MENU

राजनीति

Ncell Axiata
NIC Asia

प्रधानमन्त्रीद्वारा मन्त्रिपरिषद विस्तार, नयाँ मन्त्रीद्वारा सपथ

काठमाडौं, भदौ २९, प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराइले बिहीवार मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । आफ्नै दल माओवादी, र मधेशी मोर्चाबाट थप गरी प्रधानमन्त्री तेस्रो पटक मन्त्रिपरिषद विस्तार गर्नुभएको हो ।

 

राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीले रक्षामन्त्रीमा फोरम लोकतान्त्रिकका शरतसिंह भण्डारी, वाणिज्य तथा आपूर्तीमा माओवादीका लेखराज भट्ट, संस्कृति मन्त्रीमा माओवादीका गोपाल किराँती, कानून मन्त्रीमा तर्राई मधेश लोकतान्त्रिकका पार्टीका वृजेश कुमार गुप्ता, वातावरण मन्त्रीमा फोरम लोकतान्त्रिकका हेमराज तातेड  र उद्योग मन्त्रीमा संघीय सद्भावना पार्टीका अनिल कुमार झालाई पद तथा गोपनियताको सपथ गराउनु भएको हो ।

यस्तै फोरम लोकतान्त्रिकले गृहराज्यमन्त्रीमा भीमराज राजवंशी, रक्षा राज्यमन्त्रीमा रामबच्चन यादव, वनराज्यमन्त्रीमा लक्ष्मण महतो र वातावरण राज्यमन्त्रीमा दुर्गादेवी महतोको नाम सिफारिस गरेको छ । सद्भावनाले स्वास्थ्य राज्यमन्त्रीमा सरोजकुमार यादवलाई पठाएको छ । राज्यमन्त्रीहरुको सपथ शुक्रवार हुने छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया