MENU

राजनीति

ujyaalo forign call inside

शान्ति र संविधानका लागि माओवादी हदैसम्म लचक : प्रचण्ड

काठमाडौं, भदौ २९ — एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति र संविधानका लागि माओवादीले हदैसम्मको लचकता अपनाउने बताउनुभएको छ ।

 

देशभक्त गणतान्त्रिक एकता अभियानले विहीवार काठमाडौंमा गरेको कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्डले शान्ति र संविधानलाई निष्कर्षमा पुर्याउने मुख्य जिम्मेवारी माओवादीको भएकोले लचिलो हुने बताउनुभयो ।

‘आगामी मंसिर १४ सम्म शान्ति प्रकृयाका आधारभूत काम सक्ने र संविधानको पहिलो मस्यौदा ल्याउने हाम्रो कोसिस छ’, कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भन्नुभयो, ‘यसमा अरु दल लचक नभए त्यसको फैसला जनताले गर्नेछन् ।’

कार्यक्रममा बोल्दै माओवादीका वरिष्ठ उपाध्यक्ष मोहन बैद्य ‘किरण’ले शान्ति र संविधानमा माओवादी लचिलो भएपनि अरु दलले पुरानै खालको संविधान र पूरानै व्यवस्था राख्न चाहेको बताउनुभयो । यस्तै अवस्था रहे शान्ति र संविधान बन्न नसक्ने वैद्यको भनाई थियो ।


‘हामी शान्ति विरोधी होइनौँ तर मुर्दा शान्तिका पक्षमा पनि हामी छैनौँ’, वैद्यले पार्टी भित्रको बहसतर्फ ईगिंत गर्दै भन्नुभयो, ‘कहिलेकाँही वर्ग संघर्षका बारेमा बाहिर गएर पनि छलफल गर्नु पार्टीको विधि र नियम अनुसार नै हो ।’ पार्टी भित्र र बाहिरको छलफल र बहसलाई अन्यथा नलिन आग्रह गर्दै वैद्यले पार्टी नफूटन्े बताउनुभयो ।

उपाध्यक्ष वैद्यले प्रचण्डलाई सर्वहारा वर्गको नेता बनेर क्रान्त्रि गर्न आग्रह गर्नुभयो । अध्यक्ष प्रचण्डले भने वैद्य र आफूलाई एउटै मञ्चमा राखेर पार्टी भित्र देखिएका भ्रम चिर्न सजिलो बनाएको टिप्पणी गर्नुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया