MENU

राजनीति

Ncell Axiata
NIC Asia

बसको टिकटमा भैरहेको कालोबजारी रोक्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौं, भदौं २९ — प्रधानमन्त्री डा. बाबुराम भट्टर्राईले बसको टिकटमा भैरहेको कालोबजारी तत्काल रोक्न निर्देशन दिनुभएको छ । श्रम तथा यातायात व्यवस्था मन्त्रालयका सचिव रामहरि अर्याललाई आफ्नो कार्यकक्षमा बोलाएर प्रधानमन्त्रीले तत्काल कालोबजारी रोकेर दशैंमा घर जान र्सवसाधारणले बसको टिकट पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको हो ।

 

काठमाण्डूबाट बाहिर जाने बसको टिकटमा कालोबजारी भएकोले रोक्न आग्रह गर्दै नयाँ बानेश्वरका प्रेम केसीले इमेल पठाएपछि त्यसलाई गंभीरतापूर्वक लिँदै कालो बजारी गर्ने र टिकट सकिएको बहाना गर्नेलाई कारवाही गर्नपनि प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ । केसीले बुधवार टिकटको कालो बजारी भैरहेको भन्दै रोक्न इमेल पठाएको प्रधानमन्त्रीका सहयोगी विश्वदीप पाण्डेले जानकारी दिनुभएको छ । तपाइँका पनि केही गुनासा भए प्रधानमन्त्रीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया