समाज

ncell

पण्डित–पुरोहितले बढाएको सम्बन्ध

गोपाल गड्तौला/ उज्यालो ।

झापा – श्रीप्रसाद पौडेलको घर पश्चिम झापाको दमकमा पर्दछ । उहाँ दमकको बिच शहरमा रहेको पशुपतिनाथको मन्दिरमा बितेको २० बर्षदेखि पुजारी काम गरिरहनुभएको छ । धेरैको बिहे ब्रतबन्ध गरिदिनुभएको छ पण्डित श्रीप्रसाद पौडेलले । अनि शरणार्थी पुरोहित पण्डितहरुसँगै ठुल्ठुला साँस्कृतिक यज्ञ अनुष्ठान पनि सम्पन्न गरेको अनुभब छ उहाँसँग ।

शरणार्थी शिरिबमा हुने तिथी श्राद्धदेखि ठुल्ठुला पूजा अनुष्ठानहरुमा कयौंपटक शरणार्थी र स्थानीय पुरोहित पण्डितहरुसँग एकै आशनमा बसी यज्ञ गरेका पौडेल भन्नुहुन्छ, ‘शिबिरका गुरु पुरोहितहरुले बिधि पुर्‍याएर काम गर्नुहुन्छ ।’

दमकका पण्डित श्रीप्रसाद झैं मोरङको शनिश्चरे शरणार्थी शिबिरका पण्डित खेम नेपालको पनि उस्तै अनुभव छ । शरणार्थी भए पनि शिविर आसपासका धेरै हिन्दु घरहरुका पुरोहितको रुपमा पुजिएर उहाँले दान दक्षिण ग्रहण गर्नु भएको छ । प्राय त उहाँ भागवत वाचनमा बढि देखिनुहुन्छ ।

शरणार्थी शिविरमा रहेपनि वरिपरिको चारगाँउको नेपाली बस्तिमा चिनिएका पण्डित खेम भन्नुहुन्छ, ‘भागवत बाचाका लागि शिबिर बाहिर जाँदा मलाई पराईकहाँ गएको जस्तो पटक्कै लाग्दैन् ।’

बितेको २२ बर्षमा दमक ५ पिपिरेका पुरोहित लक्ष्मीप्रसाद ढकालले पनि धेरैपटक शरणार्थी शिबिरका छाप्रामा पुगी साँस्कृतिक कर्मकाण्ड उतारी सक्नुभएको छ । बैशाखको दोस्रो हप्ता उज्यालो अनलाइनले भेट्दा शिविरमा एउटा तेह्रदिने शुद्धी शान्तीको काममा उहाँको जजमानी चलिरहेको थियो ।

खास किसिमको ज्ञान भएका गुरुपुरोहितहरु शरणार्थी शिबिरका हुन वा शिविर बाहिरका रैथाने हुन, आवश्यकता र अवस्थाले दुबैतिर कर्मकाण्डमा उनीहरु पुजिएकै छन् ।

उत्तरी दमकको बेलडाँगी शरणार्थी शिबिर छेउमा भेटिएका दलसिंह बिष्टले लामो समयसम्म बेलडाँगी १ शरणार्थी शिविरका गौतम पण्डितलाई कर्मकाण्ड गराउनुभयो ।

तर बितेका केहि बर्षयता शरणार्थी शिबिरमा पुनर्बासको बाटो खुलेको छ । ८० हजार हाराहारीमा भुटानी शरणार्थी तेस्रो देश पुनर्बासमा गइसकेका छन् । जानेहरुमा पुरोहित पण्डितहरु प्नि धेरै थिए । जसका कारण हिजो आज शिबिरमा पुरोहित पण्डितको संख्या पातलिँदै गएको छ ।

आफूले पुजेका बेलडाँगी १ का गौतम पण्डित परिवारका साथमा पुनर्बासका लागि अमेरिका हानिएपछि हिजोआज गाउँकै पुरोहितबाट काम उतार्न थाल्नुभएको छ दलसिंह बिष्ट ।

त्यसो त शरणार्थी शिबिरमा  पुरोहित पण्डितहरुको संख्या पुनर्बासका कारण दिनदिनै घटिरहेको भएपनि बचेका एकदुई पुरोहित पण्डितहरुको व्यस्तता निक्कै छ ।

बेलडाँगी २ का एकजना शरणार्थी पण्डित भोलानाथ घिमिरे भागवत बाचनमा बढ्ता देखिनुहुन्छ । महिनाका दुई हप्ता जति त उहाँ शिबिर बाहिर नै भेटिनुहुन्छ ।  

न्वारन, तिथी श्राद्ध, पुजाआजा, मरुमराउ, बिहे ब्रतबन्ध, स्वस्थानी र सत्यनारायणका पूजाको साथै साइत हेर्ने जस्ता हिन्दु कर्मकाण्डमा अनिवार्य पुरोहित पण्डितहरु चाहिन्छन् । यो आवश्यकता धान्न शिविरभित्रको शरणार्थी समाज र आसपासको स्थानीय समाज एकअर्काका परिपुरक बनेको बनाउनुहुन्छ शरणार्थी पण्डित बासुदेश मिश्र ।

यसरि नजानिदो पाराले शरणार्थी र स्थानिय समाज बिचको सम्बन्धलाई जिवन्त, सुमधुर, मिलापी र मिठो बनाउने काम शरणार्थी र स्थानीय समुदायका गुरु पुरोहितहरुबाट पनि भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

  • प्लाष्टिकजन्य पदार्थमा बन्देज

    काठमाडौं, जेठ १५ – सरकारले प्लाष्टिक तथा प्लाष्टिकजन्य पदार्थ आयात, निर्यात तथा बिक्री वितरण र प्रयोग गर्न नपाइने जनाएको छ ।

  • ​बजेट : हरेक घर उर्जा घर

    काठमाडौं, जेठ १५ – सरकारले नवीकरणीय उर्जा प्रर्वधनका लागि हरेक घर उर्जा घर कार्यक्रम सञ्चालन गर्ने भएको छ । शहरी क्षेत्रमा अब बन्ने नयाँ घरमा अनिवार्य सोलार जडान गर्नुपर्ने छ ।

  • बन्द हड्ताल गरे क्षतिपूर्ति दिनुपर्ने

    काठमाडौं, जेठ १५ – सरकारले औद्योगिक क्षेत्र, आयोजना क्षेत्र, सार्वजनिक लगायत क्षेत्रलाई बन्दहड्ताल मुक्त क्षेत्र घोषणा गरेको छ ।

  • ​जंगली च्याउ खाँदा तीन जनाको मृत्यु, ९ जना विरामी

    भीमकुमार बाँस्कोटा/उज्यालो । पाँचथर, जेठ १५ जंगलबाट ल्याएको च्याउ खाएर पाँचथरका छुट्टाछुट्टै स्थानका तीन जनाको ज्यान गएको छ । अरु ९ जना घाइते भएका छन् । शनिबार बिहान जंगलबाट ल्याएको विषाक्त च्याउ खाएर थर्पु ६ बस्ने धनबहादुर मावोकी ११ वर्षे छोरी एलीजा माबोको ज्यान गएको छ ।

  • पाँचथर कारागारका १८ कैदी छुटे

    पाँचथर, जेठ १५ – पाँचथर कारागारमा कैदी जीवन बिताइरहेका सात जना महिलासहित १८ जना कैदीलाई गणतन्त्र दिवसको अवसरमा मुक्त गरिएको छ ।

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • ​बजेटपछि नयाँ सरकारको नेतृत्व गर्ने माओवादी केन्द्रिका अध्यक्ष पुष्पकमल दाहालले गर्ने भनेको सुन्दा लाग्छ नेपालमा कुनै पनि पनि नेताले कुर्सी र स्वार्थ पुरा कसरी गर्ने कुरा भन्दा अरु कुनै कुरा सोचेनन् । यस्तो अवस्थाले नेपालमा जुनसुकै तन्त्र आएपनि के होला र ? त्यसैले संविधानमै ५ वर्षका प्रत्यक्ष निर्वाचित व्यक्तिले सरकार चलाउन पाउने व्यवस्था गर्दा मात्रै केहि हुन्छ जस्तो लाग्छ ।

    रिम प्रकाश
  • ​पुनर्निर्माणका लागि रकम दिन पुनर्निर्माण प्राधिकरण र बैंकहरुविचमा सम्झौता गर्न चाडैँ भएन भन्या ? किन यति हतार गरेको बर्खा जाओस्, पानी पर्ने मौसम सकियोस अनि दिँदा भइगो नी ! किन टेन्सन लिनु ?

    मनिष शाह
  • प्रधानमन्त्रीले चीनलाई तेल बेच्ने योजना सुनाउनुभयो । अहिले नेपालले भारतबाट विद्युत आयात गरिरहेको छ तर पनि दिनमा ११ घण्टा लोडसेडिङ छ । पहिला लोडसेडिङ हटाउनुहोस न अनि पो चीनलाई बिजुली बेच्ने सपना देख्न सुहाउँछ त ।

    ​एमडी सलाम अन्सारीे
सबै हेर्नुहोस

सोसल मिडिया