खेल

ncell

नेपाल डिभिजन थ्री च्याम्पियन

काठमाडौं, बैशाख २३ – नेपालले आइसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन थ्री को उपाधि जितेको छ । फाईनलमा युगाण्डालाई पाँच विकेटले हराउँदै नेपालले सबैभन्दा ठूलो उपाधि जितेको हो ।

बर्मुडामा आइतबार राती भएको खेलमा टस जितेर पहिले व्याटिङ गरी युगाण्डाले दिएको एक सय ५२ रनको लक्ष्य नेपालले ६४ बल बाँकी छँदै पुरा गर्‍यो ।  नेपालका लागि प्रदीप ऐरीले सर्वाधिक ६० र शरद भेषवाकरले नटआउट ५० रनको योगदान गरे । पृथु बाँस्कोटाले नटआउट १९ जोडे ।

प्रदीप ऐरी म्यान अफ दी म्याच भए ।  

युगाण्डालाई सस्तैमा समेट्न नेपालका राहुल विश्वकर्मा र बसन्त रेग्मीले समान दुई, पारस खड्का, पृथु बाँस्कोटा र शक्ति गौचनले एक एक विकेट लिए । उपाधिसँगै नेपाल डिभिजन टुमा बढुवा भएको छ ।

अब नेपालले सन् २०१४ को जनवरीमा हुने न्यूजिल्याण्डमा हुने विश्वकप छनौट खेल्नेछ । डिभिजन टू मा बढुवा भएका दुई सहित १० टिमले भाग लिने छनौटमा पहिलो र दोस्रो हुनेले सन् २०१५ मा हुने विश्वकप खेल्न पाउनेछन् ।

उपविजेतामा सीमित  भएपनि यूगाण्डा डिभिजन टूमा बढुवा भैसकेको छ ।

पहिलो खेलमा अमेरिकासँग ९४ रनले पराजित भएको नेपालले दोस्रो खेल युगाण्डालाई सात विकेटले सुम्पेको थियो । तर त्यसपछि लगातार सुधारिएको प्रदर्शन गर्दै तीन खेल जितेर नेपालले ऐतिहासिक सफलता प्राप्त गर्‍यो ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित सामग्रीहरु

सबै हेर्नुहोस
पछिल्ला समाचारहरु

मेरो पनि भन्नु छ

  • नवलपरासीको बर्दघाट नगरपालिकामा रहेको खेतियोग्य जमिन धमाधम प्लटिङ भैरहेको छ । यस्तै हो भने अबको ४/५ वर्षमा यो क्षेत्रमा खेतियोग्य जमिन नै देख्न नपाइने डर छ ।

    ​गोपालप्रसाद ज्ञवाली
  • नेपालको शिक्षामा भैरहने परिवर्तनले विद्यार्थी झनै अलमलमा परेका छन् । ठोस आधार बिना नै छिटो समयमा हुने शैक्षिक परिवर्तनले एकातिर सरकारलाई आर्थिक भार थपिएको छ भने अर्कातिर शिक्षक, विद्यार्थी र अभिभावक सबै अन्यौलमा छ्न । सरकारले यो कुरामा गम्भिर भएर सोचोस् ।

    ​उपेन क्षेत्री
  • यातायात व्यवस्था विभागको लापरवाही, गुणस्तरहिन सेवा र कर्मचारीको कार्यशैलीबाट दिक्दार भएकै कारण नक्कली ड्राईभर बढेका छन् । त्यसतर्फ पनि ध्यान दिने की ।

    निश्चल
सबै हेर्नुहोस

सोसल मिडिया