MENU

राजनीति

Ncell Axiata
NIC Asia

माओवादी कांग्रेस बार्ता बिनानिष्कर्ष सकियो

 

काठमाडौं, भदौ २८ — एकीकृत नेकपा माओवादी र नेपाली काँग्रेसका शिर्ष नेताहरुबीच शिविरमा रहेका माओवादी लडाकुको समायोजन र पुनस्थापनाको विषयमा बुधबार वालुवाटारमा भएको छलफल विना निष्कर्ष सकिएको छ । 
 
माओवादीले समायोजन हुने लडाकुको संख्या र मोडालिटीमा सहमति गर्न राखेको प्रस्ताव काँग्रेसले अस्वीकार गरेको छ । काँग्रेसले छुट्टाछुट्टै सहमति हुन नसक्ने भन्दै संख्या, मोडालिटी, तह मिलान लागाएतका विषयलाई प्याकेजमै सहमति गर्नुपर्ने अडान राखेपछि छलफल निष्कर्षमा पुग्न नसकेको हो । नेपाली काँग्रेसले ४ हजारमात्र लडाकु समायोजन गर्ने आफ्नो अडान यथावत राखेको छ । 
 
दुई दलबीच फेरी छलफल गरेर सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् । 
 
बुधबारको बैठकमा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष मोहन वैद्य, प्रधानमन्त्री बाबुराम भट्टराई, महासचिव रामबहादु थापा तथा कांग्रेसका तर्फबाट रामचन्द्र पौडेल तथा नेता रामशरण महत सहभागी हुनुहुन्थ्यो । 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया