Total Hits: 1.0 K

बिजुली नहुँदा ४ वटा रेडियो बन्द

  • Posted: Sunday, May 05, 2013 16:59 PM ( 1 year ago )

लमजुङ, बैशाख २२ - गोरखा सदरमुकाम र वरपरका क्षेत्रमा शनिवार रातीदेखि विद्युत प्रशारण लाईनमा समस्या  आएको छ । तनहुँको आँवुखैरेनी र गोरखा विचको ३३ केभीको विद्युत प्रशारण लाईनमा समस्या आएका कारण विद्युत आपूर्ति बन्द भएको छ ।

विद्युत आपूर्ति बन्द हुँदा गोरखा बजारका सवै सञ्चारमाध्यमहरु बन्द छन् । विद्युत अवरुद्व भएपछि गोरखामा रहेको रेडियो गोरखा, रेडियो मनास्लु, गोरखकाली एफएम र च्वाइस एफएम समेत बन्द भएकाछन् ।

यस्तै सदरमुकामबाट प्रकाशित हुने दरौँदी र सुरुवात दैनिकको आइतवारको अंक प्रकाशित हुन नसकेको गोरखाका संचारकर्मीहरुले वताएका छन् ।

विद्युत आपूर्ति बन्द भएपछि गोरखाका सरकारी तथा गैरसरकारी कार्यालयको कामकाजमा समस्या परेको छ । यस्तै, सदरमुकाममा खानेपानी वितरणमा समेत समस्या आएको छ ।

तनहुँको आँवुखैरेनी देखि गोरखा सम्मको २४ किलोमीटरको बीचमा समस्या देखिएपछि विद्युत प्राधिकरणले प्राविधिकसहितको टोली खटाएको छ । टोलीले समस्या पत्ता लगाएको र समस्या भएको ठाउँमा मर्मतकार्य थालेको नेपाल विद्युत प्राधिकरणको आँबूखैरनी सबस्टेशनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस