विनाशकारी बाढी सम्झँदै पोखरेली

  • Posted: Monday, May 06, 2013 15:31 PM ( 2 years ago )
Total Views: 2.4 K

नवराज ढुङ्गाना/उज्यालो । पोखरा, बैशाख २३ -

गत वर्ष आजैकै दिन अर्थात वैशाख २३ गते पोखरामा सेती नदी गड्गडाउँदा कसैले सोचेका थिएनन् कि वैशमखमा पनि बाढी आउँछ र त्यत्रो धनजनको क्षति हुन्छ भनेर । आज त्यसको ठिक एक वर्ष पुगेको छ । बाढीले ठुलो धनजनको क्षति मात्र गराएन धेरैलाई घरबार विहीन बनाइदियो ।

उक्त बाढीमा परि २८ जनाले ज्यान गुमाए भने ३१ जना अझै बेपत्ता छन् । बेमौशमी बाढीले पोख्रेलीमा आतंक नै फैलाइदिएको थियो । बाढीले धेरैको घरबार वगाएको थियो । १० करोड रुपैयाँ भन्दा धेरैको नोक्सान भएको थियो ।

त्यसोत बाढी आएपछि कसरी अयो भनेर विभिन्न अध्ययनहरु पनि भए । अन्नपूर्ण तेस्रोको आसपासमा खसेको पहिरोका कारण नदी थुनिएर एक्कासी फुट्दा सेतीमा बाढी आएको भनिएको छ । बाढीले कास्कीका पर्यटकीय क्षेत्रमा निकै ठुलो विनास गर्‍यो ।

सेती बाढीका कारण सार्दीखोला गाविसको पर्यटकीय खारापानी क्षेत्रमा सबैभन्दा बढि क्षति पुगेको थियो भने सार्दीखोला र माछापुच्छ्रे गाविसका दर्जनौँ परिवारको घरबास उठेको थियो ।

बाढीपिडीतका लागि विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाको सहयोगबाट माछापुच्छ्रे गाविसको वडा नम्बर ९ मा सानो खोवाङमा ९ वटा घर निर्माण गरिएका छन् ।

बाढीमा परेर ज्यान गुमाउनेको परिवारलाई जिल्ला प्रशासन कार्यालय कास्कीले सरकारकोतर्फबाट प्रतिपरिवार राहत स्वरुप १ लाख ४० हजार उपलब्ध गराएको छ भने अन्य संघसंस्थाको तर्फबाट मृतक र वेपत्ताहरुको परिवारलाई प्रति परिवार ५० हजार नगद उपलब्ध गराईएको छ ।

बाढीले घरबार बगाएर विस्थापित भएकाहरु मध्य केहि भने अझैपनि आफन्तको घरमा शरण लिएर बसेका छन् ।

सेती नदीमा बाढी आउँदा ज्यान गुमाएका र बेपत्ता भएकाहरुको आत्माको चिरशान्तिको कामनाका लागि कास्कीको सार्दीखोला गाविसमा पर्ने खारापानी क्षेत्रमा पुजाआजा समेत गरिएको थियो ।

अकल्पनीय सेतीबाढीको विषयलाइ समेटेर निर्माण गरिएको २३ वैशाख पोखरा नामक डकुमेन्ट्री खारापानी र पोखरामा प्रदर्शन समेत गरिएको छ ।

अचानक भएको प्राकृतिक विपत्तीलाई मानिसहरुले चाहेर पनि भुल्न नसकेका पोखरेलीलाइ थप सचेत पार्नका लागी डकुमेन्ट्री प्रदर्शन गरिएको निर्देशक सागरराज तिमिल्सिनाले जानकारी दिनुभयो ।

बाढीपछिका केही तस्बिर:

विनाशकारी बाढी सम्झँदै पोखरेली

विनाशकारी बाढी सम्झँदै पोखरेली

प्रतिक्रिया दिनुहोस

साहित्य / कला

  • १४ जना स्रष्टा सम्मानित

    काठमाडौं, वैशाख ११ – नेकपा एमालेको भातृ संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघले १४ जना स्रष्टालाई सम्मान गरेको छ । महासंघले शुक्रबार काठमाडौंमा एक समारोह गरेर १४ जना स्रष्टालाई सम्मान गरेको हो ।

  • बृहत पुस्तक प्रदर्शनी सुरु

    काठमाडौं, वैशाख ११ – काठमाडौंको भृकुटीमण्डपमा बृहत पुस्तक प्रदर्शनी सुरु भएको छ । डिकुरा पब्लिकेशन र रिड एण्ड ग्रो पब्लिकेशनको आयोजनमा शुक्रबार बृहत पुस्तक प्रदर्शनी सुरु भएको हो ।

  • ‘मालिक म यो गोरखा राज्यमा अढाईसय वर्षपछि बौलाएँ’

    काठमाडौं, वैशाख ११ – मुलुकमा लोकतन्त्र आएको ९ वर्ष भएको छ । लोकतन्त्र दिवस संघारमै आइपुग्दा सबैले ९ वर्षअघिको आन्दोलन सम्झिएका छन् । आन्दोलनलाई उर्जा थप्न सबै तह र क्षेत्रका नागरिकको महत्वपूर्ण योगदान छ ।

  • मिराको सम्झनामा हरिवंश आचार्यको कविता – तिमीलाई सम्झँदा

    तिमी बिरामी पर्थयौ, म कुरूवा बस्थे। कति आनन्द लाग्थ्यो, म सँगै हुन्थे।।

  • साहित्यकारले गरे पारिजातको सम्झना साहित्यकारले गरे पारिजातको सम्झना

    काठमाडौं, वैशाख ५ – साहित्यकार पारिजातको व्यक्तित्वको चर्चा गरिएको छ । पारिजात स्मृति प्रतिष्ठानले २२ औं स्मृति दिवसको अवसर पारेर शनिबार काठमाडौंमा गरेको कार्यक्रममा पारिजातको व्यक्तित्वको चर्चा गरिएको हो ।

Join us on Facebook