MENU

राजनीति

Ncell Axiata
NIC Asia

बहुलबाद नमान्दाको परिणामको जिम्मा हामी लिँदैनौ : सभापति कोइराला

काठमाडौ, भदौ २७ - नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाले बहुलवाद माओवादीले नमाने त्यसपछि आउने परिणामको भागिदार काग्रेस नहुने बताउनुभएको छ ।

 

नेपाल ठाकुर समाजले मंगलबार राजधानीमा वीपी कोइरालाको ९८ औँ जन्मजयन्तीको अवसर पारि आयोजना गरेको शान्ति प्रक्रिया र संविधान निर्माणमा दलहरुको भूमिका विषयक विचार गोष्ठिलाई संवोधन गर्दै कोइरालाले नेपाली कांग्रेसले कुनै पनि हालतमा बहुलबादमा सम्झौता नगर्ने स्पष्ट पार्नुभयो ।

‘माओवादीले चाहेको नेता बाबुराम भट्टराई प्रधानमन्त्री भएको बेला पनि शान्ति प्रक्रिया अगाडि बढाउन माओवादी ईच्छुक देखिएको छैन’, कोइरालाले भन्नुभयो, ‘विश्वासको बातावरण बनाउन माओवादीले तत्काल हतियार बुझाउनुपर्छ र कब्जा सम्पत्ति फिर्ता गर्नुपर्छ ।’

स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन देखाएको लचकता जस्तै अब शान्ति प्रक्रियालाई अगाडि बढाउन माओवादीले लचकता देखाउनु पर्ने कोइरालको भनाई थियो ।

कोइरालाले राष्ट्रसंघको रोहबरमा भएका सम्झौताहरु तत्काल कार्यान्वयन गरेर नेपाली समाज र अन्तर्राष्ट्रिय क्षेत्रमा विश्वासको बातावरण बनाउन समेत माओवादीलाई सल्लाह दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया