चलचित्र निर्माता संघमा पुनः राई

  • Posted: Sunday, May 05, 2013 11:41 AM ( 2 years ago )
Total Views: 1.9 K

काठमाडौं, बैशाख २२ – चलचित्र निर्माता संघको अध्यक्षमा पुनः राजकुमार राई निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा अशोक शर्मालाई ३८ मतले पराजित गरेपछि राई दोश्रो कार्यकालका लागि अध्यक्ष चुनिएका हुन् ।

कुल दुई सय ११ मत खसेकोमा राइले एक सय २४ तथा शर्माले ८६ मत पाएका थिए ।

संघको महासचिवमा केशव भट्टराई र सचिवमा छवि ओझा निर्वाचित भएका छन् ।

दुई उपाध्यक्षमा रोज राणा र उदय सुब्बा तथा कोषाध्यक्षमा प्रज्ञा जोशी निर्विरोध भएका थिए ।

यस्तै संघको सदस्यमा कविता श्रेष्ठ, दिनेश पाख्रिन, बिरेन श्रेष्ठ, माधव वाग्ले, जेनी कुँवर, डिक खड्का, गोविन्द शाही, करण श्रेष्ठ र सुनिल मानन्धर निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • ​भानुको सम्झनामा कविता ​भानुको सम्झनामा कविता

    काठमाडौं, साउन २ – २ सय २ औं भानुभक्त जयन्तीको अवसर पारेर विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा कविता वाचन तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम भएको छ । अंग्रेजी विभाग अन्तर्गत ‘क्रिएटिभ लिटररी फोरम’ को आयोजनामा भएको कार्यक्रममा पछिल्लो पुस्ताका चर्चित कविहरुले भानुभत्तलाई संझिदै आफ्नो रचना वाचन गरेका थिए ।

  • पिँजडा पिँजडा

    पुस्तौँ पुस्तादेखि पिँजडामा बन्द म छोरी केही वर्षपछि यो पिँजडाबाट सरुवा गरिनेछ मलाई ।

  • कविता-तिम्रो डायरीबाट टाढा हुदै

    दिब्या बज्राचार्य - तिमी पाना भरी मेरै बारेमा लेख्छौ दिन भरी मलाई नै सम्झीरहन्छौ कति राती झस्केर तिमि उठ्छौ विध्वंसकारी, विनाशकारी

  • कविता-रातो स्टिकर कविता-रातो स्टिकर

    एक हुल मानिसहरु आए नियाले भत्किएको, चर्किएको घर जोखिम, अयोग्य खातामा लेखे झिके ड्याम्म लगाए रातो स्टिकर

Join us on Facebook