MENU

Nepal Earthquake 2072

  • ​भूकम्पले जीर्ण बनेका नगर क्षेत्रका घर नगरपालिकाले भत्काउने

    ओखलढुंगा, साउन १५ – ओखलढुंगाको सिद्धिचरण नगरपालिकाको बजार क्षेत्रमा भूकम्पले पूर्णक्षति भएर जीर्ण अवस्थाका घर भत्काइने भएको छ ।

  • भूकम्प प्रभावित जिल्लामा नमूना स्कुल छनौट

    काठमाडौं, साउन १३ – सरकारले भूकम्प अति प्रभावित ११ जिल्लामा नमुना विद्यालय छनौट गरेको छ । भूकम्प अति प्रभावित काठमाडौं, भक्तपुर, दोलखा, नुवाकोट, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, रसूवा, धादिङ, ओखलढुंगा र गोरखाका एक एक विद्यालयलाई नमुना बनाउन छनौट गरिएको हो ।

  • गोरखामा ४.१ रेक्टरको परकम्प

    काठमाडौं, साउन ८ – गोरखा केन्द्रविन्दु भएर ४ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । शनिबार बिहान ११ बजेर ५९ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • ​भूकम्पले भत्काएपछि बन्द भएको इट्टा उद्योग सञ्चालनमा

    भक्तपुर, साउन ७ – २०७२ वैशाख १२ को भूकम्पले उद्योगको चिम्नी ढालेपछि बन्द रहेको भक्तपुर इट्टा तथा टायल उद्योग १४ महिनापछि सञ्चालनमा आएको छ ।

  • बुढी आमाको पीडा : घर रहेन, हात चल्दैन बुढी आमाको पीडा : घर रहेन, हात चल्दैन

    हिमनाथ देवकोटा/उज्यालो । रसुवा, साउन ५ – गएको वर्षको वैशाखको भूकम्पमा परेर मुश्किले बाँच्नु भएकी रसुवाको यार्साकी चुक्पा तामाङलाई जीवनको यात्रा अहिले उक्लिनै नसक्ने भीर जस्तै भएको छ ।

  • ओखलढुंगामा भूकम्प पीडित किसानका लागि आएको २३ लाख अनुदान फिर्ता

    ओखलढुंगा, साउन ६ – ओखलढुंगामा भूकम्प पीडित किसानलाई जिल्ला पशु सेवा कार्यालयबाट दिइने २३ लाख अनुदान खर्च नभइ फिर्ता भएको छ ।

  • सरकार परिवर्तनको चलखेलले भूकम्प पीडित समस्यामा

    काठमाडौं, असार ३० – भूकम्प पीडितलाई दुई किस्तामा दुईलाख रुपैयाँ दिने भनिएपनि सत्ता परिवर्तनको चलखेलले अन्यौल बढाएको छ ।

  • अनुदानमा बोका, भूकम्प पीडित खुसी अनुदानमा बोका, भूकम्प पीडित खुसी

    विवश कुलुङ/उज्यालो ।सोलुखुम्बु, असार २५ – तिङला गाविस–५ सोलुखुम्बुका भूकम्प पीडित मानबहादुर मगरले अनुदान स्वरुप जमुनापारी जातको बोका पाएपछि खुसी हन्दै भन्नुभयो ‘२० वर्षदेखि बाख्रा पालन गरेको भएपनि सोलुखुुम्बुमा उन्नत जातको बोका नहुँदा समस्या भएको थियो ।

  • संस्थानको सहुलियतको चामल गौदाममै थन्कियो

    ओखलढुंगा, असार २५– नेपाल खाद्य संस्थान ओखलढुगांको चामल सदरमुकाम स्थित गोदाममै थन्किएको छ । अहिले संस्थानको चामल भन्दा बाहिर पसलमा सस्तो तथा सुलभ मूल्यमा चामल पाइन थालेपछि खाद्य संस्थानको चामल थन्किएको हो ।

  • भूकम्प पीडितलाई बोका वितरण

    रसुवा, असार २३ – जिल्ला पशुसेवा कार्यलय रसुवाले भूकम्प पीडिलाई उन्नत जातका एक सय बोका वितरण गरेको छ ।

  • विवरण फरक पर्दा भूकम्प पीडितलाई अनुदान भुक्तानीमा समस्या

    ओखलढुंगा, असार २० – विवरण फरक परेपछि ओखलढुंगाका भूकम्प पीडितलाई सम्झौता गरिएको अनुदान भुक्तानी रोकिएको छ । लाभग्राहीको नाम र नागरिकताको प्रमाण पत्रको नम्बरमा फरक पर्दा रकम भुक्तानीमा समस्या भएको हो ।

  • ​सेनाद्वारा विस्थापितका लागि सामूहिक आवास निर्माण

    ओखलढुंगा, असार १९ – नेपाली सेनाले ओखलढुंगामा पहिरोका कारण विस्थापित भएकाका लागि सामूहिक आवास बनाएको छ ।

  • भूकम्पले चर्किएको घर भत्किँदा दुई परिवार विस्थापित

    बझाङ, असार १९ – असार १५, १६ र १८ गते गएको भूकम्पले चर्किएको घर भत्किँदा दुई परिवार विस्थापित भएका छन् । कालुखेति–४ छोटाखेतका अफिलाल पाध्या र गोबद्र्धन पाध्याको घर भत्किएको हो ।

  • भूकम्पपीडितको घरको नमुना परिवर्तन हुँदै

    काठमाडौं, असार १६ – सरकारले भूकम्पपीडितले बनाउनु पर्ने घरको नमुना परिवर्तन गर्ने भएको छ । यसअघि ल्याएको १७ वटा घरको नमूना परिवर्तन गरी सरकारले जातजाति, धर्म संस्कृति र भौगोलिक अवस्था सुहाउँदो घरको नमुना ल्याउने लागेको हो ।

  • २१ पटक भूकम्पको धक्का, धन्न क्षति भएन

    बझाङ, असार १६ – बझाङमा बुधबार दिउँसो ५ रेक्टर स्केलको भूकम्प गयो । त्यसपछि पनि लगातार २० पटक भूकम्पको धक्का महसुस भएको छ । दिनभरको भूकम्पको धक्काले केही घरहरु सामान्य चर्किनु बाहेक क्षति भने भएन ।

  • १६ पटक भूकम्पको धक्का, क्षति भने भएन

    बझाङ, असार १६ – बझाङमा बुधबार भूकम्प र परकम्प गरी १६ वटा धक्का गएपति कुनै क्षति नभएको प्रहरीले बताएको छ ।

  • ​तीन घन्टामा तेह्र पटक भूकम्पको धक्का

    बझाङ, असार १६ – सुदूरपश्चिमको पहाडी जिल्ला बझाङमा बुधबार लगातार भूकम्प गएका छन् । बुधबार दिउँसो २ बजेर ५५ मिनेटमा पहिलो भूकम्प गएको र ५ बजेर ५१ मिनेटमा १३ आँै भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • ​पहिरोले टहरो पुर्दा दुई बालकको मृत्यु

    नुवाकोट, असार १५ – नुवाकोटको बुङताङमा बुधबार बिहान पहिरोले घर पुर्दा दुई बालकको ज्यान गएको छ ।

  • दलहरु सहमति नजिक

    काठमाडौं, असार १५ – भूकम्प पीडितलाई दिने सहायता रकमको विषयमा प्रमुख दलका शीर्ष नेताबिच भएको छलफल सहमति नजिक पुगेको छ ।

  • ​विपदपछिको उद्धारका लागि १० वटा केन्द्र

    किरण लोहनी/उज्यालो । गोरखा, असार १४ – भूकम्पपछि पहिरोको उच्च जोखिममा रहेको गोरखामा विपदपछिको उद्धार र राहतका लागि १० वटा केन्द्र मार्फत काम गर्ने गरी तयारी थालिएको छ ।

  • गोरखाका ४३ गाविसमा अनुदान सम्झौता, १४ हजार गुनासो

    गोरखा, असार १३ – भूकम्प पीडितसँग आवास पुनर्निर्माणका लागि गोरखामा अहिलेसम्म ४३ गाविस र एक नगरपालिकामा अनुदान सम्झौता सकिएको छ ।

  • हलिउड कलाकारद्वारा भक्तपुरको अवलोकन

    भक्तपुर, असार १२ – संस्कृति पर्यटन तथा नागरिक उड्यान मन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल भ्रमणमा आउनु भएकी युएनडिपीको सद्भावना दूत एवं हलिउड फिल्म स्टार मिइस्सिल एडलाई भक्तपुरको सम्पदाको अवलोकन गराउनु भएको छ ।

  • गोरखामा भूकम्पपीडितका लागि सेनाले बनायो २० दिनमा ५ सामूहिक आवासगृह गोरखामा भूकम्पपीडितका लागि सेनाले बनायो २० दिनमा ५ सामूहिक आवासगृह

    किरण लोहनी/उज्यालो । गोरखा, असार १० – नेपाली सेनाले गोरखामा भूकम्पपीडितका लागि ५ वटा सामूहिक आवासगृह बनाएको छ । नेपाली सेनाले ५ गाविसमा ५६ परिवारका लागि आवास गृह बनाएको हो ।

  • नुवाकोटमा ४.४ रेक्टर स्केलको परकम्प

    काठमाडौं, असार ७ – नुवाकोट केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ । मंगलबार बिहान ११ बजेर ३४ मिनेटमा परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • ओखलढुंगामा १५ हजार लाभग्राहीसँग अनुदान सम्झौता

    ओखलढुंगा, असार ४– ओखलढुंगाका १५ हजार ६ सय चार भूकम्प पीडितसँग स्थायी आवास निर्माणका लागि अनुदान सम्झौता भएको छ ।

  • मंगल ग्रहको एउटा ज्वालामुखीको मुखको नाम लाङटाङ मंगल ग्रहको एउटा ज्वालामुखीको मुखको नाम लाङटाङ

    काठमाडौं, असार ४– वैज्ञानिकले मंगल ग्रहको ज्वालामुखीको मुख (गोलो आकारको खोल्डो) को नाम लाङटाङ राखेका छन् ।

  • ​११ जिल्लामा ८२ वटा सामूहिक आवास

    काठमाडौं, असार ३ - राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछि जोखिममा परेका बस्तीका नागरिकका लागि ११ जिल्लामा ८२ वटा सामूहिक आवास तिव्रताका साथ भइरहेको जानकारी दिएको छ ।

  • पुनःनिर्माणका लागि एक लाख बढी घर धनीसँग सम्झौता

    काठमाडौ, असार १– भूकम्पबाट क्षति भएका घर पुनःनिर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले एक लाख २ सय ७२ घर धनीसँग अनुदान सम्झौता गरेको छ । भूकम्प अति प्रभावित उपत्यका बाहिरका ११ जिल्लामा सम्बन्धित घर धनी र गाउँ विकास समितिका सचिवबीच अनुदान सम्झौता भएको प्राधिकरणले जनाएको छ ।

  • ​बिहानै गोरखामा ४.३ रेक्टर स्केलको परकम्प

    काठमाडौं जेठ ३२– मंगलबार गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको छ । बिहान ५ बजेर १२ मिनेटमा गोरखा केन्द्रविन्दु भएर ४ दशमलव ३ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • धरहरा निर्माण : साइड वाकर भन्छ बनाउन पाउँ, सरकार आफै बनाउन अग्रसर धरहरा निर्माण : साइड वाकर भन्छ बनाउन पाउँ, सरकार आफै बनाउन अग्रसर

    धरहराबाट लाखौं रुपैयाँ कमाइरहेको कम्पनी साइड वाकर्स प्रालिले सम्झौता अनुसार भत्किएको धरहरा बनाउनुपर्ने हो । धरहरा बनाउन आफू तयार रहेको कम्पनीले दाबी पनि गरिरहेको छ । तर सरकार भने नागरिकबाट रकम उठाएर धरहरा बनाउन लागेको छ ।

  • ​पुनर्निर्माणमा ढिलाई भैरहेको प्राधिकरणको स्वीकारोक्ति

    काठमाडौं, जेठ २३ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पपछिको पुनर्निर्माणमा ढिलाई भैरहेको स्वीकार गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यविधी र कानुनमा झैझमेला भए संशोधन गर्ने तर प्रभावितलाई रकम वितरणको काम भने तत्काल गर्न निर्देशन दिँदै आएपनि त्यस अनुसार काम गर्न नसकेको प्राधिकरणले स्वीकारेको हो ।  जिल्ला जिल्लामा राहत लिनेको नाम प्रकाशित भैसकेकाले अव ढिलाई नहुने प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताउनुभयो । प्रवक्ता थपलियाले सम्झौता भएका बैंक मध्ये कुनले कुन क्षेत...

  • धुर्मुस सुन्तलीलाई बेलायतको हेल्प नेपाल फाउण्डेशनले २० लाखदिने धुर्मुस सुन्तलीलाई बेलायतको हेल्प नेपाल फाउण्डेशनले २० लाखदिने

    काठमाडौं, जेठ २१ - बेलायतको हेल्प नेपाल फाउण्डेशनले सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणका लागि २० लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ ।

  • पानी घट्टले चलेको गुजारा पानी घट्टले चलेको गुजारा

    रसुवाका सदरमुकाम धुन्चेबाट ७ किलोमिटर उत्तरमा पर्ने भार्खुमा बाटो केहीमाथि एउटा जस्ताको टहरा देखिन्छ । टहरामुनिबाट पानी बगेको छ । त्यही टहरा भित्र पाको उमेरका व्यक्ति बसेका छन् ।

  • भूकम्पले क्षति गरेको ऐतिहासिक चैत्यको अवलोकन

    भक्तपुर, जेठ १६ - भक्तपुर बौद्ध सम्पदा संघले भूकम्पले क्षति गरेका उपत्यकाका ऐतिहासिक चैत्यको अवलोकन गरेको छ । भूकम्पले उपत्यकाका नेवार बस्तीमा रहेका ऐतिहासिक चैत्यहरु के कति क्षति भए भन्नेबारेमा जानकारी लिन संघको ६० जनाको टोलीले चैत्यहरुको अवलोकन गरेको हो ।

  • ​निजी घर पुनर्निर्माणका लागि ३६ हजार परिवारसँग सम्झौता

    काठमाडौं, जेठ १६ - भूकम्पबाट क्षति भएका निजी घर पुनर्निर्माणको लागि ३६ हजार २ सय ७८ परिवारसँग अनुदान सम्झौता सम्पन्न भएको छ ।  संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय, केन्द्रिय आयोजना कार्यान्वयन इकाइका अनुसार भूकम्पमा घर क्षति भइ अनुदान पाउने छनौट सूचिमा परेका १० जिल्लाका ३६ हजार परिवारसँग अनुदान सम्झौता भएको हो ।  इकाइका अनुसार ओखलढुंगामा १० हजार ७ सय ३३, रामेछापमा १३ हजार ७९, गोरखामा २३ सय, धादिङमा ५ सय ९९, नुवाकोटमा २ सय ८०, त्यस्तै रसुवामा २ सय ८, सिन्धुपाल्चोकमा १ हजार ९ सय २...

  • ​धुर्मुस सुन्तलीको वास्तविकतामा गीत (भिडियोसहित) ​धुर्मुस सुन्तलीको वास्तविकतामा गीत (भिडियोसहित)

    काठमाडौं, जेठ १६ – हाँस्यकलाकार सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले पुनर्निर्माणमा जुट्न सबैसँग आग्रह गरेका छन् ।

  • दोलखामा पुनर्निर्माणको काममा ढिलाई

    दोलखा, जेठ ११ – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले दोलखामा दुई अर्ब रुपैयाँ निकासा गरेको भएपनि जिल्ला विकास समिति दोलखाले अहिलेसम्म साढे २६ करोड मात्र पाएको जानकारी दिएको छ ।

  • भूकम्पले भत्काएका विद्यालय पुनर्निर्माण गर्न सम्झौता

    काठमाडौं, जेठ ११ – भूकम्पले भत्काएका विद्यालय पुनर्निर्माण गर्न सम्झौता भएको छ । भूकम्प प्रभावित ५९ जिल्लामा विद्यालय पुनर्निर्माणको लागि ठेकेदारसँग सम्झौता गरेको शिक्षा मन्त्रालयको परियोजना कार्यान्वयन इकाइ पिआइयुले जनाएको छ ।

  • मध्यरातकाे परकम्पले तर्सायो

    काठमाडौं, जेठ ११ – सोमबार मध्यरातमा ४ दशमलव २ रेक्टर स्केलको परकम्प गएको छ । राति १२ बजेर ५४ मिनेट जाँदा धादिङ केन्द्रविन्दु भएर ४ दशमलव २ रेक्टरको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

  • भूकम्प पीडितका लागि इयुले गर्‍यो थप ६६ करोड सहयोग

    काठमाडौं, जेठ ५ – युरोपियन युनियन इयुले भूकम्प पीडितको सहयोग तथा पुनर्स्थापनाका लागि सन् २०१६ मा ६६ करोड रुपैयाँ खर्च गर्ने भएको छ ।

पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सामुदायिक विद्यालय अगतिलो त होइन तर त्यहाँको प्रशासन, व्यवस्थापन र शिक्षण शैली सुधार हुन नसकेको चाँही हो ।

    ​विकल्प
  • अखिल नेपाल फुटबल संघ एन्फाको लापरबाहीका कारण थ्री स्टार क्लबले एएफसी प्ले अफ खेल्न नपाएपछि एन्फाले डेढ करोड रुपैयाँ क्षतिपूर्ति त दियाे तर ‍एन्फाको कमजोरीले नेपाली फुटबललाई पारेको असर पैसामा नाप्न सकिँदैन ।

    मित्रबन्धु ढकाल
  • देशको ४० औं प्रधानमन्त्री शेरबहादुर देउवालाई सफल कार्यकालको शुभकामना । पालैपालो कुर्सी साट्ने हैन अब देशलाई उज्वल भविष्यतर्फ लैजाने सोच र प्रेरणा मिलोस् ।

    ​विक्रम अर्पण मगर
सबै हेर्नुहोस

सोसल मिडिया