MENU

मनोरञ्जन

Ncell Axiata
USAID

एनसेल नेपाल साहित्य महोत्सव काठमाडौंमा सुरु

काठमाडौं, असोज ४ – काठमाडौंमा बिहीबारदेखि एनसेल नेपाल साहित्यिक महोत्सव सुरु भएको छ ।

प्रज्ञा प्रतिष्ठानमा भईरहेको ‘एनसेल नेपाल लिटरेचर फेस्टिभल’को वरिष्ठ साहित्यकार वैरागी काइला, ध्रुवचन्द्र गौतम, दुर्गालाल श्रेष्ठ, हिरण्यकुमारी पाठक र गिता केशरीले सामुहिक रुपमा उद्घाटन गर्नुभयो ।

कार्यक्रममा सांगीतिक समुह सुकर्मले सांगीतिक धुनहरु प्रस्तुत गरेको थियो । ४ दिनसम्म चल्ने महोत्सवमा भारतका ४ जना सहित ४० जना नेपाली साहित्यकारले नेपाली साहित्का विभिन्न आयामबारे छलफल गर्ने आयोजक बुकवर्म ट्रष्टका अजित बरालले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति बैरागी काइलाले महोत्सवमा उपस्थित हुन र छलफलमा सहभागि हुन साहित्यकार र साहित्यानुरागीहरुलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा मन्तव्य व्यक्त गर्दै साहित्यकार प्राध्यापक अभि सुवेदीले नेपाली साहित्यमा भित्रिएका नयाँ नयाँ आयामको चर्चा गर्नुभएको थियो । साहित्य सिर्जनामा अनेकौँ प्रयोग र सहव्याख्या भइरहेको भन्दै प्राध्यापक सुवेदीले छापा पुजीवादको विकास पनि सँगसँगै भइरहेको बताउनुभयो ।

कार्यक्रममा साहित्यकारसँग पाठकले प्रत्यक्ष अन्तर्क्रिया गर्न पाउने तथा सर्जकहरुले पनि आफ्ना सिर्जनाको प्रत्यक्ष प्रतिक्रिया पाउने भएकाले महोत्सव नेपाली साहित्यको विकासमा महत्वपुर्ण हुने साहित्यकारहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
Job Vacancy
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया