MENU

राजनीति

आज मन्त्रीहरुका लागि आचार संहिता सार्वजनिक गरिँदै

काठमाडौं, भदौ २९ — सरकारले विहीवार (आज) मन्त्रीहरुका लागि आचार संहिता सार्वजनिक गर्दैछ । विहीवार साँझ बस्ने मन्त्रिपरिषद बैठकले आचार संहिता पारित गरेर सार्वजनिक गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहाकार रामरिझन यादवले जानकारी दिनुभयो । 
 
 
यसअघिको मन्त्रिपरिषद बैठकमा आचार संहिता बनाउने बारे छलफल भएको थियो । आचार संहितामा प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सदस्यहरुले स्वदेश वा विदेश भ्रमणबाट आउने आय वा  उपहार राज्यलाई बुझाउनुपर्ने उल्लेख छ ।
 
यस्तै मन्त्रीहरुले महंगा गाडी नचढ्ने, मन्त्रिपरिषदका कुनै पनि सदस्यले अनैतिक काम नगर्ने,      भ्रष्टाचार गर्ने वा भ्रष्टाचारीलाई संरक्षण गर्नेलाई जुनसुकै बेला पदमुक्त गर्न सकिने विषय उल्लेख रहेको स्रोतले बताएको छ । 
 
स्रोतका अनुसार मन्त्रीहरुले आफ्नो सम्पत्ति तत्काल सार्वजनिक गर्नुपर्ने, भ्रष्टाचार उन्मूलन र नियन्त्रणमा मन्त्रीहरुको अनुगमन अनिवार्य रहने, मन्त्रीका परिवार र उनका सदस्यहरुले राज्यबाट कुनै सेवा सुविधा नपाउने र नगराउने आचारसंहितामा उल्लेख छ । त्यस्तै पदीय जिम्मेवारीका क्रममा मन्त्रीहरुले कुनै पनि आयआर्जन नगर्ने विषय पनि आचार संहितामा समेटिएको छ । 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया