MENU

राजनीति

Ncell Axiata

युद्ध अपराधका पीडकलाई आममाफी नदिन राष्ट्रसंघको आग्रह

काठमाडौं, भदौ २७ —  मानवअधिकार उल्लंघन तथा युद्ध अपराधका पीडकहरुलाई आममाफी नदिन राष्ट्रसंघले सरकारलाई आग्रह गरेको छ । माओवादीले द्वन्द्वकालमा लागेका मुद्दाहरु फिर्ता लिन माग गरिरहेका बेला राष्ट्रसंघले त्यस्तो नगर्न आग्रह गरेको हो ।

 

नेपालका लागि राष्ट्रसंघका आवासीय प्रतिनिधि रोबर्ट पाईपर र मानवअधिकार उच्चायुक्तको कार्यालय प्रमुख ज्योति साङ्घेराले मंगलबार संयुक्त विज्ञप्ती निकालेर गम्भीर अपराधका मुद्दामा आममाफी दिने वा मुद्दा फिर्ता लिने माग नगर्न दलहरुलाई आग्रह समेत गर्नुभएको छ ।

‘शान्ति प्रक्रिया अगाडी बढाउन र सबल तथा स्थिर भविष्य निर्माण गर्न गम्भीर अपराध मुद्दाका लागि आपमाफी दिने वा मुद्दा फिर्ता लिने माग गलत दिशातर्फको कदम हुनेछ ।’ पाइपरद्वारा जारी बिज्ञप्तिमा भनिएको छ, ‘लोकतान्त्रिक संस्थालाई सबल बनाउने प्रकृयालाई यस्ले असर गर्छ ।’

यस्तै उच्चायुक्तको कार्यालय प्रमुख साङ्घेराले कानुनले गम्भीर मानवअधिकार उल्लंघन तथा बलात्कार, बलपूर्वक बेपत्ता पार्ने कार्य, यातना र गैरकानुनी हत्या लगायतका युद्वअपराधका पीडकका लागि आममाफी दिने कुनै पनि उपाय अस्वीकार गर्ने कुरामा जोड दिनुपर्ने बताउनुभएको छ ।
आवश्यक विधेयक पारित गरी सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता जाँचबुझ आयोग गठन गर्ने सरकारी प्रतिवद्धताको पाइपर र साङ्घेराले स्वागत गर्नुभएको  छ ।
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया