MENU

अर्थ

Ncell Axiata
USAID

काठमाडौमा काउलीको भाउ घट्यो

काठमाडौ, बैशाख २० – प्रशस्त भित्रिएपछि काठमाडौका थोक बजारमा काउलीको भाउ घटेको छ ।

कालिमाटी थोक बजारमा ७ सय मेट्रिक टनको हाराहारीमा तरकारी भित्रिएकोमा काउली मात्रै डेढसय मेट्रिक टन रहेको छ । धेरै आएकाले बिहीबारको तुलनामा शुक्रबार काउलीको भाउ २० प्रतिशतले घटेको बिक्रेताहरुले बताएका छन् ।

शुक्रबार काउली किलोको १२ देखि १४ रुपैयाँमा किनबेच भइरहेको छ । तराईमा सिजन सकिएपनि पहाडी क्षेत्रमा प्रशस्त उत्पादन भएकाले काउलीको भाउ घट्दै गएको हो ।

काठमाडौमा भाउ घट्न थालेपछि काउली तराईतिर जान थालेको छ । काठमाडौको थोक बजारमा अरु हरियो तरकारीको भाउ पनि बढेको छैन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
Nepal Life Insurance
Job Vacancy
पछिल्ला समाचारहरु

सोसल मिडिया