MENU

राजनीति

भ्रष्टाचारी ठहर चतुर्वेदी कारागार चलान

काठमाडौं, भदौ २८ — भ्रष्टाचार गरेको ठहर गर्दै सर्वोच्च अदालतले कैद सजाय सुनाएका नेपाल वायु सेवा निगमका पूर्व महाप्रवन्धक रामाज्ञाप्रसाद चतुर्वेदीलाई कारागार चलान गरिएको छ । जिल्ला अदालत काठमाडौंमा उपस्थित भएका चतुर्वेदीलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको हो । 
 
 
डेढ वर्ष कैद र पौने तीन करोड रुपैँया जरिवाना तथा विगोको सजाय पाएका चतुर्वेदी स्वयं अदालतमा उपस्थित भएपछि कैद तथा जरिवाना २० प्रतिशत कम भएको छ । अब उनले ११ महिना ६ दिन जेल बस्नु पर्नेछ भने १ करोड ११ लाख ३९ हजार ९ सय २४ रुपैया ८४ पैसा जरिवाना तिनुपर्ने छ । 
 
प्रधानन्यायाधीश खिलराज रेग्मी र न्यायाधीश सुशीला कार्कीको संयुक्त इजलासले बुधबार चतुर्वेदीलाई कैद र जरिवानाको फैसला सुनाएको हो । भ्रष्टाचार मुद्धामा सर्वोच्चले फैसला सुनाएको यो पहिलो पटक हो । यसअघि पूर्वमन्त्री चिरञ्जीवि वाग्लेलाई सर्वोच्चले कैद तथा जरिवाना सुनाएको थियो । 
 
चर्तुवेदीले जरिवाना रकम बुधबार नै बुझाएका छन् भने विगो बराबरको रकम भ्रष्टाचारबाट कमाएको भनि खेलेको सम्पत्तिबाट जफत गरिने अदालतले जनाएको छ ।
 
विशेष अदालतले २०६१ साल माघ ८ गते भ्रष्टाचार गरेको ठहर गर्दै चतुर्वेदीलाई १ करोड ९१ लाख जरिवाना र २ वर्ष कैद सजायँ सुनाएको थियो । तर सर्वोच्च अदालतले बुधबार त्यसलाई घटाएर फैसला गरेको हो । 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया