MENU

बातावरण-कृषि

USAID

गहुँ यसरी भण्डारण गरौं

काठमाडौ, बैशाख १० – गहुँलाई राम्ररी सुकाएर मात्र भण्डारण गर्न कृषि विज्ञले सुझाव दिएका छन् ।

वर्षाका कारण बोट र दाना भिजेको हुँदा घाममा राम्ररी सुकाएर मात्र भण्डारण गर्नुपर्ने नार्कका बरिष्ठ बैज्ञानिक डा. ध्रुवबहादुर थापाले बताउनुभयो ।

चिस्यानले उम्रने र ढुसी पर्ने समस्या बढाउने भएकाले ध्यान दिनुपर्ने उहाँको भनाई छ । लगाउने बेला राम्रोसँग पानी नपरेर हैरान भएका किसान गहुँ भित्र्याउने बेला भएको वर्षाले थप समस्यामा परेका छन् । अहिलेको पानीले वर्षेबालीलाई फाइदा भएपनि गहुँ, जौ, चना लगायतका हिउँदेबालीमा भने नोक्सानी पुर्याएको छ ।

अहिले तराई र बेंसी क्षेत्रमा गहुँ भित्र्याउने काम भैरहेको छ । पहाडी क्षेत्रमा जेठको मध्यसम्म गहुँ भित्र्याउने गरिन्छ । यसपटक लगाउने बेला जमीन सुख्खा रहेकाले कतिपय ठाउँमा गहुँखेती नै हुन सकेको छैन । पोहोर मौसम अनुकूल भएकाले गहुँको उत्पादन राम्रो भएको थियो ।

पोहोर झण्डै सातलाख ६५ हजार हेक्टर क्षेत्रफलमा गहुँखेती भएकोमा प्रतिहेक्टर २४ सय १२ किलोको दरले उत्पादन भएको थापाले जानकारी दिनुभयो । यसवर्ष योभन्दा कम उत्पादन हुने अनुमान छ । तराई, उपत्यका र पहाडी क्षेत्रमा गहुँखेती हुँदै आएको छ । धान र मकैपछि गहुँ नेपालको अर्को मुख्य खाद्यान्न बाली हो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • मनसुन पूर्वतयारी योजना निर्माण गरिने

    तेह्रथुम, चैत १३ – वर्षाको समयमा हुन सक्ने सम्भावित प्रकोपको जोखिम न्युनिकरणका लागि जिल्ला दैवी प्रकोप उद्धार समितिले मनसुन पूर्वतयारी योजना निर्माण गर्ने भएको छ । समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी असमान तामाङको संयोजकत्वमा आइतबार बसेको समितिको बैठकले योजना निर्माण गर्ने निर्णय गरेको हो ।

  • ​लमजुङमा चैते धान रोप्ने चटारो, ८० प्रतिशत रोपाइँ सकियो

    लमजुङका किसानहरुलाई यत्तिबेला चैते धान रोप्ने चटारो छ । लमजुङका विभिन्न ठाउँमा किसानहरु चैते धान रोप्न व्यस्त छन् । सिचाँईको सुविधा भएका भोर्लेटार, सत्रसय, सुन्दरबजार, धमिलीकुवालगायतका फाँटहरुमा यत्तिबेला किसानहरुलाई चैते धान रोप्न भ्याईनभ्याई छ ।

  • ​काठमाडौंमा तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो हुँदै

    काठमाडौं, चैत १३ – काठमाडौंमा चैत १७ गतेदेखि २० गतेसम्म पुष्प प्रदर्शनी सम्बन्धी तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो हुने भएको छ ।

  • असिनाले सोत्तर भयो बाली

    सर्लाही, चैत १२ – सर्लाहीका विभिन्न स्थानमा शुक्रबार राति परेको असिना पानीले सयौं विघा खेतमा लगाएको बाली नष्ट गरेको छ । असिनाले मकै, तरकारी, दलहन खेतीमा क्षति पुर्याएको हजरियाका महेश बरालले जानकारी दिनुभयो।

  • खैरापुरमा कृष्णसारको संख्या बढ्यो

    बर्दियाको कृष्णसार संरक्षित क्षेत्र खैरापुरमा कृष्णसारको संख्या बढदै गएको छ । चैत पहिलो हप्तादेखि संरक्षित क्षेत्रमा लगातार कृष्णसारले बच्चा जनमाउनु र बाँकी रहेका कृष्णसार सुरक्षित हुनुले संरक्षित क्षेत्रमा कृष्णसारको संख्या बढदै गएको हो ।

सबै हेर्नुहोस
Job Vacancy
Foreign Employment Banner
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • भारतले पाकिस्तान र बंगलादेशको सिमामा पर्खाल लगायो भने नेपालले पाउने भुपरिवेष्ठित देशको अन्तर्राष्ट्रिय अधिकार हनन हुन सक्छ । भारतको कदमले नेपालले आयात गर्ने सबै कुरामा भारतकै भर पर्नुपर्ने हुन सक्छ । त्यसैले सरकारले यो विषयमा अहिल्यैदेखि चनाखो बस्नु जरुरी छ ।

    ​रोशन राइ
  • राजनीति गरेँ भन्दैमा स्कुल तथा क्याम्पसमा आगो लगाउन पाइदैन । आफैले ज्ञान लिने ठाउँमा विनास गरेर के गर्न खोजेका हुन् विद्यार्थी संगठनले ।

    ​दिपा डिएच
  • बिबिसी नेपाली सेवाका प्रमुख रबिन्द्र मिश्र राजनितिमा आउने भन्दा खुसी लागेको छ । हाम्रो आशालाई निरासा नबनाइ दिनु होला । केहि गरेर देखाइदिनु होला ।

    ​लेखराज गिरी
सबै हेर्नुहोस

सोसल मिडिया