MENU

राजनीति

Ncell Axiata
NIC Asia

माओवादी नेतामाथिको मुद्दा फिर्ता हुन्छ : महान्यायाधिवक्ता प्रधान

काठमाडौं, भदौ २७ — नवनियूक्त महान्यायाधिवक्ता मुक्ति प्रधानले १० वर्षे जनयूद्धका क्रममा माओवादी नेताहरुमाथि लगाईएका सबै मुद्दा फिर्ता लिने बताउनुभएको छ ।

 

रिपोर्टर्स क्लबले मंगलबार काठमाडौंमा गरेको साक्षात्कारमा बौल्दै महान्यायाधिवक्ता प्रधानले शासन व्यवस्था विरुद्ध लड्ने क्रममा लागेका सबै मुद्दा राजनीतिक भएकाले फिर्ता हुने बताउनुभएको हो ।

‘राजनीतिक प्रतिशोधको आधारमा लगाईएका मुद्दा फिर्ता गर्दा कसैले आपत्ति प्रकट गर्ला भन्ने मलाई लाग्दैन ।’ महान्याधिवक्ता प्रधानले भन्नुभयो, ‘मुद्दा राजनीतिक वा ब्यक्तिगत हो होईन छुट्ट्याएर फिर्ता लिनुपर्छ ।’ राजनीतिक मुद्दाको नाममा  अरु अपराधका अपराधीले उन्मुक्ति नपाउने प्रधानको भनाई थियो ।

‘२०४६ सालको जनआन्दोलनपछि राजनीतिक प्रकृतिका मुद्दा फिर्ता लिन सुरु गरिएको थियो’, महान्यायाधिवक्ता प्रधानले भन्नुभयो, ‘मुद्दा फिर्ता नलिएको भए माधवकुमार नेपाल, केपी ओली, झलनाथ खनाल लगायतका सबैले ज्यानमार्ने उद्योगमा २० वर्ष जेल सजाय काट्नु पथ्र्यो ।’

सर्वोच्च अदालतले सर्वश्वसहित जन्मकैदको सजाय सुनाएका माओवादी सभासद बालकृष्ण ढुङगेललाई पनि जनयूद्धकै क्रममा मुद्दा लगाईएको भन्दै त्यो पनि फिर्ता हुने प्रधानले जानकारी दिनुभयो । बालकृष्ण ढुङगेललाई जेल हाल्नु अघि जनयूद्धमा मारिएका १३ हजारको मृत्यूको जिम्मा राज्यले लिनुपने उहाँको तर्क थियो ।  

भारतको पटना उच्च अदालतले ११ माओवादी नेता कार्यकर्ता विरुद्ध सुनाएको सजायका विषयमा अध्ययन भैरहेको र गृहकार्यपछि आवश्यक प्रक्रिया शुरु गर्ने  उहाँले जानकारी दिनुभयो । संविधानसभाको म्याद थप्ने विषयमा विवाद गर्नु भन्दा कसरी राम्रो संविधान बन्छ भन्ने विषयमा चिन्ता लिनुपर्नेमा जोड दिँदै प्रधानले म्याद थप्न सर्वोच्च अदालतले नरोकेको र आधार र कारण दिन मात्रै भनेको तर्क गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया