नेपाल डिभिजन दुईमा बढुवा

  • Posted: Sunday, May 05, 2013 02:14 AM ( 2 years ago )
Total Views: 11.9 K

५० ओभरको विश्वकप छनौंट खेल्न पाउने

बैशाख २२ - पछिल्लो समयमा उत्कृष्ट लयमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टीम विश्व क्रिकेट लिग डिभिजन दुईमा बढुवा भएको छ । डिभिजन ३ अन्तर्गत समूह चरणको अन्तिम  खेलमा बर्मुडाले अमेरिकालाई हराएपछि नेपालको भाग्य खुलेको हो ।

अमेरिका र नेपालको समान ६-६ अंक भए पनि नेपाल अमेरिकाको भन्दा राम्रो रनरेटका आधारमा डिभिजन तीनको अन्तिम दुईमा पुगेको हो । यसक्रममा नेपालले इटालीमाथि ८ विकेटको जित दर्ता गर्दै रनरेट राम्रो बनाएको थियो ।

डिभिजन तीनको फाईनलमा नेपालले आईतबार युगाण्डासँग खेल्ने छ ।

डिभिजन २ मा बढुवा भएसँगै नेपालले २०१५ मा आयोजना हुने ५० ओभर विश्वकपको छनौंट खेल खेल्न पाउने भएको छ ।

सन् २०१४ मा न्यूजिल्याण्डले आयोजना गर्ने छनौंट खेलमा डिभिजन तीनका फाईनलिस्ट दुई देशसहित १० देशको सहभागिता रहने छ ।

१० देश मध्ये पहिलो र दोश्रो हुने देशले अष्ट्रेलिया र न्यूजिल्याण्डले संयुक्तरुपमा आयोजना गर्ने विश्वकप क्रिकेट २०१५ खेल्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

Join us on Facebook