नाटकका नायकहरु: रंगमञ्चमा जस्को चर्चा छ

  • Posted: Sunday, May 05, 2013 17:43 PM ( 2 years ago )
Total Views: 2.6 K

सूर्यकुमार क्षेत्री/उज्यालो ।
‘मलाई बाटोमा झ्याप्प देखे भने साइकै हुन्छन् मान्छे, मुन्द्रा लगाको छ, जिङरिङ्ग कपाल छ, मान्छे तर्सन्छन् ।’ रंगकर्मी बिजय बरालको अनुभव हो यो ।

दुई बर्षसम्म गुमनाम जस्तै थिए बिजय । तर केही महिनाअघि मञ्चन भएको ‘डिग्री माइला’ नाटकले उनको उचाई ह्वात्तै बढायो । हिस्सी परेको अनुहार, छपक्कै दाह्री, अनि गुजुल्टिएको कपाल अर्को परिचय हो उनको ।

डिग्री माइलामा ‘बखते’को भूमिकामा देखिएका बिजय जिन्दगी नै नाटक हो भन्छन् । अनामनगरको मण्डला थिएटरमा मञ्चन हुने धेरै नाटकमा बिजयलाई महत्वपूर्ण भूमिकामा देख्न पाइन्छ ।

अहिले मञ्चन भैंरहेको ‘चरन्दास चोर’ नाटकमा सन्त साधुको भूमिकाले थप चर्चामा छन् उनी । बिजय भन्छन् ‘जवदेखि यो सर्कलमा आए, म यहीको यही भए, मेरो अर्को संसार पनि थियो, तर यतै भुलियो ।’

त्यसो त बिजय बरालमात्रै रंगमञ्चमा बरालिएका छैनन् । अहिले नयाँ पिंढीका धेरै कलाकार छन् । जसरी सिनेमाका कलाकार चाँडै चर्चामा आउँछन तर रंगमञ्चबाट आउन अप्ठ्यारो छ । तर पनि यो क्षेत्रमा लाग्नेको लहरो लामै छ ।

तीस बर्ष काटेका काभ्रेका बुद्धी तामाङ्गलाई रंगमञ्च मज्जाको नशा बनेको छ । आधा दशक रंगमञ्चमा बिताएका बुद्धी पनि यसअघि त्यति चर्चामा थिएनन् । तर मण्डला थिएटरबाट उनको नाम चल्यो ।

‘डिग्री माइला’मा भैंसीको मासु बेच्ने र टन्न रक्सी खाने ‘रेशम दाई’ को भूमिकाले पनि तामाङ्गलाई चिनायो ।

जीवन्त अभिनयमा माहिर बुद्धी तामाङ्ग पछिल्लो समयमा रंगमञ्चमा रुचाइएका कलाकारमा पर्छन् । ‘घुङ्ग्रिएको कपाल’ ‘चरन्दास चोर’मा उनको भूमिका प्रशंसनीय छ ।

दाम खासै छैन, तर बिस्तारै नाम चल्न थालेको छ । मान्छेले चिन्न थालेका छन् । हिजोका दिनमा, पुराना नाम चलेका केही रंगकर्मीको मात्र चर्चा हुन्थ्यो तर अहिले यी यस्ता प्रतिभाको बजारमा गुनगान छ । जिन्दगी, माया पिरती र व्यक्तिगत संसारबारे सधै प्रश्न गरिरहन्छ बुद्धीको मनले । ‘मनले यही प्रश्न गरिहन्छ, अहिलेसम्म उत्तर पाएको छैन, उत्तरको खोजी मै छु ।’ कताकति उम्रिएका दाह्री मुसार्दै सम्झने कोशिस गर्छन उनी ।

रंगमञ्चमा लाग्दा लाग्दै ऐनामा अनुहार समेत हेर्ने फुर्सद नपाएका उदयपुरका प्रदीप चौधरीको पनि बुद्धी, र बिजयको जस्तै बजारमा हाई हाई छ ।

अंग्रेजी बिषयमा साँच्चिकै डिग्री पढ्दै गरेका प्रदीपलाई अहिले ‘डिग्री माइला’ भनेर चिन्छन् । कालो वर्ण, नकोरेको कपाल, स्याहार नपुगेको दाह्री जुंगा उनको अर्को परिचय हो । डिग्री पास भएका तर बेरोजगार युवाको भूमिकामा देखिएका प्रदीपलाई अव नामको त्यति खाँचो छैन ।

चरन्दास चोरमा ‘गट्टे’ बनेर अभिनय गरेका प्रदीपलाई आफ्नो अभिनयले बनेका फ्यानलाई समय दिने फुर्सद नै छैन् । ‘मेरा धेरै साथीले पैसा कमाए तर मेरो एउटा छुट्टै सपना छ’ प्रदीप आफ्नो भविष्य सुनाउँछन् ‘रंगमञ्चमा केही गरौं भन्ने त्यही सपना पुरा गर्न लागेको छु ।’

बल, बुद्धि र उमेर भएका यी ठिटाहरुको भन्दा बेग्लै बुझाई भएकाहरु पनि रंगमञ्चमा छन् । पहिले नामको लागि, पछि यही पेशालाई व्यवस्थित गर्ने जिम्मेवारी बोक्दा बोक्दै कपाल फुल्नै आँटेका जमात ठूलो छ रंगमञ्चमा ।

दयाहाङ्ग राई, राजन खतिवडा, सिर्जना सुव्बालगायत पेशा संस्थागत गर्नतिर लागेका छन् । नाम, दाम कमिदै गर्छ तर भविष्य जोडिएको यो पेशालाई गरिखाने क्षेत्र बनाउन लाग्नेहरुको पनि चर्चा कम छैन ।

रंगमञ्चमा पन्ध्र बर्ष बिताएका राजन खतिवडा अहिले मञ्चन भैंरहेको ‘चरन्दास चोर’मा मुख्य भूमिकामा छन् । एउटा चोर, त्यो पनि इमान्दार ।

चरन्दास चोरले उनको उनको पुरानो छविलाई थप बढाएको छ । ‘नाटक भने पछि नाक खुम्चाउने नयाँ पुस्ताको नाटकमा निक्कै रुचि बढेको छ, म असाध्यै खुशी छु’ ।

पहिला नाटक हेर्न बोलाउँदासमेत नआउने समयको सम्झदै खतिवडा भन्छन् ‘अहिलेका दर्शक टिकाइरहन सक्यौं भने, अबका पचास बर्षसम्म रंगमञ्चमा दर्शकको खडेरी पर्दैन ।’

बर्षमा सवा सय चलचित्र बनेपनि त्यति चर्चा नभएका बेला थिएटरमा जति नाटक मञ्चन भएका छन् ती सवैबाट नाम र दाम छ रंगकर्मीलाई ।

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • नेपाल भाषामा लेखिएको नाटक भृकुटीको अंग्रेजी अनुवाद अमेरिकामा विमोचन नेपाल भाषामा लेखिएको नाटक भृकुटीको अंग्रेजी अनुवाद अमेरिकामा विमोचन

    काठमाडौं, साउन १४ – नेपाल भाषामा लेखिएको नाटक भृकुटीको अंग्रेजी अनुवाद गरिएको किताव अमेरिकाको मेरिल्याण्डमा विमोचन भएको छ ।

  • ​भानुको सम्झनामा कविता ​भानुको सम्झनामा कविता

    काठमाडौं, साउन २ – २ सय २ औं भानुभक्त जयन्तीको अवसर पारेर विश्वविद्यालय क्याम्पस कीर्तिपुरमा कविता वाचन तथा वृत्तचित्र प्रदर्शन कार्यक्रम भएको छ । अंग्रेजी विभाग अन्तर्गत ‘क्रिएटिभ लिटररी फोरम’ को आयोजनामा भएको कार्यक्रममा पछिल्लो पुस्ताका चर्चित कविहरुले भानुभत्तलाई संझिदै आफ्नो रचना वाचन गरेका थिए ।

  • पिँजडा पिँजडा

    पुस्तौँ पुस्तादेखि पिँजडामा बन्द म छोरी केही वर्षपछि यो पिँजडाबाट सरुवा गरिनेछ मलाई ।

  • कविता-तिम्रो डायरीबाट टाढा हुदै

    दिब्या बज्राचार्य - तिमी पाना भरी मेरै बारेमा लेख्छौ दिन भरी मलाई नै सम्झीरहन्छौ कति राती झस्केर तिमि उठ्छौ विध्वंसकारी, विनाशकारी

  • कविता-रातो स्टिकर कविता-रातो स्टिकर

    एक हुल मानिसहरु आए नियाले भत्किएको, चर्किएको घर जोखिम, अयोग्य खातामा लेखे झिके ड्याम्म लगाए रातो स्टिकर

Join us on Facebook