MENU

राजनीति

ujyaalo forign call inside

न्युयोर्क जानु अघि शान्ति प्रक्रियामा महत्वपूर्ण काम : प्रधानमन्त्री

 

काठमाडौं, भदौ २८ — प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रसंघ महासभामा भाग लिन जानु अघि नै शान्ति प्रक्रियामा महत्वपूर्ण काम हुने बताउनुभएको छ । प्रधानमन्त्री भट्टराईले बुधबार बिहान सरकारी निवास बालुवाटारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताउनुभएको हो ।
 
 
प्रधानमन्त्री भट्टराई असोज २ गते राष्ट्रसंघ महासभामा भाग लिन नयुयोर्क जाँदै हुनुहुन्छ । 
 
सरकारको भविष्य अनिश्चित रहेकोले आफूले हरेक दिन गनेर शान्ति र संविधानका लागि काम गरिरहेको भन्दै प्रधानमन्त्री भट्टराईले काम हुँदैन भन्ने लागेको दिन पद त्याग्ने बताउनुभयो । पार्टी भित्रैबाट र बाहिर बाट सरकार गिराउन सक्ने अवस्था रहेकोले कतिदिन पदमा बसिन्छ भन्ने आफूलाई चिन्ता नभएको प्रधानमन्त्रीको भनाई छ । 
 
‘यति बेलापनि दलहरुसँग गम्भीर पकृतिका कुराकानी भैरहेका छन्’, प्रधानमन्त्रीले भट्टराईले भन्नुभयो, ‘राष्ट्रसंघ जानुअघि शान्ति प्रकृया अगाडी बढ्छ भन्ने जनतालाई प्रत्याभूति दिलाउने खालका सकारात्मक परिणाम निकाल्ने सोचमा म छु ।’ 
 
नागरिकले आफूबाट धेरै अपेक्षा गरेकोले सकेसम्म प्रयास गर्ने भन्दै प्रधानमन्त्री भट्टराईले शान्ति र संविधानको काम गर्नुमै आफ्नो अस्तित्व रहेको बताउनुभयो । मधेशी मोर्चासितको सहमति राष्ट्रिय हित बिपरित नभएको भन्दै प्रधानमन्त्री भट्टराईले आन्तरिक राष्ट्रियता सुदृढ बनाएर मात्रै बाह्य राष्ट्रियता बलियो बनाउन सकिन्छ भन्ने मान्यता अनुसार आफूले काम गरेको र राष्ट्रियताका बारेमा आफू विरुद्ध प्रश्न नठाउन आग्रह गर्नुभयो । 
 
‘संघीयतामा जाँदा देशै टुक्रिन्छ र राष्ट्रियतामा असर पर्छ भन्ने गलत मान्यता पनि अहिले केही दलहरुमा छ’, प्रधानमन्त्रीले भन्नुभयो, ‘आन्तरिक राष्ट्रियता सुदिृढ बनाएर मात्रै बाह्य राष्ट्रियता बलियो बनाउन सकिन्छ ।’
 
प्रधानमन्त्री भट्टराईले कसैको दबाबमा राष्ट्रविरोधी काम नगर्ने र बाह्य शक्तिका सामू नझुक्ने स्पष्ट पार्नुभयो ।
 
विस्तृत शान्ति सम्झौता अनुसार नै घर जग्गा फिर्ताका लागि काम भैरहेको भन्दै प्रधानमन्त्री भट्टराईले गरीब मोही र सुकुम्बासीका समस्या समाधान गरिने बताउनुभयो । 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया