MENU

खेल

Ncell Axiata
USAID

डिभिजन थ्री क्रिकेट: नेपालले ओमानलाई हरायो

काठमाडौ, बैशाख २० – आइसिसी विश्व क्रिकेट लिग डिभिजन थ्रीमा बिहीबार राति नेपालले ओमानलाई २८ रनले हराएको छ । १ सय ६१ रनको लक्ष्य पच्छ्याएको ओमान ४६ दशमलव ४ ओभरमा १ सय ३२ रनमा अलआउट भयो ।

सञ्जम रेग्मी र बसन्त रेग्मीले समान २/२ तथा पारस खड्का, पृथु बाँस्कोटा र शक्ति गौचनले एक÷एक विकेट लिए । पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेलेर ९ विकेटको क्षतिमा १ सय ६० रन बनाएको थियो ।

ज्ञानेन्द्र मल्लले ३४, विनोद भण्डारीले ३२, पारस खड्काले २८, शरद भेषावकरले २७ रनको योगदान गरे भने अरु खेलाडीले दोहोरो अंकको स्कोर बनाउन सकेनन् । सुवास खकुरेल र शक्ति गौचनले १, अनिल मण्डलले ७, बसन्त रेग्मीले ५, पृथु बास्कोटाले ६, चन्द्र साउदले नटआउट ६ र सञ्जम रेग्मीले नटआउट ४ रन जोडे ।

जितपछि नेपाल अंक तालिकाको तेश्रो स्थानमा उक्लिएको छ । यो संगै नेपालको कम्तीमा पनि डिभिजन तीनमै कायम रहने सम्भावना बढेको छ ।

प्रतियोगिता अन्तर्गत बिहीबार राति नै भएका अरु खेलमा बर्मुडाले इटलीलाई ६० रनले तथा युगान्डाले अमेरिकालाई ८२ रनले हरायो । नेपालले अन्तिम खेल शुक्रबार इटलीसंग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Foreign Employment
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नेताहरुको चाला हेर्दा स्थानिय तहको चुनाव गर्ने कुरा नाटक मात्रै हो कि जस्तो लागेको छ । हामी कहिलेसम्म जनप्रतिनिधी विहिन हुनुपर्ने हो कुन्नी ?

    ​अविकिरन डिसी
  • सोलिडारिटीकप जितेका खेलाडीलाई सरकारले ३ लाखका दरले पुरस्कार दिएको सुन्दा खुसी लाग्यो । ढिलै भएपनि सरकारले राम्रै काम गरेको छ । खेलाडीको सफलतामा हौसिएर पुरस्कार घोषणा गर्ने तर नदिने प्रथाको अन्त्य हुनुपर्छ ।

    ​देवेन किशोर अन्जान
  • दयाहाङ राई र सौगात मल्ल उत्कृष्ट नायक भएको खबर सुनेर लाग्यो, चिल्लो गाला र ठुलो पाखुरा देखाएर ठुलो स्वरमा चिच्याउँदैमा फिल्म चल्दैन। यदि अभिनय जान्दैन भने कसैको केही लाग्नेवाला छैन ।

    ​तिर्थ अधिकारी
सबै हेर्नुहोस

सोसल मिडिया