राजनीति
युद्धकालका मुद्दा फिर्ताको तयारीप्रति कांग्रेसको आपत्ति
- Wednesday, Sep 14, 2011
- 20:15 PM ( 7 years ago )
- Total Views: 1.6 K
काठमाडौं, भदौ २८ — नेपाली कांग्रेसले सरकारले युद्धकालका मुद्दा फिर्ताको तयारी गरेको भन्दै आपत्ति जनाएको छ । व्यवस्थापिका संसदको बुधबारको बैठक सुरु हुनासाथ समय मागेर बोल्दै नेपाली कांग्रेसका महान्त्री प्रकाशमान सिंहले जनयुद्धकालमा माओवादी नेताहरुमाथि लागेका मुद्दा फिर्ता नलिन ध्यानाकर्षण गराउनुभयो ।
‘सरकारले सत्ताको दुरुपयोग गरेर शान्ति प्रकृयालाई नै प्रभावित गर्न खोजेको छ’, महान्त्री सिंहले भन्नुभयो, ‘गम्भीर अपराधिक र मानव अधिकार उल्लंघनका मुद्दा फिर्ता लिने सरकारको कदमलाई कुनै पनि हालतमा समर्थन गर्न सकिँदैन ।’
प्रधानमन्त्रीले राजनीतिक सल्लाहकारमा योग्यता नपुगेको ब्यक्तिलाई नियुक्त गरेको पनि उहाँले आरोप लगाउनुभयो ।
यस्तै एमालेले गृहमन्त्रालाय सम्हालेको पार्टीका कार्यकर्ताले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको भन्दै गृहमन्त्रीको जवाफ मागेको छ । एमाले सभासद् रामचन्द्र झाले गृहमन्त्रीको पार्टी फोरम लोकतान्त्रीकका कार्यकर्ताबाटै आफ्ना कार्यकर्तामाथि आक्रमण भएको भन्दै दोसीमाथि कारबाहीको माग गर्नुभयो ।
संसदमा चालु आर्थिक वर्षको बजेटमाथि छलफल भइरहेको छ । जारी बैठकमा विभिन्न मन्त्रालय अन्तर्गत छुट्टयाइएको बजेटमाथि छलफल भइरहेको हो । मंगलबारदेखि शुरु भएको छलफल पर्सि ३० गतेसम्म रहने र असोज १ गते बजेट पारित गर्ने दलहरुबीच सहमति भएको छ ।
सम्बन्धित सामग्रीहरु
-
कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
सुर्खेत, वैशाख ११ – कर्णाली प्रदेश सरकारले प्रदेशसभामा पेश गरेको नीति तथा कार्यक्रममाथि मंगलबारदेखि छलफल सुरु भएको छ ।
-
एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
काठमाडौं, वैशाख ११ – नेकपा एमालेका महासचिव तथा रक्षा मन्त्री इश्वर पोखरेलले एमाले–माओवादी पार्टी एकताबाट कोही भाग्न नहुने बताउनु भएको छ ।
-
विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
मकवानपुर वैशाख ११ – तीन नम्बर प्रदेश प्रमुख अनुराधा कोइरालाले प्रदेशको विकासका लागि एकजुट भएर अघि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ ।
-
आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
भक्तपुर, वैशाख ११ – नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव एवं नेता कृष्णगोपाल श्रेष्ठले गएको शनिबार मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई आग्रह गर्नुभएको छ ।
-
पार्टी एकतापछि पछुताउनुभन्दा अगाडि नै समय लिनु राम्रो : प्रचण्ड
चितवन, वैशाख ११ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकीकरण गर्ने मिति वैशाख १४ गते तोकिने बताउनुभएको छ ।
-
सेवाग्राहीसँग घुस लिँदै गरेका अधिकृत अख्तियारको फन्दामा
बाँके,वैैशाख ११ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग शाखा कार्यालय कोहलपुरले सेवाग्राहीसँग घुस लिँदै गरेका नेपालगञ्जबाट फार्मेसी अधिकृतलाई रंगेहात पक्राउ गरेको छ ।
- कर्णालीका सांसदले भने : नीति तथा कार्यक्रम स्वागतयोग्य छ, कार्यान्वयनमा जोड दिउँ
- एकताबाट कोही भाग्नु हुँदैन : रक्षामन्त्री पोखरेल
- गुण्डा नाइके रिगललाई सर्वस्वसहित जन्मकैद
- विश्वकपमा यस्तो जर्सी लगाएर उत्रिँदैछन नेपाली बालबालिका
- हैदराबाद हारको ह्याट्रिकबाट जोगिन्छ कि मुम्बईले दोस्रो जित हात पार्नेछ ?
- विकासमा एकजुट हुनुको विकल्प छैन : प्रदेश प्रमुख कोइराला
- घर फर्कन खोज्दा कम्पनीले नदिएपछि मलेसियामा बिरामी परेका प्रदिप समस्यामा
- आईजी साब आक्रमणकारी कहाँ छन्, तत्काल पक्राउ गर्नुस् – सचिव श्रेष्ठ
- चिनीमा युरिया मिसाइएको ग्राहकको गुनासो, प्रशासनले थाल्यो छानबिन
प्रतिक्रिया दिनुहोस