MENU

राजनीति

Ncell Axiata

​एमालेले सभामुख छान्न सकेन, माओवादीले उप–सभामुख छानिसक्यो

मकवानपुर माघ २५ – नेकपा माओवादी केन्द्रले आफ्नो भागमा परेको तीन नम्बर प्रदेशको उप–सभामुखमा राधिका तामाङलाई चयन गरेको छ ।

नेकपा एमालेबाट भने सभामुख पाउने भए पनि अझैसम्म सभामुखमा उमेदवारी दिने कुरा टुङगिएको छैन् । तीन नम्बर प्रदेशमा मुख्य मन्त्री र सभामुख दुवै ठूला पद एमालेले पाउने दुवै पार्टीबीच निर्णय भएको थियो ।

माओवादी तीन नम्बर प्रदेश कमिटीको बिहीबार बसेको बैठकले तामाङलाई उप–सभामुख बनाउने निर्णय गरेको हो । तामाङ दोस्रो संविधानसभा चुनावमा सामनुपातिक सांसद हुनुहुन्थ्यो भने अहिले नुवाकोट क्षेत्र नम्बर १ को ‘क’बाट प्रत्यक्ष निर्वाचित सांसद हुनुहुन्छ । तर सभामुख भने वाम गठबन्धनको तर्फबाट एमालेको भागमा परेकाले अझै निर्णय हुन सकेको छैन् । एमालेबाट सभामुखमा डोरमणि पौडेलको चर्चा चलेको भए पनि कुनै आधिकारिक निर्णय भएको छैन् ।

तीन नम्बर प्रदेशमा माओवादीबाट २३ जना सांसद बनेका छन् । तीन नम्बर प्रदेशमा माओवादीबाट शालिकराम जमरकट्टेललाई संसदीय दलको नेतामा चयन गरिएको छ । जमरकट्टेल धादिङ क्षेत्र नम्बर १ को ‘ख’ बाट विजयी हुनुभएको हो । यस्तै संसदीय दलको उप–नेतामा कुमारी मोक्तान चयन हुनुभएको छ ।

मकवानपुर क्षेत्र नम्बर २ को ‘क’बाट प्रदेश सांसदमा विजयी हुनु भएकी मोक्तान पनि माओवादीबाट मन्त्री पदकी दाबेदार हुनुहुन्छ । तीन नम्बर प्रदेशको प्रमुख सचेतकमा बुद्धिमान माझी र सचेतकमा प्रतिमा श्रेष्ठलाई चयन गर्ने निर्णय भएको जनाइएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया