मनोरञ्जन

ncell

मिस नेपाल अमेरिकाको आवेदन खुल्यो

काठमाडौं, बैशाख २१ - अमेरिका बस्दै आएका नेपाली युवतीहरुले भाग लिन पाउने सुन्दरी प्रतियोगिता मिस नेपाल युएस–२०१३ को आवेदन खुलेको छ ।

३ वर्षदेखि हुँदै आएको प्रतियोगिता आगामी अगस्ट १७ अर्थात भदौ १ गते न्यूयार्कस्थित क्विन्स थिएटरमा हुने आयोजक संस्था इभेन्ट प्लानेट इनकर्पोरेसनले जनाएको छ ।

प्रतियोगितामा सहभागिता जनाउन इच्छुक नेपाली अमेरिकी युवतीले आउँदो ७ जुलाईसम्ममा आवेदन दिन सक्ने आयोजकले जनाएको छ । ‘युवामा सशक्तिकरण नेपाललाई बढावा’ भन्ने नाराका साथ यो प्रतियोगिता गर्न लागिएको हो ।

मिस नेपाल अमेरिकाको विजेताले ५ हजार अमेरिकी डलर तथा नेपाल भ्रमणका लागि हवाई टिकटसमेत पाउने छन् ।

यस्तै द्वितीय हुनेले ३ हजार र तृतीय हुनेले २ हजार डलर पाउने छन् । प्रतियोगितामा १७ देखि २६ वर्ष भित्रका युवतीहरुले सहभागिता जनाउन पाउने आयोजक संस्था इभेन्ट प्लानेट इनकर्पोरेसनले जनाएको छ ।

यसअघि सन् २०१२ को मिस नेपाल अमेरिकाको उपाधि आस्था श्रेष्ठले तथा सन् २०११ को उपाधि सुजिता बस्नेतले जितेका थिए ।

अनलाइन मार्फत आवदेन दिन चाहनेहरुले यहाँ क्लिक गर्नुहोला ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • चार नेपाली सेलिब्रेटी जोडी, जो बिहे नगरी सँगै बसे

    आधुनिकताको नाममा पछिल्लो पुस्ता लिभिङ टुगेदर अर्थात विवाहपूर्व सँगै बस्ने प्रवृत्ति बढ्दै गएको छ । विशेष गरी सहरका युवापुस्ता यस मामिलामा अघि छन् । लिभिङ टुगेदरले समाजमा विकृति भित्रने भन्ने विचार राख्ने जमात यकातिर छ भने केही आधुनिक युवा भने यसले माया झाङ्गिने विश्वास राख्छन् ।

  • सँगै बसेका छौँ, बिहे कहिले हुन्छ थाहा छैन : नायिका मेनुका प्रधान

    सिनेमा रेशम फिलीलीबाट चर्चामा आएकी नायिका मेनुका प्रधानले सिनेमाका साथै केही आइटम गीत र नाटकमा पनि काम गरेकी छिन् । हाल उनले अभिनय गरेको सिनेमा पुरानो डुङ्गा हलमा छ । सिनेमामा उनले गरेको कामलाई धेरैले प्रशंसा गरेका छन् ।

  • ‘माई सोल’ लिएर आए धिरज

    काठमाडौं, मंसिर १९ – गायक धिरज धुतराज एकल एल्बम ‘माई सोल’ लिएर आएका छन् । गायक धुतराजको एल्बमको वरिष्ठ नृत्य निर्देशक तथा साहित्यकार भैरवबहादुर थापाले शनिबार विमोचन गर्नुभयो ।

  • आर्यनको सन्तान कहिले ? सपना हाँस्दै भन्छिन्–सन्तानका बारेमा धेरै सोचेका छौं

    काठमाडौं, मंसिर १८ – सेलिब्रेटीको प्रेम, विवाह र सन्तानको बारेमा सबैलाई जान्न मन लाग्छ । चक्लेटी अभिनेता आर्यन सिग्देल विवाह बन्धनमा बाँधिएको दुई वर्ष भइसकेको छ ।

  • प्रेममा सीमा पार गर्ने बलिउड कलाकार

    मानिस प्रेममा जे पनि गर्न तयार हुन्छ भनिन्छ । आम मानिस जस्तै सेलिब्रेटीहरु पनि यसमा चुकेका हुँदैनन् । बलिउड सेलिब्रेटीकै कुरा गर्ने हो भने प्रेममा परेका केही सेलिब्रेटीले प्रेमी र प्रेमिकाको लागि गरेका केही किस्सा हाम्रै आँखा अघि छन् । जसमा सबैभन्दा अगाडि छिन् अभिनेत्री परवीन बाबी ।

सबै हेर्नुहोस
USAID
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • संघीयता खारेजको कुरा उठिसकेकाले पहिला संघीयता के हो अनि यसको आवश्यकता किन भन्ने कुरा प्रत्येक नागरिकलाई बुझाउन जरुरी छ सरकार ।

    ​अजित
  • सुनसरीम बंगलादेशी नागरिकले नेपाली नागरिकता लिएको खबर सुनेर अचम्म लाग्यो । अरु देशका नागरिकलाई वंशज नागरिकता लिन प्रकृया पुर्याउनु नपर्ने, नोट भए प्रकृया पुग्ने । आफ्नै नागरिकले केही काम गर्नु पर्यो भने अनेक प्रक्रिया पुर्यााउन पर्ने कर्मचारी ।

    राम राना
  • प्रधानमन्त्रीलाई संविधान संसोधन गर्न उक्साएर पछी हट्नु मधेसी मोर्चाको कहाँसम्मको राजनैतिक बेइमानी हो ? यसले त यो उहाँहरुको एजेण्डा होइन भन्ने प्रमाणित भएन नी हैन र ? अर्काको एजेण्डा बोक्नेसँग कसरी सहमति हुन्छ त ?

    ​तिलक महतो
सबै हेर्नुहोस

सोसल मिडिया