‘चुनावको वातावरण बनिसक्यो’

  • Posted: Monday, Apr 29, 2013 13:26 PM ( 2 years ago )
Total Views: 2.3 K

संविधानसभा निर्वाचन प्रयोजनका लागि प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा अन्तरिम चुनावी मन्त्रिपरिषद गठन भएको डेढ महिना बितिसक्दापनि चुनावको मिति घोषणा हुन सकेको छैन ।

कात्तिक अन्तिम वा मंसिर पहिलो हप्ता चुनाव गर्ने बताइरहेका राजनीतिक दलहरु सरकारले चुनावको मिति घोषणा नगरेकोमा असन्तुष्ट छन् ।

यसै सन्दर्भमा चुनावका लागि सरकारले गरेको तयारीबारे उज्यालो अनलाइनका दीपेन्द्र कुँवरले गृहमन्त्री माधव घिमिरेसँग कुराकानी गर्नुभएको छ । कुराकानीको सारसंक्षेपः

चुनावको तयारी कहाँ पुग्यो ?

चुनावको तयारी जारी छ । कात्तिक अन्तिम वा मंसिरको पहिलो हप्ता चुनाव गर्ने गरी सरकारले काम गरिरहेको छ । चुनावका लागि आवश्यक संविधा सभा सदस्य निर्वाचन ऐन निर्माण भैरहेको छ । यो कानूनी प्रश्न हो ।

सरकार जतिसक्दो छिटो कानुनी व्यवस्था गर्न लागि परेको छ । निर्वाचनमा सबै दलको सहभागिता रहोस् भनेर प्रयत्नशील छौँ । अर्को चुनावमा व्यापक राजनीतिक सहभागीताका लागि सरकार लागीरहेको छ । वार्ता पनि गरिरहेको छ ।  

दलहरुले सरकारले मिति घोषणा नगर्दा ढिलाइ भयो भनिरहेका छन् नि ?

मिति घोषणा नहुँदैमा वातावरण नबनेको भन्न मिल्दैन । छिटो भन्दा छिटो निर्वाचनको मिति घोषणा गर्न सरकार प्रयत्नशील छ । राजनीतिक दलहरुसँग वार्ता गरिरहेका छौं । ऐन निर्माणको काम पनि भइरहेको छ । मिति घोषणा नहुँदैमा चुनावी वातावरण नबनेको भनेर आशंका गर्नु उचित हैन ।

उसोभए निर्वाचनको वातावरण बनिसकेको छैन भनेर बुझ्दा हुन्छ ?

यो ब्याख्या अलि गलत भयो की जस्तो लाग्छ । राजनीतिक दल लागिरहेका छन, सरकारले आफूलाइ पुरै केन्द्रित गरेको छ । जनतामा चुनावको माहौल तयार भैसकेको छ । त्यसैले सरकारले निर्वाचनको मिति घोषणा गरेन भन्दैमा वातावरण बनेन भन्नु जायज हुँदैन, जनता र राजनीतिक दल चुनाव चाहिरहेका छन् ।

केही दलले आफ्ना असन्तुष्टिहरु राखेका छन् । सरकार सबै दललाई निर्वाचनमा ल्याउन प्रयासरत छ ।

निर्वाचनको मिति घोषणा कहिले हुन्छ त ?

यो अलि गणितीय प्रश्न भयो । यसको ठ्याक्कै उत्तर यही भन्न त कठिन नै हुन्छ । हामी सबै पक्षसँग छलफल र संवादमा छौं । कानुनी र राजनीतिक आधार बन्ने बित्तिकै चुनावको मिति घोषणा भैहाल्छ ।

ऐनमा मिल्न नसकेका कुरा के हुन् ?

ऐनलाई सर्वमान्य बनाउन प्रयास गरिरहेका छौं । समानुपातिक निर्वाचन प्रणालीमा ‘थ्रेसहोल्ड’ का कुरा पनि छन् । यी सबै विषय मिलाउने प्रयास जारी छ । केही मत–मातान्तर देखिएका छन्, त्यसलाई स्वभाविक मान्नुपर्छ ।

हामी यी विषयमा राजनीतिक दल तथा निर्वाचन आयोगसँग छलफल गरिरहेका छौं । सरकार पनि विभिन्न क्षेत्रबाट आएका सुझावलाई समेटेर अघि बढ्छ ।

तपाईं सरकारी वार्ता टोलीका संयोजक हुनुहुन्छ । सरकारले राजीनामा दिनुपर्छ भन्ने माग पनि उठेका छन् । छलफल र वार्ता कसरी अघि बढेको छ ?

यो सरकार विस्थापन हुँदैन । यो सरकारको मुख्य दायित्व संविधानसभाको निर्वाचन सम्पन्न गरेर मुलुकको राजनीतिलाई ठिक ठाउँमा ल्याउने हो । मुलुकको मुल मुद्दा पनि यही हो । त्यसैले यो सरकारलाई हटाउने भन्ने कुरै आउँदैन । मुलुकको राजनीति कहिलेसम्म बिग्रिरहने भन्नेतर्फ पनि सोच्नुपर्छ ।

संविधान निर्माणको विषयलाई ओझेलमा राखेर अरु मुद्दा अगाडि ल्याउन हुँदैन । सबै राजनीतिक दलको नेतृत्वले पनि यो कुरा बुझ्नुभएको छ । सबै पक्षलाई सरकारको यही आग्रह रहन्छ ।

कतिपय दलहरु वार्ता गर्न मानिरहेका छैनन् । के अनौपचारिक कुरा भैरहेको छ ?  

उहाँहरुले हामीसँग चुनावमा भाग लिँदैनौं भन्नु भएको छैन । तर म विश्वस्त छु उहाँहरुले निर्वाचनमा भाग लिनुहुन्छ । हामी भनेकै दिन निर्वाचन सम्पन्न गर्छौं । सरकार त्यसैको वातावरण बनाइरहेको छ ।

मतदाता नामावली संकलनमा त अवरोध भैरहेको छ । कसरी वातावरण बन्यो भन्ने ?

राजनीतिक रुपमा कसैले आफ्नो  धारणा राख्नु अनुचित हैन । तर निर्वाचनको वातावरण बनिसकोले सबै दलले निर्वाचनमा भाग लिन्छन् भन्ने सरकाको विश्वास हो । सरकारले निर्वाचन गरेरै छोड्छ ।

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • काठमाण्डू सेल्फीको विमोचन काठमाण्डू सेल्फीको विमोचन

    काठमाडौं, भदौ ११ – सञ्चारकर्मी, साहित्यकार तथा चलचित्रकर्मी प्रकाश सायमीले लेखेको पुस्तक काठमाण्डू सेल्फीको शुक्रबार विमोचन भएको छ ।

  • पथिकको ‘युनिका’ मह जोडीद्वारा विमोचन पथिकको ‘युनिका’ मह जोडीद्वारा विमोचन

    काठमाडौं, भदौ ६ – मोफसलका लेखक घनश्याम पथिकको उपन्यास ‘युनिका’को एक कार्यक्रमबीच विमोचन गरिएको छ । शनिबार काठमाडौंको बत्तीसपुतली स्थित शिल्पी थिएटरमा भएको कार्यक्रममा नेपाली वरिष्ठ हाँस्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले संयूक्त रुपमा विमोचन गर्नुभयो ।

  • कविता : अब जन्मदैनन् देवी देवता कविता : अब जन्मदैनन् देवी देवता

    दिव्य बज्राचार्य - सयौं वर्ष अगाडी जन्मेका बुद्ध के हामीलाई पुगेको हो र ? हजारौं वर्ष अगाडी जन्मेका कृष्ण के हामीलाई पुगेको हो र ? नारीलाई हुने अत्याचार विरुद्ध लड्न देवी दुर्गा हुनुपर्ने समय हो अज्ञानलाई हटाउने माता सरस्वती हुनुपर्ने समय हो

  • बेल्जियममा नेपाली साहित्य सम्मेलन बेल्जियममा नेपाली साहित्य सम्मेलन

    सन्तोष न्यौपाने/उज्यालो । बेल्जियम, भदौ १ – बेल्जियममा अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन भएको छ । नेपाली भाषा तथा साहित्यको प्रचार प्रसार एवं संरक्षण गर्ने उदेश्यले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले सम्मेलन गरेको हो ।

  • चितवनका सार्वजनिक भित्तामा कला चितवनका सार्वजनिक भित्तामा कला

    राधेश्याम खतिवडा/उज्यालो । चितवन, साउन ३१ – राजनीतिक दलका नाराले भरिने चितवनका पर्खालहरु अव सृजनात्मक कलाले भरिन थालेका छन् । आम सारोकारका विषयमा चित्र मार्फत सन्देश दिन अक्षर समूह चितवनको अगुवाईमा भित्तामा कला नाम दिएर चित्रकला बनाउन सुरु गरिएको छ ।

Join us on Facebook