MENU

राजनीति

ujyaalo forign call inside

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद बिस्तारको तयारी

को को बन्दै छन् मन्त्री ?
काठमाडौं, भदौ २९ — प्रधानमन्त्री डा. बाबुराम भट्टराईले विहीवार (आज) मन्त्रिपरिषद बिस्तारको तयारी गर्नुभएको छ । आफ्नै दल माओवादी, मधेशी मोर्चा र अरु दललाई समेटेर प्रधानमन्त्रीले बेलुकी पाँच बजे मन्त्रिपरिषद विस्तारको तयारी गर्नुभएको हो ।
 
हतियार राखिएका कन्टेनरको साँचो बुझाएकोमा आपत्ति जनाउँदै आएका वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरण पक्षले केन्द्रीय समिति बैठक सम्म आफ्नो पक्षका लागि चार वटा मन्त्रालयमा मन्त्री नियुक्त नगरी खालि राख्न आग्रह गरेपछि माओवादीले लेखराज भट्ट र गोपाल किराँतीलाई पठाउने तयारी गरेको छ । तर महिलालाई पनि पठाउनु पर्ने दबाब बढेमा भट्ट र किराँती मध्ये एक जनालाई मात्रै पठाइने स्रोतले जनाएको छ । मधेसी मोर्चामा रहेको फोरम लोकतान्त्रिकले आफ्नो भागमा परेको रक्षा मन्त्रीमा शरतसिंह भण्डारी र वातावरण मन्त्रीमा हेमराज तातेडलाई पठाउने निर्णय सहित प्रधानमन्त्रीलाई नाम बुझाएको छ । यस्तै गृहराज्यमन्त्रीमा भीमराज राजवंशी, रक्षा राज्यमन्त्रीमा रामबच्चन यादव, वनराज्यमन्त्रीमा लक्ष्मण महतो र वातावरण राज्यमन्त्रीमा दुर्गादेवी महतोको नाम सिफारिस गरेको फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले जानकारी दिनुभयो । तमलोपाले कानून मन्त्री र तमलोपा नेपालले महिला मन्त्रालयमा नयाँ मन्त्री पठाउने तयारी गरेपनि सिफारिस गरेका छैनन् ।
 
 
Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया