MENU

समाज

ujyaalo forign call inside

ब्रेललिपिमा पाठ्यपुस्तक उपलव्ध नगराए सिंहदरवार घेर्ने चेतावनी

काठमाडौं, माघ ११ – दृष्टिविहिनहरुले आगामी शैक्षिकसत्रभित्र ब्रेललिपिमा आधारित पाठ्यपुस्तक उपलव्ध नगराए सिंहदरवार घेराउ गर्ने चेतावनी दिएका छन् । शिक्षा पत्रकार सञ्जालले बिहीबार गरेको कार्यक्रममा नेपाल नेत्रहीन संघका अध्यक्ष नरबहादुर लिम्वूले संवेदनशील बिषयमा समेत सरकारले खेलवाड गरेको आरोप लगाउनुभयो ।

देशभरका ७८ विद्यालयमा झण्डै १५ सय दृष्टिविहिन विद्यार्थी छन् । ब्रेललिपी छपाइका लागि अनुदानको व्यवस्थाबारे तयार पारेको फाइल केही दिन अघि मन्त्रीपरिषदबाट निर्णय बिना फिर्ता भएको थियो ।

शिक्षा मन्त्रालयका सहप्रवक्ता डा. रोजनाथ पाण्डेले ब्रेललिपी छपाइ पक्रिया छिट्टै हुने बताउनुभयो ।

Mitsubishi

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Skill Training
पछिल्ला समाचारहरु

सोसल मिडिया