अमेरिकामा आत्महत्या किन बढ्यो ?

  • Posted: Friday, May 03, 2013 12:55 PM ( 2 years ago )
Total Views: 1.9 K

बैशाख २० – अमेरिकामा ३५ देखि ६४ वर्ष उमेर समूहका मानिसमा आत्महत्याको दर तीब्र रुपमा बढेको पाइएको छ ।

अमेरिकी रोग नियन्त्रण तथा निवारण केन्द्र सिडिसीको नयाँ तथ्याङ्क अनुसार पछिल्लो एक दशकमा २८ प्रतिशतले आत्महत्याको दर बढेको हो ।

३५ देखि ६४ वर्ष उमेर समूहका मानिसले गर्ने आत्महत्या अमेरिकामा हुने कुल आत्महत्याका घटनाको ५७ प्रतिशत रहेको सिडिसीले जनाएको छ । अरु उमेर समूहको आत्महत्याको दरमा उल्लेख्य परिवर्तन आएको छैन ।

सन् २००९ देखि सडक दुर्घटनामा भन्दा धेरै अमेरिकी नागरिकहरुको आत्महत्याका कारण ज्यान गएको छ । केन्द्रले आत्महत्याका कारणबारे अनुसन्धान नगरेपनि हालैको आर्थिक मन्दीका कारण आत्महत्या भएको हुनसक्ने अनुमान गरेको छ ।

सिडिसीका निर्देशक टम फ्राईडेनले पछिल्लो तथ्याङ्कले जोखिमका कारणबारे विस्तृत रुपमा बुझ्नुपर्ने आवश्यकता औंल्याएको भन्दै त्यसले रोकथाम कार्यक्रम ल्याउन मद्दत गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • कथा: राजधानी सडक कथा: राजधानी सडक

    रमेश गिरी आशा - हातखुट्टा जोडेर मुटुबाट भएभरको रगत फाल्दा पनि शरीर नतात्ने पुस, माघको जाडो चारैतिर व्याप्त छ, गरिबीको व्यग्रताबाट पिल्सिएर जीविकोपार्जनको निम्ति भौतारिँदै काठमाडौं आएका हर्के र पिर्के असमञ्जसमा पर्छन् ।

  • अम्बर गुरुङले अस्पतालमै मनाए ७८ औं जन्मदिन अम्बर गुरुङले अस्पतालमै मनाए ७८ औं जन्मदिन

    काठमाडौं, फागुन १४ – राष्ट्रगानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङले आफ्नो ७८ औं जन्मदिन अस्पतालमै मनाउनुभएको छ ।

  • कस्तो छ अम्बर गुरुङलाई ? कस्तो छ अम्बर गुरुङलाई ?

    काठमाडौं, फागुन १२ – ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचारका लागि भर्ना हुनुभएका राष्ट्रगानका संगीतकार तथा संगीत तथा नाट्यकला प्रतिष्ठानका प्रथम कुलपति अम्बर गुरुङको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आइरहेको छ।

  • अहिलेसम्मकै ठुलो गजल संग्रह अक्षरहरुको पिरामिड सार्वजनिक अहिलेसम्मकै ठुलो गजल संग्रह अक्षरहरुको पिरामिड सार्वजनिक

    चितवन, भरतपुर ९ - हाम्रो मझेरी साहित्य प्रतिष्ठानले शनिबार भरतपुरमा साहित्य उत्सव गरेको छ । प्रतिष्ठानले कृति विमोचन, स्रष्टा सम्मान तथा रचना वाचनलगायतका कार्यक्रमसहित उत्सव गरेको हो ।

  • कविता : नयाँ सिमाना

    एकल यात्री ओ महाशय ! तिमीले कसरी भन्यौ ? मेरा खाली पैतला हेरेर मेरा पैतलाको धुलो यो देशको होइन !

Join us on Facebook