MENU

समाज

ujyaalo forign call inside

कर्णालीमा जिप खस्दा ४ जना बेपत्ता

सुर्खेत, भदौ २७ – कर्णाली राजमार्ग अन्तर्गत दैलेखको किट्टुभिरबाट जीप कर्णाली नदीमा खस्दा चार जना वेपत्ता भएका छन् । बुटवलबाट कुखुराका चल्ला कालिकोट पुर्‍याएर फर्किदै गरेको लु १ च २८२९ नम्बरको जीप गएराती किट्टुभिरबाट कर्णाली नदीमा खसेको हो ।

 

क्षेत्रीय प्रहरी कार्यालय विरेन्द्रनगर सुर्खेतका अनुसार जीपको केही भाग मात्र कर्णाली नदीमा  देखिएको छ । जीपमा चारजना रहेको र उनीहरुको अवस्था थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया