अर्थ

ncell

यो हप्ता सुन ५ सय रुपैयाँ घट्यो

काठमाडौ, बैशाख २० – सुनको भाउ यो हप्ता ५ सय रुपैयाँले घटेको छ । आइतबार र सोमबार सुनको भाउ प्रतितोला ५३ हजार रुपैयाँ तोकिएको थियो ।

मंगलबार २ सय रुपैयाँ घटेर ५२ हजार ८ सय रुपैयाँ कायम भयो र बुधबार पनि त्यतिनै भाउमा कारोबार भएको थियो ।

बिहीबार फेरि एकैदिन ८ सय रुपैयाँ घटेकोमा शुक्रबार अन्तिम दिन भने ५ सय रुपैयाँ बढेर सुनको भाउ ५२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

चाँदी भने हप्ताको पहिलो र अन्तिम दिन एउटै भाउ कायम भएको छ । चाँदी गएको शुक्रबारदेखि ९ सय १० रुपैयाँ रहेकोमा विहीबार तोलामा १५ रुपैयाँ घटेर ८ सय ९५ रुपैयाँमा झरेको थियो ।

शुक्रबार फेरि १५ रुपैयाँ बढेर ९ सय १० रुपैयाँमा नै कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • डेढ महिनाभित्र खिम्ती ढल्केबर प्रसारण लाइन

    खिम्ती-ढल्केबर प्रसारण लाइन आगामी डेढ महिनाभित्र सम्पन्न हुने भएको छ । ऊर्जामन्त्री जनार्दन शर्मालाई प्राधिकरणका प्रसारण लाइन निर्देशनालयका प्रमुख कनहैया मानन्धर र आयोजना प्रमुख श्यामकुमार यादवले आगामी दसैँ अगावै प्रसारण लाइनको काम सम्पन्न हुने विश्वास दिलाउनुभएको छ ।

  • सुनको भाउ घट्यो

    काठमाडौं, भदौ ९ – सुन भाउ बिहीबार ४ सय रुपैयाँले घटेको छ । बुधबार तोलामा ५९ हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ ५८ हजार ७ सय रुपैयाँमा झरेको हो । चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेको छ ।

  • जगदम्बाले ल्यायो नयाँ छड

    जगदम्बा स्टिल्सले राइनो ५०० डी नामको नयाँ फलामे छड ल्याएको छ । राइनो ५०० डी पहिले निकालिएकाे छडभन्दा राम्रो भएको कम्पनीको दाबी छ । उत्पादन प्रक्रिया, भौतिक तथा रसायनिक गुणको मिश्रणले अन्य उत्पादन भन्दा विशेष रहेको जगदम्बाले जनाएको छ ।

  • महेन्द्र मञ्जिल फेरि झलमल्ल

    काठमाडौ, भदौ ६ – उर्जामन्त्री जनार्दनको शर्माको निर्देशनपछि पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मीदेवी शाह बस्दै आएकोे महेन्द्र मञ्जिलमा काटिएको बिजुलीको लाइन जोडिएको छ ।

  • ​पुल्चोक साझाको डिजेल बेच्ने पम्पमा शिलबन्दी, पेट्रोलको भने खुल्ला

    काठमाडौं, भदौ ६ - पेट्रोलियम पदार्थ बिक्री गर्दा ठगी गरेको भन्दै ललितपुर पुल्चोकको साझा पेट्रोल पम्प र कुमारीपाटीको महायान पेट्रोल पम्पमा सिलबन्दी गरिएको छ ।

सबै हेर्नुहोस
USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • सुन्नेहरुको सुझावका आधारमा उज्यालोले खेलकुद विशेष कार्यक्रम स्पोर्ट विक सुरु गरेकोमा धेरै खुशी लाग्यो ।

    ​भुपाल डाँगी
  • पछिल्लो समय सुदुरपश्चिममा गौरा पर्वको रौनक कम हुँदै गएको छ । सांस्कृतिक चाडमा पहिलेको भन्दा छाडा प्रवृत्ति देखिएको छ । यस्तै हो भने हाम्रा सांस्कृतिक चाड बिस्तारै लोप होला जस्तो लाग्यो । त्यसैले यसप्रति चाड मनाउनेको ध्यान जाओस अनि प्रचारप्रसारमा सञ्चार माध्यमले पनि प्रयास गरुन् ।

    जयराम धामी
  • राहुल पाठक भोटको राजनीति गर्न वर्ष दिनअघि सरकारले तँछाड मछाड गर्दै नगरपालिका घोषणा गरे तर अब चुनाव हुँदा ति नगरपालिका कता विलय हुने हुन् थाहा छैन । २ वर्षपछि के होला भनेर पनि सोच्न नसक्ने सरकारले ५० वर्षपछिका सपना देखाउनु लाजमर्दो कुरा हो ।

    ​राहुल पाठक
सबै हेर्नुहोस

सोसल मिडिया