २ वटा प्रहरी चौकी सम्पर्क बिहिन भएका छन् । डाँडापारीका साल्मेचाकल र गोकुले गाविसमा रहेका प्रहरी चौकी सम्पर्क बिहिन भएको काभ्रे प्रहरी प्रमुख पूजा सिंहले जानकारी दिनुभयो ।

  • टुंडिखेलमा बसेका भूकम्प प्रभावितमा झाडापखालको समस्या

    काठमाडौं, वैशाख १५ – काठमाडौंको टुंडिखेलमा बसेका भूकम्प प्रभावितमा झाडापखालाको समस्या देखिएको छ । गएको शनिबार र आइतबार गएको भूकम्पपछि टुंडिखेलमा पालटाँगेर बसेका नागरिकमा झाडापखाला सहित रुघाखोकी, टाउको तथा पेट दुख्ने जस्ता स्वास्थ्य समस्या देखिएको छ ।

  • काठमाडौं छाड्ने चाहनेका लागि सरकारको निशुल्क बस

    काठमाडौं, वैशाख १५ – भूकम्पको कारण काठमाडौं छाड्ने यात्रुको लागि उच्च माध्यामिक विद्यालय संघ नेपाल हिसान, निजी विद्यालयका संगठन प्याब्सन र एनप्याब्सनले सरकारसँगको समन्वयमा ५०० बटा बसको व्यावस्था गरेको हो ।

  • पशुपतिमा लासको खात पशुपतिमा लासको खात

    मिलन तिमिल्सिना/उज्यालो । काठमाडौं, वैशाख १५ – कसैका आँखा ओभानो छैनन् । यत्रतत्र छरिएको शव र जलिरहेको चिता देखेर त्यहाँ पुग्नेहरु पनि भावुक देखिन्छन् । बागमती किनारमा लहरै रहेका चिता खालि नभएपछि बगरमै दाउराको चाङ बनाइएको छ । यताउता लास छरपस्ट छन् । आफन्त आँसु पुछ्दैछन् ।

  • भूकम्प पीडितको उद्धारमा प्रभावकारी कदम नचालेको भन्दै सरकारको आलोचना

    काठमाडौं, वैशाख १५ – सत्तारुढ दलका सभासदले भूकम्प पीडितको उद्धार र राहतमा प्रभावकारी कदम नचालेको भन्दै सरकारको चर्को आलोचना गरेका छन् ।

  • भुईचालोपछि घर फर्कँदा घरको सामान्य जाँच गर्ने तरिका भुईचालोपछि घर फर्कँदा घरको सामान्य जाँच गर्ने तरिका

    ऋषिराम पराजुली - ठुला ठुला भुकम्प पश्चात हाम्रो ठाउँमा रहेका संरचनाहरु कति ढले भने कति पुरै ढलेका छैनन तर भित्रि रुपमा तिनिहरु कमजोर भएर बसेका हुनसक्छन ।

  • कलंकीमा घर जानेको घुईंचो

    काठमाडौं, वैशाख १४ – काठमाडौं बाहिर जाने मुख्य नाका कलंकीमा यात्रुको ठूलो घुईंचो लागेको छ । गाडीको संख्या कम भएका कारण यात्रुले सास्ती भोग्नुपरेको छ ।

  • दातृ निकायद्वारा राहत र सहयोग तीव्र

    काठमाडौं, वैशाख १४ – भूकम्पबाट प्रभावित भएका नागरिकका लागि विभिन्न मित्र राष्ट्र तथा दातृ निकायले सहयोग दिन थालेका छन् ।

  • सरुवा रोग फैलिन सक्ने भन्दै सचेत रहन चिकित्सकको सुझाव

    काठमाडौं, वैशाख १४ – भूकम्प गएपछि धेरै मानिस सार्वजनिक ठाउँमा भेला भएकाले सरुवा रोगको प्रकोप पनि फैलन सक्ने भन्दै सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

  • सोमबारदेखि राहात वितरणलाई प्रभावकारी बनाइने

    काडमाडौं, वैशाख १४ – सरकारले सोमबारदेखि राहत वितरणको काम प्रभावकारी रुपमा थाल्ने बताएको छ । आइतबार खोज तथा उद्धारमा केन्द्रित हुनुपरेकाले सोमबारदेखि राहत वितरणको काम थालिने सरकारले जनाएको छ ।

  • ​भुईचालो केन्द्रबिन्दु नजिक रहेको लाप्राक गाउँ तहस नहस (तस्बिरसहित) ​भुईचालो केन्द्रबिन्दु नजिक रहेको लाप्राक गाउँ तहस नहस (तस्बिरसहित)

    काठमाडौं, वैशाख १३ - भूकम्पको केन्द्रबिन्दु नजिकै रहेको गोरखाको लाप्राक गाविसका अधिकांश घर तहसनहस भएका छन् । त्यो गाउँका अधिकांश घर भत्किएका छन् ।

  • दुई दिनमा ८ वटा ठूला र ६० भन्दा धेरै साना भूकम्प दुई दिनमा ८ वटा ठूला र ६० भन्दा धेरै साना भूकम्प

    काठमाडौं, वैशाख १३ - हिजो दिउँसोदेखि अहिलेसम्म ६ रेक्टर स्केलभन्दा माथिका तीनवटा र ५ रेक्टर स्केलभन्दा माथिका ५ वटा भुईचालोले नेपालका धेरै भागलाई डरलाग्दोसित हल्लाएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • केपी शर्मा ओलीले नेपालमा अब कसैले पनि मागेर खानुनपर्ने भनेको सुन्दा खुसी लाग्यो तर बोलीले होइन काम गरेर यो कुरा प्रमाणित गर्नुहोस् । यहाँ बोल्ने त धेरै आए तर विदेश गएका युवालाई नेपाल फर्काउन कसैले केही पनि गरेका छैनन् । पहिले काम गर्नुहोस अनि बल्ल भाषण गर्नुहोला ।

    ​सुरज
  • नेपालको सर्वोच्च पद राष्ट्रपती सहित धेरै उच्च पदमा महिला नै छन् । पढेलेखेका महिलाको कमि पनि छैन । तर महिला हेपिने र बलात्कृत हुने घटना भने घटेका छैनन् । होटलमा कार्यक्रम गरेर र सडकमा ¥याली निकाल्दैमा महिलाको सम्मान हुन्न । गाउँ गाउँमा समानता पु¥याउनुपर्छ ।

    ​केशव दाहाल
  • खाडीबाट म नेपाल मै गरिखान्छु भनेर फर्किने दिन कहिले आउला ? चुनाव सकिएपछि त देशमा गरिखाने वातावरण बन्छ भन्थे । हामी यहाँ पसिना बगाइरहेका छौ ।

    ​अनन्त भट्टराई
सबै हेर्नुहोस

सोसल मिडिया